ज्ञानेन्द्र फ्रान्स ओर्लिए, भ्रमण किन गोप्य ?

(अपडेट : पूर्व राजा ज्ञानेन्द्रको कतारमा भिसाको समस्याले हिजो आएनछन् उनी । तर उनका समर्थक मध्ये एकले मलाई मोबाईलबाट उनी आएको जानकारी दिएक अथिए र उनको पेरिस आ उने कार्यक्रमपनि हिजै थियो । उनका समर्थक र शुभेच्क्षुकपनि हिजै फूलमाला लिएर बिमानस्थल पुगेका थिए । तर अकस्मात उनको भ्रमण रद्द भएर उनी आज आ इ पुगेका छन् । यसको लागि क्षमा माग्छु सबै पाठकसित-नेपालप्लस)

पूर्व राजा ज्ञानेन्द्र फ्रान्सको सबैभन्दा ठूलो बिमानस्थल चार्ल्स द गोल ओर्लिएका छन् । उनी करिब १४ जनाको पारिवारिक टोली लिएर अहिले अपरान्ह ओर्लिएका हुन् । तर उनको भ्रमणलाई गोप्य राख्ने प्रयास गरिएको छ । आफ्नी छोरीको राजबहादुर सिं सित सम्बन्ध बिच्छेद, छोरो पारस बुहारी हिमानीलाई टाढा राखेर थाइल्याण्डमा बिलुप्त र राजतन्त्र गुमेको पीडा सँगै बिरक्तिएका हुन् । एक जना पूर्व राजाबादीले अहिले केहिबेर अघि नेपालप्लसलाई फोनमा दिएको जानकारी अनुसार उनी बिमानस्थलमा ओर्लिँदापनि बिक्षिप्त जस्तै देखिएका छन् । दुई साताको भ्रमण भनिएपनि गोप्य राखिएको छ ।

उनी उति बोलेका छैनन् । अनुहार गम्भिर छ । उनी यहि पारिवारिक तिक्तता मेटाउन, फ्रेस हुन मात्रै फ्रान्स आएका होइनन्, बरु त्यसको पछाडि केहि राजनितिक र पारिवारिक कारणपनि छ । उनलाई चार्ल्स द गोल बिमानस्थलमा स्वागत गर्न केहि राजाबादी फूल र गुच्छा लिएर पुगेका थिए । उनले स्वागत ग्रहण गरेपनि खासै केहि बोलेनन् । उनी कुन होटेलमा बस्छन् भन्ने हालसम्म गोप्य राखिएको छ । स्रोतका अनुसार उनी श्रीमती कोमलको गत दरबार हत्याकाण्डमा लागेको गोलीको छर्रा झिक्ने भनिएपनि त्यो सामान्य र प्रचारकालागि मात्रै हो ।

पूर्व राजा ज्ञानेन्द्र ब्यक्ति भएकाले उनको आगमन बारे चासो र जानकारी नभएको भनेर नेपाली दुतावस पेरिसले जानकारी दिने गरेको थियो ज्ञानेन्द्रको फ्रान्स भ्रमणबारे दुतावासमा सम्पर्क गरेर जानकारि माग्ने नेपालीहरुलाई । तर त्यसो भनेपनि राजदूत मोहनक्रिष्ण श्रेष्ठका नीजि सचिव उनैका साला (श्रेमतीको मामाको छोरो) सन्तोस कक्षपती बाहेक राजदुत सहित दुतावासका सबै कर्मचारी ज्ञानेन्द्र र उनको टोलीलाई स्वागत गर्न बिमानस्थल पुगेको जानकारिपनि तिनै राजावादीले दिए । साथमा तिनका पत्नीहरुपनि फूलमाला लिएर उपस्थित थिए । उनीहरुले “हामीलाई सरकारले जानकारी नदिएसम्म मतलव हुन्न” भन्दै सुटुक्क ज्ञानेन्द्रको स्वागतमा पुगेका थिए । तर दुतावासमा “राजदुत सर हुनुहुन्न भन्ने जवाफ दिनु” भन्दै गएका थिए ।

ज्ञानेन्द्र दुई साता बस्ने भनिएको छ पेरिस । तर केहि दिन उनी फ्रान्सको दक्षिणी भाग पुग्ने कार्यक्रम पनि छ । यसबारे नेपालप्लसले केहि गोप्य योजना पत्ता लगाएको छ । तर पुष्टि गर्न बाँकि रहेकाले हाललाई थाँती राखेको छ ।

पेरिसको मेडलेन भन्ने ठाउँमा रहेको फ्रान्सेली फेन्सिकन सारी किन्ने घरानियाँहरुको पसलमा पुग्ने कार्यक्रमपनि रहेको एक फ्रान्सेलीले नेपालप्लसलाई जानकारि दिए । त्यसैगरि पूर्व रानी कोमललाई अस्पत्ताल लगेर देखाउने योजनापनि छ । तर यी सबै कुराहरु अझै गोप्य राखिएको छ ।

 विश्व बन्यजन्तु कोषका रचनाकार फ्रान्सेलीहरु रहेकाले हिमानी ट्रस्टलाई प्रक्रिति तथा जिवजन्तुको संरक्षणका क्षेत्रमापनि अग्रसर गराउने योजना पूर्व राजा ज्ञानेन्द्रको छ । विश्व बन्य जन्तु कोषकाका संस्थापक फ्रान्सेलीहरु भएकाले त्यसबारे केहि छलफल हुने बताइन्छ । नेपाल र फ्रान्सको संवन्ध राजतन्त्रका बेला दर्बिलो भएपनि पछि खस्किँदै गएकाले यसबारे केहि फ्रान्सेली नेतासित छलफल हुन सक्ने बताइएको छ । तर यसको निश्चितता भने छैन । तर पूर्व राजा ज्ञानेन्द्रले केहि छानिएका र प्रतिष्ठित फ्रान्सेली मेडियालाई बोलाएर अन्तर्वार्ता दिने योजना रहेको पनि बताइएको छ । नेपालप्लसले पत्ता लागएका तर पुष्टि हुन बाँकि केहि समाचारका लागि नेपालप्लस हेर्दै गर्नुहोला ।

तपाइँको प्रतिक्रिया