राजदूतको निवासबाट पिउन मार्फत धम्की

फ्रान्सका नेपाली राजदूत मोहन क्रिष्णको आफूले बोल्न सक्ने हुती हराएछ । दुई देशका बिचमा चर्का चर्का बहस र निर्णय अनि अडान लिनु पर्ने ओहदा हो उनको । तर नाथे एक जना नागरिक, एक जना पत्रकारसित हिम्मतकासाथ बोल्ने आँटपनि रहेनछ उनको । उनलाइ कुनै कुरामा चित्त नबुझेको भए, मर्का परेको भए आफैंले दुखेसो पोख्न सक्थे । उनको पदपनि हो सबै नेपालीसित समान गर्ने । तर मन पापी, असक्षम, हुतिहारा र भ्रस्ट भएपछि डराउनु पर्छ, आफ्नै छायाँसितपनि । पेशाका क्रममा दागै दाग लागेपछि त्यो लुकेको दाग कसैले देख्छ कि भनेर सातो जान्छ । अनि त्यस्ता मान्छेहरुले अरुनै आउरे बाउरे लगाउँछन् अरुलाइ केहि भन्नुपर्‍यो भनेपनि ।

अस्ति साँझ त्यस्तै भयो । राजदूत मोहन क्रिष्ण श्रेष्ठले आफ्ना पिउनलाई लगाएर मलाई धम्काउन, तर्साउन सकिन्छ कि भन्ने दुस्साहस गरे । उनका भान्छे शंकर न्यौपाने (तर उनले चाहिँ म सित म पिउन हुँ भने हाकै) ले राजदूतको निवासको फोनबाट राजदूतको प्रबक्ता बनेर त्यो दुस्साहस गरेका हुन् ।

साँझ ६ बजेर १६ मिनेट जाँदा ०१ ४५ २० १७ ६६ नम्बरबाट फोन आयो । ददिजी बोल्नु भएको हो ? भन्दै । मैले हो भनें । उनले भने “म शंकर बोलेको”। सोधें “किन ? के कति काम परेर हो ?”

“तपाइले के लेख्नु भएको त्यस्तो ? ” म त जिल्ल परें । उनको नाम कहिँ कतै जोडिए झैं, लेखे झैं लागेकै थिएन । अनि अचम्म पर्दै सोधें “तपाइको नाम कहाँ के प्रशंगमा पर्‍यो र ? के नराम्रो गरें र तपाइलाई?” देशको करबाट उठेको तलब र राजदूतको चाकरी गरे बापत अलि अलि थप चाट्न पाएका उनी एकोहोरो बर्बराए “म राष्ट्रबादी मान्छे हुँ । सरको बारेमा किन नराम्रो लेखेको । लेख्नुस् । तर किन नराम्रो मात्रै लेख्ने ? राम्रोपनि लेख्नुस् न”। जसको हाकिमले मेशिन रिडेबल पासपोर्टमा गोप्य फाइल लुकाएर भारतीय कम्पनीलाई दिने र कमिशन खाने गरेर राष्ट्रघात गर्‍यो । जो नेपाल सरकारले दिएको बजेटको दाना दानामा भ्रस्टाचार गरेको हाकिमको सानोतिनो रकम हात पार्छ उहि राष्ट्रबादी रे ।

तैपनि के के कामलाई राम्रो भन्ने रहेछन् जानौं न भनेर मैले सोधें “के के राम्रो काम गर्नु भो त तपाइको राजदूत सरले । भोज खाने र भतेर लगाउने बाहेक देशलाई के के कस्तो कस्तो फाइदा हुने काम गर्नु भो त ?” केहि त्यस्तो काम गरेको भए पो उनले त्यसको जवाफ दिन सक्नु । तर खुब प्रशंसा गरे उनका भ्रस्ट सरको । मैले उनलाई सोधें “तपाईको समस्या पो तपाइले भन्ने । सरको समस्या तपाइले भन्नुपर्ने किन ? कि तपाइ सरको नयाँ प्रवक्ता हो?” उनले त्यसको जवाफ दिन सकेनन् । तपाइलाइ खाँचो परेको कुरै होइनन् नी, सरको समस्या सरले भनु पर्‍यो नी । मर्का परेको भए, समस्या परेको भए, गलत केहि लेखिएको भए भन्न सक्नुपर्‍यो सरलेनै । त्यसकोलागि के गर्नुपर्छ, के सुधार्नु पर्छ मैले गर्नुपर्छ । कुनै गलत सूचना आएर गल्ति परेछ भने मैलेपनि थाह पाउनु पर्‍यो । तर त्यस्तो कुरोको उनलाई के मतलव ? आखिर अघिल्लो पटकका कार्यबाहक राजदूतको प्रस्थान सँगै नेपाल फर्किनुपर्ने उनको जागिर मोहन क्रिष्णले थमौति गरिदिएकाले किन चाकरी नगरुन् उनको ? त्यसैले शंकर बिभिन्न कार्यक्रममा मोहन क्रिष्णका बिरुद्द कसले के बोल्छ ? के गर्छ भनेर सुराकि गर्नसमेत पुग्ने गरेको नेपालीहरुले पहिल्यै बताएका हुन् । यस्ता सुराकि अरुपनि छन् कुनैदिन लेखौंला प्रसंग चल्दा ।

