गजल
–नेपोलियन मरहट्टा
प्राण जाने अन्तिम अन्तिम श्वासमा छ मेरो देश,
म मुग्लानबाट फर्कि आउने आशमा छ मेरो देश ।
फेरी एकीकरण् गरी सबै एउटै बनाउनु छ,
हजार थरी जात,धर्म, भाषामा छ मेरो देश ।
जान्छु म त गुमेका ति भु-भागहरु फिर्ता लिन,
गढवाल् र सिक्किम जस्तै ल्हासामा मेरो देश ।
थाहा छैन कती खेर, जनता सहित हारिदिन्छन,
बाह्रमासे जुवाडे नेताको पासामा छ मेरो देश ।
सक्ने छैनौ कोही पनि यो भुगोलबाट मेटाउन,
बिरताको छुट्टै एउटा ईतिहासमा छ मेरो देश । [email protected]





