युरोपका पाँच पत्रकारमाथि मानहानी मुद्दा
केहि समय अघि एउटा समाचारा प्रकाशित भएको थियो “शरणार्थी क्याम्प बसेका पीडितलाई’नी यस्तरी ठग्ने ?” शिर्षकमा । बेल्जियमको शरणार्थी शिबिरमा बसेका ओखलढुंगा निवासी हेम बस्नेत जो हाल बेल्जियमको क्लोज क्याम्प भनिने शरणार्थी शिविरमा छन् उनलाई शारदा अर्यालले ठ्गि गरेको उल्लेख थियो । उक्त सामचार ठगिमा परेका भनिएका हेम बस्नेत आफैंले न्यायकालागि हार गुहार गरेर बिभिन्न ब्यक्ति र संघ संस्थालाई पठाएको ईमेलमा आधारित थियो । तर त्यसमा आफुमाथि मान हानी गरेको भन्दै शारदा अर्यालले प्रहरीमा मुद्दा हालेकि हुन् ।
आफुमाथि नेपाल प्लस डट कम मार्फत ददि सापकोटा, नमस्ते युरोप डटकम मार्फत महेश थापा, शालिक गौतमलाई समाचार बनाउन सहयोग गरेको आरोप लगाइएको छ । त्यसैगरि सन्तोस न्यौपानेलाई फेसबुकमा राखेर मानहानी गरेको आरोप लगाइएको छ । अर्का पत्रकार महेन्द्र पौडेललाईपनि मानहानीको मुद्दा दायर गरिएपनि उनले के कसरि मान हानी गरेका हुन् स्पष्ठ हुन सकेको छैन । सन्तोस न्यौपानेलाई भने फेसबुकमा उनका बिरुद्द समाचार राखेको र त्यसमा उनीबिरुद्द बिभिन्न प्रतिक्रिया राखेको आरोप छ ।
आफुलाई मानहानीको मुद्दा प्रहरीमा दर्ता गरिएको र प्रहरीले सोधपुछका लागि बोलाएको नमस्ते युरोप डटकमका महेश थापाले बताए । “यो मुद्दा प्रहरीकोमा भएकोले अनुसन्धानको क्रममा छ” थापाले मेल मार्फत भने । आफुलाई प्रहरीले सोधपुछकालागि बोलाएपछि बाँकि साथीहरुलाईपनि उनले यस मुद्दाबारे जानाकरी दिएका छन् । शारदा अर्यालले भनेका कुरालाई नेपाली रुपान्तरण गर्दा सबै गैह्र कानुनी भएको प्रहरीसमक्ष थापाले जिकिर गरेका छन् । यो हप्ता प्रहरीकोमा बयानकालागि जानुपर्नेपनि थापाले उल्लेख गरे ।
हाल बेल्जियमको क्लोज क्याम्प भनिने शरणार्थी शिविरमार रहेका हेम बस्नेतले आफूलाई शारदा अर्यालले ठगेकोले न्याय पाउँ भन्दै बेल्जियम स्थित एन आर एन बेल्जियम र केहि संघ संस्था समक्ष लिखित निबेदन दिएर हारगुहारनै गरेका थिए । उनैले पठाएको उनको मोबाईल नम्बर सहितको अपिल ईमेलबाट प्राप्त भएपछि नेपालप्लसले समाचार बनाएको थियो । पछि नेपालप्लस प्रतिनिधीले बेल्जियममा बस्नेतसित कुराकानी समेत गरेका थिए ।
नेपालप्लसलाई प्राप्त उनको अपिल अनुसार हेम बस्नेत र अर्यालको भेट बेल्जियममै भएको थियो । बस्नेतले उनलाई शरणार्थी आबेदनकालागि सहयोग गर्न भन्दै पाँच सय यूरो समेत बुझाएका थिए । शरणार्थी क्याम्प जानु अघि बस्नेत दम्पत्तीले अर्याललाई आफूसित भएको एउटा आइ फोन, २५० यूरो नगद र ५० बेलायती पाउण्डसमेत राख्न दिएका थिए । पछि बस्नेतले आफ्ना सामान माग्दा सबै हरायो भन्दै पच बनाइन् । त्यसपछि बस्नेतले एन आर एन बेल्जियम लगायत संघ संस्थालाई सहयोगको याचना गर्दै इमेल पठाएका थिए । उनको उक्त ईमेल नेपालप्लससित अझै सुरक्षित छ ।
सक्रिय पत्रकारहरुलाई यसरि मुद्दा हालेर नेपाली हरुलाई ठग्न तल्लिन गिरोहले तर्साउन खोजेको अनुमान पत्रकारहरुले गरेका छन् । तर यसलाई गहिराईका बुझ्नुपर्ने र यसको डटेर सामना गर्ने उनीहरुको योजना छ ।




