खनालले जित्ने पक्का, विजय घोषणा केहिबेरमै

uml_leaders.jpgअन्तत: काजु कान्छा अर्थात केपी ओली हार्ने निश्चित जस्तै भएको छ । खनाल बिजयी भएको घोषणा हुनै लागेको छ । कार्यकर्ताहरु खनाललाई रातो अविर लगाइदिन हस्याङफस्याङ गर्न लागेको खबर महाधिवेशनस्थलबाट मैले पाएको छु । अहिले बेलुका ६ बजेको नतिजा अनुसार खनालको ८३४ र ओलीको ७३० छ । महासचिवमा पनि खनाल पक्षकै ईश्वर पोखरेलले जित्ने पक्का जस्तै छ । उनको ८६० छ भने प्रतिद्वन्दि प्रदीप नेपालको ६६४ छ ।

उता उपाध्यक्षमा अशोक राईलाई अबीर लगाइदिए हुने भैसकेको छ । उनको मत १०९५ छ जबकि उनका प्रतिद्वन्दि देखिएका वामदेव गौतमको ८१३ मात्रै छ । सचिवमा विष्णु पौडेल पक्का छन । उनको ११५३ मत पुगिसकेको छ भने उनको प्रतिद्वन्दि शंकर पोखरेलको ९९८६ ९८६ छ ।

तपाइँको प्रतिक्रिया