बंगालीबाट ठगिन थाले बेल्जियमका नेपाली

बेल्जियममा कहिले युनिटि कान्ड त कहिले टिकट कान्डमा नेपालीहरु ठग्गिरहेका छन । ठग्ने र ठगिनेका विषयवस्तुमा आउने समाचारहरु बेल्जियमका नेपालीहरुका लागि सामान्य नै भइसकेका छन । अहिलेसम्मका सबै ठगि तथा तस्करिका कान्डहरु सबै नेपालीबाटै भएको समाचारमा आएको थियो । तर अहिले पछिल्लो समयमा आधा दर्जन भन्दा बढि नेपालीहरु इकबाल नामक बंगाली नागरिकबाट ठगिएका छन । इकबाल नामको बंगाली ब्यत्तिले नेपाली युवकहरुलाई  क्यानडा लैजाने प्रलोभन देखाई   बंगाली नागरिकले नेपाली युवाहरुको रकम लिएर बेपत्ता भएको छ ।

क्रुशको माध्यमबाट १५ दिनमा क्यानडा पुरयाउने विश्वाश दिलाई आधा दर्जन नेपालीहरुबाट करिब २२ हजार युरो लिइ उक्त ब्यक्ति फरार भएको हो । इकबाल नामको उत्त ब्यक्तिले उनिहरुलाई नाटकिय ढंगबाट रकम उठाई बेपत्ता भएपछि पिडितहरु अहिले आपतमा परेका छन । पिडितहरु अधिकासं बेल्जियमआइ शरणार्थि केस गरेर उत्त केस बिग्रिएर टुंगो लागेका मध्य छन ।

‘क्रिब एक महिना अगाडि एक नेपाली र्युवक मदन बोहोरा सगं (परिवर्तित नाम) का अनुसार) क्यानडा लैजाने भन्दै ५ हजार युरो लिएको थियो । बोहोरालेपनि आफुसँग रकम नहँदा नहुँदै घरबाट रकम झिकाई दलाललाई दिए । तर क्यानडा लैजाने बहाना बनाएको उत्त बंगाली दलाले मदनलाई बन्धक बनाई उल्टै अरु थप आधा दर्जन नेपालीसंग मोटो रकम ठग्न सफल बन्यो । एक महिनासम्म बन्धक बनाइएका मदनलाई बन्धककै बेलामा उसले एक नेपालीलाई फोन गर्न लगाई क्यानडा आइपुगें भन्ने खबर फोन बाट भन्न लगायो । यसरि उसले अरुलाई विश्वास दिलाउने काम गरयो । अरु पिडितहरुले उ पुगेको भन्ने सुनेपछि एक एक् गरेर रकम दिए । तर अगस्ट ४ ताखिका दिन लैजाने भनेको उत्त दलालको एकाएक् फोन सम्पर्क विहिन बन्यो । तथापि आफुहरु ठगिएको उनिहरुलाई पत्तो भयो ।

उता मुख्य पिडित मदनका अनुसार अन्य नेपाली संग मोटो रकम कुमल्याउन सफल उत्त बंगालीले एक महिना पछि उनलाई छोडिदियो र छोडने दिन देखिनै अरु युवकको सम्पर्क विहिन बनेर बेपत्ता बन्यो । ‘जब म त्यो कब्जा बाट बाहिरिय तब थाहा भयो उसले अरु नेपालीहरुको पनि रकम लिएको रहेछ’। बोहोराले भने ’तर अहिले मलाई नै जो जसको रकम फसेको छ उनिहरुले नै मलाई पनि मिलेको छस भनेर आरोप लगाएका छन । तर म पुर्ण निद्रोष रहेको छु । मलाई उनिहरुलाई पनि उसले फसाएको छ भन्ने थाहा थिएन’।

उता अन्य पिडित युवाहरुभने उत्त बंगाली लाई खोजिरहेका छन । ’अब के गर्ने बेल्जियममा केस उडयो । क्यानडा जाने भन्ने सपना देखियो । रकम बुझाइयो । तर अन्तमा यस्तो हालत भयो,’पिडत मध्यका एकले भने ‘प्रहरिमा जाउँ भने पनि सबै बेल्जियममा अवैधानिक रुपमा छौ । उल्टै प्रहरिले हामिलाई समात्नेछ ।’ पिडितहरुका अनुसार उत्त बंगालीले सम्पर्कको लागि बेल्जियमै कम्पनीका दुई मोबाइल नंहरु ०४९२१८९७२० र ०४८६८७८८९ दिएको थियो ।

तपाइँको प्रतिक्रिया