धमलालाई हिरासतमा राख्नु कानुनसम्मत-सर्बोच्च
हात हतियार खरखजानामा संलग्न रहेको आरोपमा पक्राउ परे रिपोटर्स क्लबका अध्यक्ष ऋषी धमला । उनलाई छानबिनकालागि सुरक्षा निकायले काठमाडौं जिल्ला पशासनसँग अनुमती लिएर हिरासतमा राख्यो। अनि उनलाई गैह्र कानुनी रुपमा राखिएको हो, तुरुन्त सार्वजनिक गरिपाउँ भन्दै पत्रकारिता संबन्धि काम गर्ने एन जिओ फ्रिडम फोरमले सर्बोच्च अदालतमा बन्दि प्रत्यक्षीकरणको मुद्दा हालेको थियो ।
त्यसलाई जिल्ला अदालतले निर्णय नगरेर सर्बोच्चको फूल बेञ्चमा पठाएको थियो । तर के पत्रकार भन्दैमा कानुनको माथि कोहि हुन पाउँछ र ? त्यो हिरासत गैह्र कानुनी हो भनेर फोरमले मुद्दा हालेपछि सर्बोच्चका न्यायधिसले एकल बेञ्चबाट निर्णय गर्न नसकेर पूर्ण इजलासमा पठाएका थिए । आज छनबिनका लागि उनलाई सुरक्षा अधिकारीले पक्राउ गर्न पाउँछ भन्दै उनको पक्षमा धमलालाई सार्वजनिक गर्नुपर्ने रिटलाई सर्बोच्चले खारेज गरिदिएको छ ।
सर्बोच्चको पूर्ण इजलासले धमलाको गिरफ्तारी कानुन सम्मत हो भनेर निर्णय दिएको छ । सर्बोच्चले गरेको निर्णयमा ‘हात हतियारको कारोबार संबन्धि हेर्ने अधिकार प्रमुख जिल्ला अधिकारीसँग भएकोले उनि समक्ष पेश गरि आवश्यक छानबिनकालागि सुरक्षा निकायले थप समय मागेकोले त्यो कानुन सम्मत हो र उनलाई सार्वजनिक गर्नुपर्ने माग स्वत अनुचित‘ भनिदिएछ ।
-संबन्धित ब्लग-
धमलालाई फसाइयो भन्दै आगो भए कोइराला ।





