निर्वाचनमा कडा प्रतिस्पर्धा, छ्यासमिस आउने संभावना

ताजा विवरण: नेपाली समय अनुसार बिहान १:२० को नतिजा—

खनाल=३३३, ओली=२९५
महासचिवमा ईश्वर पोख्रेल=३१४, प्रदीप नेपाल=२५५

ताजा विवरण (नेपाली समय अनुसार मध्यरातको नतिजा) :

अध्यक्ष-झलनाथ खनाल=३२७, ओली=२९२ ।

महासचिवमा, ईश्वर पोखरेल=२४०, प्रदीप नेपाल=१८२ ।

उपाध्यक्ष-अशोक राई ३०५, बिद्दा भण्डारी २२१, भिम रावल=२१५, वामदेव गौतम=२१२, भरत मोहन अधिकारी १३८ र सहाना प्रधान १५० ।

सचिव-विष्णु पौडेल=३४४, शंकर पोखरेल=२७६, युवराज ज्ञवाली=२१६, रघुवीर महासेठ=१७९, राजेन्द्र श्रेष्ठ=१६५, रामचन्द्र झा=१२१।
 

पछिल्लो विवरण- खनाल=२९५, ओली=२७६ (राती १०:३० बजेको नेपाली समय अनुसार) ।

पछिल्लो विवरण: नेपाली समय बेलुका ९:३० अनुसार, खनाल=२६१, ओली=२३१, महसचिवमा ईश्वर पोखरेल=२०५, प्रदीप नेपाल=१५३, उपाध्यक्षमा अशोक राई =२६२, भिम रावल= १९६, वामदेव=१८२ ।
 

पछिल्लो विवरण: नेपालको समय अनुसार अहिले बेलुका ९ बजेको परिणाम
खनाल—२२७/ओली—१८८

पछिल्लो विवरण अनुसार ओलीको मत बढ्दै छ खनालको भन्दा पहिलेको तुलनामा । तैपनि अहिलेसम्म झिनो अन्तरले भएपनि खनालनै अघि छन । खनालको १७४ र ओलीको १६६ पुगिसकेको छ । दैनिकीको रिपोर्टले के देखाउँछ भने महासचिवमा चाहि ईश्वर पोख्रेलनै अगाडि छन । उनको १८० र प्रदीप नेपालको १४० छ । उपाध्यक्ष पदमा अशोक राई १४०, वामदेव ९६, भरतमोहन ६० र सहाना प्रधानको १५८ छ ।भिम रावल १०३ र बिद्दा भण्डारीको १०० छ ।

पछिल्लो विवरण: खनालको १०९/ओली-१०३     

पछिल्लो विवरण: अध्यक्षमा खनालको १०२/केपी ओलीको ६२

अहिले जनआस्था साप्ताहिकका संपादक किशोर श्रेष्ठ आफैं एमाले महाधिवेशन बुटवलमा छन । निर्वाचन स्थलमै । उनले भर्खरै ईमेलबाट पठाएको जानकारि अनुसार एमाले निर्वाचनमा कुनैपनि पक्षको सामूहिक बिजय होला जस्तो देखिएको छैन । कार्यकर्ताले एमाले नेताहरु फूटेर छुट्टा छुट्टै उम्मेदवारी दिएको रुचाएनछन । कुनै पनि पक्षलाई समूहगतरुपमै जिताउनु भन्दा कार्यकर्ताले छानी छानी भोट दिएका रहेछन । अहिले सम्मको नजिता हेर्दा मुख्य उम्मेदवारहरुबिच कडा प्रतिस्पर्धा देखिएको रहेछ । उम्मेदवारहरु मध्ये  उपाध्यक्षमा अशोक राई, महासचिवमा ईश्वर पोखरेल, सचिवमा विष्णु पौडेल गरि यि तिन जनाले भने जित्ने जस्तो देखिएको रहेछ । 

यसैगरि, दैनिकी डटकमको रिपोर्ट अनुसार भने अध्यक्षमा झलनाथ खनालको १०२ मत आइसकेको छ भने केपी ओलीको चाहिँ जम्मा ६२ छ । उपाध्यक्षमा वामदेव गौतमको ४२ र भरतमोहन अधिकारीको ४३ छ । अशोक राई को ५२ र बिद्दा भण्डारीको भने ३३ छ । महासचिवमा ईश्वर पोखरेलले ४८ र प्रदीप नेपालले ३२ ल्याएका छन । सचिवमा विष्णु पौडेल र शंकर पोखरेलको ४० छ। यो रिपोर्ट केहिबेर अघिको भएकाले पछिल्लो नतिजा फरकहुन सक्छ केहि मात्रामा ।

तपाइँको प्रतिक्रिया