लण्डन प्रहरीका नामबाट किर्ते काम
शुरुमा त अचम्म परें म यो मेल देखेर । तर पत्यार त लागेको थिएन नै । हेरें, लण्डन सिटी पुलिसको नाममा छ पत्र ईमेल मार्फत । म आफैंले पत्ता लगाउन सकिन र वेभमा दख्खल भएको साथीलाई देखाएँ । उनले हेरेपछि पो थाहा भो, कति नक्कली र किर्ती काम गरिएको रहेछ ।
मेलमा लेखिएको छ, मान्छेका निजि कुरा लेख्नु पर्सन राईट बिरुद्द हो । १७ जुलाईसम्म समय दिन्छौं, त्यो बेलासम्म नभए नेपालप्लस बन्द गरिदिनेछौं।” १७ जुलाई समम भनेपनि के गर्नुपर्ने हो भनेरचाहिँ नलेखिएको । सायद हटाउन भन्न खोजिएको हुँदो हो । नक्कली काम गर्नेको ढंग पुगेन । केहि दिन अघि प्रकाशित जित लामासित संवन्धित लेखमा यो नक्कली काम गरिएको रहेछ ।
मलाई अचम्म लागेको के भने एकातिर उनले नै मलाई ईमेल पठाएका थिए “ददिजी मलाई ठूलो मान्छे बनाएकामा धन्यावाद । मेरो बिचारमा हामी गफ गरेरनै समस्यालाई समधान गर्न सक्छौं” भन्दै । केहि साथीभाइ लगाएर “लौ न त्यो लेख झिकिदिन लगाउनुस्” भनेर बिन्तिपनि गर्दै थिए । तर अर्को तिर यस्तो नक्कली कामपनि भएको रहेछ । यो चाहिँ ज्यादै गम्भिर कुरो हो ।
कति चलाखि अपनाइएको रहेछ भने यो नक्कली काम गर्नेले लण्डन सिटी पुलिसकै ईमेल र फोन नंबर राखेर मेल लेखेछ । लण्डन सिटी पुलिसको साईटमा गएर हेर्दापनि फोन र मेल ठेगाना मिलेमा हो नै भन्ने पर्छ भन्ने उद्देश्यले यसो गरिएछ । त्यसकोलागि यो साईट http://emkei.cz<http://emkei.cz/ प्रयोग गरिएछ । (त्यसको रेफ्रेन्स यो हो <[email protected]> )यसबाट त्यसरि मेल पठाउन मिल्ने रहेछ ।
तर यस्तो नक्कली काम गर्नेलाई के हेक्का भएनछ भने साँच्चै लण्डन सिटि प्रहरीकोमा उजुरी पर्यो भने यो पठाउनेले निकै कडा कारवाही भोग्नुपर्ने हुन सक्छ । किनकि यो त उनीहरुको बदनाम हो, नककली र चोरी भयो ।
यो कसले बनायो होला ? जित लामा आफैंले बनाए भन्न सकिन्न । कुनैदिन प्रहरीकैमा पुगेमा उसले पत्ता लगाउँछ । यो उनैले कसैलाई लगाएको पनि हुन सक्छ । वा उनका शुभ चिन्तकलेपनि हुन सक्ला । तर शंका के भने उनले “लौन झिकिदिनु पर्यो” भनेकाले र यो मेलमापनि झिक्ने आशयनै भएकाले भने उनैले वा उनले कसैलाई लगाएर पठाएको हुन सक्छ भन्ने हो । जे भएपनि यस्तो नककली काम चाहिँ नेपालीले नगरुन् । किनकि यूरोपको प्रहरी न हो, सुरक्षा मामिलामा निकै संवेदनशिल छ । यस्तो नक्कली काम गरेको पत्ता लगायो भने निकै अप्ठेरो पो पार्छ त !
समाचार निस्किसकेपछि लामाले पठाउनुभएको खण्डन
ददि जी, नमस्कार,
मैले तपाईलाई मेरो बारेको तपाईले लेख्नु भएको लेख पढेपछि मैले तपाईलाई कुरा गरौं भनि ईमेल गरेकोमा अहिले सम्मा तपाईको जफावको पर्खाइमा छु । फेरि मेरो नामलाई जोडेर अर्को समचार देख्दा अचम्मा लाग्यो र मैले कसैलाई यस्ता किसिमको ईमेल गर्नु भनेको पनि छैन र मैले गरेको पनि छैन । तपाईलाई समाचार निकाल्नुस भनेर कहिल्यै भनेको पनि नभएकोले यो तपाईलाई पाउनु भएको ईमेल हामी बिचमा लडाएर फाईदा लिने तत्वले गरेको हुन सक्छ । र यस्ता खालको भ्रमपुर्ण समाचारहरुको खण्डन गर्दछु ।
जित बहादुर लामा
ब्रसेल्स




