फ्रान्सको अन्तर्राष्ट्रिय मेलामा यो वर्षपनि नेपाल मुख्य आकर्षण
दुई हप्ता अघि लियों शहरमा ठूलो मेला थियो । अन्तर्राष्ट्रियस्तरको । गत साल म आफैं नेपाली आयोजक समितीमा बसेको थिएँ नेपालको प्रचार गर्न । नेपाललाई माया गर्ने फ्रान्सेली संस्था र साथी थिए । यताबाट मुलत जिवनप्रकाश श्रेष्ठ र म थियौं । मैले बिदा बसेर त्यो मेलाका लागि काम गरेको थिएँ । यो पटक सकिएन । भ्याइएन । तैपनि त्यहाँका नेपालप्रेमी साथीहरुले नेपालको झण्डा उचाल्दै सहभागि भएछन् ।
गत सालझैं नेपाली न्रित्य, फ्रान्सेली युवतीबाट साकेला न्रित्य त भएन नै । तर यो वर्षको सहभागितामापनि नेपालको प्रदर्शनी मुख्य आकर्षण बनेछ । आयोजक कमिटीले नेपाली मन्दिरलाई मेलाको मुल द्वारमा राख्ने निर्णय गरेछ ।
यो मन्दिर गतसाल सिल्भियन दलाफामी, उनका पती फँस्वा र छोरी जेराल्दिन भएर बनाएका थिए । गतसालपनि यसले निकै चर्चा पाएको थियो । हजारौं हजारले प्रशंसा गरेका थिए । त्यसैले यो वर्ष आयोजक समितीले मूल प्रवेशद्वारमा राख्ने निर्णय गरेछ ।
आफ्ना झाँकी सहित शहरको मुख्य भाग फन्को मारिने, दिनभरि बिबिध देशका प्रदर्शनी हुने यो मेलामा करिब ४५ देशको सहभागिता थियो ।
गत साल झैं यो वर्षपनि सोलेइ भेर भन्ने संस्थाका साथीहरु भिडेका थिए यो अन्तर्राष्ट्रिय मेलामा नेपालको तर्फबाट भाग लिन ।
नेपालका हिमाली द्रिष्य थिए । बिभिन्न जनजातिका जिवन र दैनिकी झल्काउने तस्विर थिए । फ्रान्सेलीहरु आफैं गुन्यु, फरिया र चोलीमा सजिएका थिए । निधारमा रातो टिक्क ट्याक्क घसेका थिए नेपाली झैं देखिन ।
स्टल थियो नेपाल संवन्धि । त्यहाँ नेपालको कुटो, कोदालो, ठेकी, तिहारमा लगाउने रंगीचंगी टिका, धुप सल्काउने भाँडो देखि थाल कचौरा लगायत नेपाल झल्काउने निकै चिज थिए । थैली, टिसर्ट, गरगहन राखेका थिए । स्टलमा आउनेले मन लागी नेपाली चिया सुरुप्प पारेर चाख्न पाउने मेसोसमेत मिलाएका थिए ।
करिब ३५ हजरले नेपालको जानकारीमुलक सामग्रि सोधि सोधी आएर लगेछन् । यी मध्ये निकै अब नेपाल जाने सूचीमा पर्ने छन् अब । गत सालपनि नेपाल जाने तैरतरिका बारे निकैले चासो दिएका थिए नेपालको लोभलाग्दो प्रदर्शनी देखेपछि ।
पर्यटक बनेर नेपाल जाँदा बिमानले निजि सामान बोक्ने दिएको स्थानमा नेपालबाट हस्तकलाका सामान कोचि कोचि ल्याएर यहाँ बेच्ने र त्यो पैसाले नेपालका असहाय वालवालिका पढाउने गर्छन् यीनीहरु । यो संस्थाले नेपालमा क्रिषी, वालवालिका, पशुपालनमा असहायलाई निकै सहयोग गर्दै आएको छ ।
अघिल्लो वर्ष यहि ठाउँमा भएको मेला हेर्ने भए तलका लिंकमा जानुस्
अन्तर्राष्ट्रिय पर्वकालागि लियोंमा, तयारी झण्डै पूरा
अन्तर्राष्ट्रिय सांस्क्रितिक पर्वमा प्रमुख आकर्षण नेपाल
सांस्क्रितिक पर्वको वास्तविकता र फ्रान्सेली मित्रमाथि अन्याय
दूतावासको लेखा परिक्षणपनि शंकाकै घेरामा (लेखा परिक्षकको अडियो सहित)
राजदूत निवास मर्मतका नाममा भ्रस्टाचार गरेको खुल्यो (अडियोसहित)
आफ्नी पत्नीको प्रशंसा गर्दै राजदूतका नामबाट फेरी झुठो बक्तब्य
छानवीन गर्ने भन्दै ब्लगरलाई धम्की
नेपालप्लस बिरुद्द राजदूतको फेरी धम्की र उजूरी
दूतावासको खण्डन : अनियमितता गरेको घुमाउरो पाराले स्विकार
नेपालीको शोकमा फ्रान्सेली रुँदा हाम्रा राजदूतलाई भोजको चटारो
नेपालप्लसलाई राजदूतको धम्की














