चाबी भरि छचल्किएको माया
“जेनी आ इ लभ यु ! ज्याक आइ डाई फर यु ! नेभर नेभर इन्डिङ लभ । जस्ट फर यु । अल्वेज योर्स ।” यस्ता सन्देश सयौं होइन हजारौं छन् । पेरिसको पों द नफ भनिने यो पूलमा हजारौं मुटु जोडिएका छन् । लाखौं माया छचल्किएका छन् । धेरैका मन हाँसेका छन् । कतिका रोएकापनि छन् “आइ मिस यु जे” । यहाँ साँझतिर पुग्नुपर्छ । अनेक जोडी देखिन्छन् । कोहि एक्लै बिरक्तिएका भेटिन्छन् । कोहि हाँसेका त कोहि चाबी यसैगरि झुड्ण्याउँदै गरेका । एक जना अमेरिकी महिला छिन् जो यहि विषयमा शोधकार्य गरिरहेकि ।
म करिब चार वर्ष अघि यहिँ पुग्दा यति धेरै थिएनन् चाबी । फाट्टफुट्ट थिए । अहिले त यो चाबी प्रेमको जंगलनै भएछ । लाखौं छन् यहाँ चाबी । तिनमा दुई मुटु कोरिएको छ । यहाँ केहि वर्षको अन्तरालमा लाखौं मुटुहरु मायामा जोडिएछन् ।
नेपालीपनि के कम हैन ? कमल बिक्रम केसी । पेरिस निवासी हुन् । यीपनि गएछन् त्यहाँ फोटो खिचाउन । वा आफ्नीको यादमा । होकि आफ्नीको यादमा चाबी झुण्ड्याउन हो कुन्नी ! जे होस यसले सबै देशका धेरैलाई उत्तिकै आकर्षण गर्ने रहेछ ।
कोहि साईकलकै चाबी झुण्ड्याउने रहेछन् । कोहि ठूलो त कोहि सानो । जति ठूलो झुण्ड्याए उति माया बढि रे । यो सम्पन्नताको प्रतिक पनि होला नै । दाम हुनेले अलि ठूलो झुण्ड्याउने । सायद सजिलोसित देखोस् भनेरपनि होला ।
केहि हप्ता अघि म यहाँ पुग्दा तिनै शोधकार्यमा लागेकि अमेरिकी सित भेट भो । जिज्ञासा राखें । उनले बडो गजजबको अनुभव सुनाइन् । कोहि प्राण देखिकै माया पोख्न आउने रहेछन् । कोहि अघिला वर्ष आफ्ना प्रेमीले आफ्ना झुन्ड्याएको हेर्न । कोहि पछि आफ्नो प्रेमी पेरिस् अघुम्न आउँदै छ भने देखोस् भनेर झुण्ड्याउने रहेछन् । कोहि तिम्रो मुटुमा मेरो मुटु जोडियो । अब हामी एक अर्काको भयौं भन्ने रहेछन् ।
कोहि चाहिँ बिछोड भएपछि “तिम्रो र मेरो मायामा ताल्चा लाग्यो, सक्कियो” भन्ने अर्थमा बुझ्ने र लिने रहेछन् । कोहि चाहिँ माया मार्ने प्रेमी वा प्रेमिकालाई देखाउनपनि यसरि चिबी झुन्ड्याउने रहेछन् “निष्ठुरी” का नाममा । यहि चाबी प्रेमले गर्दा अहिले यसलाई पेरिस पर्यटन केन्द्रले पर्यटकिय थलोको सूचीमा राखेको रहेछ ।
यी माथिल्ला दुई तस्विर चाहिँ हंगेरीको राजधानी बुढापेस्टमा खिचिएको हो । यो एउटा पार्कमा थियो । यहाँ चाहिँ धेरै अज्सो प्रेममा असफलहरुले “ताल्चा लाग्यो प्रेममा” अर्थात प्रेम असफल भो भन्ने अर्थमा लगाउने रहेछन् ।
योपनि हेर्नुस्-