म मैले केहिबेर नम्र भएर बोलेपछि त उनी झन धम्किको भाषा पो बोल्न लागे । भने “म तपाइलाइ राम्रोसित चिन्छु, तपाईलेपनि मलाई राम्रोसित चिन्नुहुन्छ । भेटेर कुरा गरेको भए भिन्नै तरिका हुन्थ्यो । फोनमा भयो र पो त ।”

शंकर न्यौपानेलाई लागेछ कि क्या हो, राजदूतले जनावरलाइ जसरि ब्यवहार गर्दापनि उनीहरु जसरि चुपचाप लाग्छन् त्यसैगरि सायद मपनि बस्छु । राजदूत निवासको कर्मचारी भएकोले म ठूलो हुँ, थर्काइहाल्छु भन्ने लाग्दो हो । तर उनी एकोहोरो राजदूतको बचाउमा लागेपछि मेरोपनि पारो चढ्यो “तपाईले खोज्या के हो ? राजदूतले बोल्ने हैन आफ्नो कुरा ? तपाइलाई के खाँचो आर्काको कुरोमा ? के धम्काउन खोज्या ? त्यसपछि उनी बल्ल अलि सामान्य देखिए “म सामान्य कर्मचारी, एउटा पिउनले तपाई जस्तो ठूलो बडोलाइ के थर्काउने ?” उनी “लेख्नुस् लेख्नुस् योपनि लेख्नुस्” भन्दैपनि थिए ।

दुतावासको फोन तल्ला कर्मचारीहरुले आफुखुशि चलाउन पाउँदैनन् । राजदूलेनै प्रयोग गर्ने फोन के उनको निर्देशनबिना पिउन र भान्छेले प्रयोग गरेर पत्रकारलाई यस्तो किन लेखिस् र उस्तो किन लेखिस् भन्न पाउँछ ? राजदूत निवासको फोन त्यस्तो मनपरी गर्नकलागि हो ? सरकारले राजदूतको सेवा, सुरक्षा र हितकालगि दिएको सुबिधा दुरुपयोग गरेर राती राती पिउन, चालक, उनका आउरे बाउरे र पाल्तुहरुले दुरुपयोग गर्न पाइन्छ ? राजदूतको निर्देशन र उक्साहटबिना के यो सम्भव छ ?

उनका हाकिम मोहन क्रिष्णले यदाकदा अरु नेपालीलाइ सुनाउँथे “त्यो नेपालप्लस कसले पढ्छ र ?” तर उनका दूत शंकर भने मलाई भन्दै थिए “यो त संसारभरिका नेपालीले पढ्छन् । बुझेर लेख्नु पर्‍यो नी । सरले गरेका राम्रा कामपनि बुझेर लेख्नु पर्‍यो नी” राजदूतले गरेको भोज भतेर, कार्यक्रम बारे बुझेर, सोधेर लेख्नुपर्छ भन्दै थिए उनी ।

राजदूत मोहन क्रिष्णले केहिदिन अघिनै पेरिसमा भएको बताइसकेका थिए नेपालीसित । तर शंकर मलाइ ढाँटेर भन्दै थिए “सर ग्रिसमा हुनुहुन्छ । यहाँ हुँदै नभएको मान्छेलाई के के लेखिदिने राजासित जोडेर ?”

बास्तबिकता त के हो भने राजदूत मोहन क्रिष्ण श्रेष्ठलाई कसैले राजाबादी भन्देला कि भन्ने त्रास छ । किनभने उनले राजाको पालामा परराष्ट्र मन्त्री रमेशनाथ पाण्डेको चाकरी गरेर उत्क्रिष्ठ कर्मचारीको पुरस्कार राजाका हातबाट थापेका थिए । यो कुरो मोहन क्रिष्णले बताउने गरेका छैनन् । सकभर गुपचुप राख्न खोज्नुको कारण हो “यो राजाबादी हो भन्ने आरोप लाग्छ कि भन्ने त्रास । राजाको सक्रिय शासनक बेला पारश शाह पेरिसा आउँदा पारसलाई घुमाउँदै हिँड्ने टोलीमापनि थिए मोहन क्रिष्ण ।

    राष्ट्रमारा राजदूतलाई चुनौति

शंकर न्यौपानेले मेरो मोबाईल गरेको फोन नंवरसहित सुरक्षित छ मसित । त्यस्ता धम्किबाट त मेरो रौंपनि हल्लिँदैन । यस्ता भ्रस्ट, असक्षम, जाँडका तालमा बम्किएर होस् गुमाउने, ढाँट छल, चाकरी, भोज भतेर र देशको सम्पत्ती लुट्न बाहेक नजान्ने लुतेसित डराउने कुरो छैन । तर एउटा कुरो के भने लुते मोहन क्रिष्णलाइ याद होस्, यो तिमीले चाकरी गर्ने, रमेशनाथ पाण्डे र अन्य मण्डलेको झिँगा धपाउँदै हिँड्ने युग होइन । गणतन्त्र पछिको, परिवर्तन पछिको नेपाल हो । तर कहिँ कुनै आक्रमणको दुस्साह भो भने चाहिँ राष्ट्रमारा मोहन क्रिष्णकोपनि त्यसमा दोष हुने छ । यदि कुक वा पिउनले फोन दुरुपयोगनै गरेको हो भने चाहिँ उसलाई कारवाही गरेर जानकारि देउ ।

तपाइँको प्रतिक्रिया