गजल

गीता थापा

जन्माउँन नसक्ने संविधानको म्याद थपेर रुवायौ नेता 
कानुन हातमा बोकी देशलाई अन्धकारमा डुवायौ नेता
 
न बत्ति, न पानी, न छ त्यहाँ जनताको खुसहाल जिन्दगानी    
बारम्बार दुइखुट्टे प्राणी भेला पारी सपथ खुवायौ नेता
 
आग्रह , प्रस्ताव, भ्रमण र भेटवार्ता भन्दै यत्रो दिन गयो 
स्वास्नी छोराछोरी सासू ससुरा र साली विदेश घुमायौ नेता
 
पुर्खाले अहोरात्री खटि आर्जेको जन्मभूमिको इज्जतलाई 
दायाँ बायाँ नसोचेर कुर्सीकै पछि लाग्दालाग्दै गुमायौ नेता

तपाइँको प्रतिक्रिया