एशियाली र अफ्रिकी जुन देश पुगेपनि गतिछाडा
हामी नेपालीलाई मात्रै रैछ कि संग संस्था धेरै चाहिने भनेको त होइन रहेछ । हामी मात्रै मिल्न सक्दैनौं कि भएका संस्थामा ? त्योपनि होइन रैछ । नमिल्ने । संस्था खोलेपछि एकाध महिनामै फुटाएर अर्को खोल्ने । पद चाहिहाल्ने । नयाँ खोल्ने । संस्था खोलेपछि भाषण ठोकिहाल्ने । भएका उस्तै र एकै उद्देश्य बोकेका संस्थामा टिक्नै नसक्ने । हामी नेपाली मात्रै होइन रहेछौं । यहि तस्विरले बोल्छ । म पेरिसको स्तालिन ग्राद भनिने पार्कमा पुग्दा यो तस्विर खिच्ने सहित यत्ति थिए बंगलादेशीहरु । जम्मा नौ जना छन् । संस्था चाहिँ बंगलादेशी हिन्दू, बौद्द र क्रिश्चियन समूदाय रे फ्रान्सको । नौ जना भएपछि यीनलाई ठूलो संस्था चाहिएछ ‘हिन्दू, बौद्द र क्रिश्चियन’ धर्म सबै समेट्ने । हातमा कागज बोक्नेले चाहिँ भाषण ठोक्दै थियो, स्रोता सात जना जम्मा ।
अब फोटो देखाउने होला । अनि यसो गरें र उसो गरें भन्ने होला । अनि सबैले भिजिटिङ कार्ड देखाउने होलान् फलानो संस्थाको म यस्तो पदवाला । उस्तै परे फ्रान्सको प्रशासनमापनि देखाउने होलान् । हामी नेपाली मात्रै हौं कि पदका लोभी, मिल्न नसक्ने, संस्था फुटाइहाल्ने भनेको त बंगलादेशीपनि रहेछन् हामीलाई साथ दिने !
त्यहि दिन फर्केर आउँदा सँदेनी भन्ने ठाउँको यो गल्लीमा झट्ट आँखा परे । यस्सो हेरेको फोहोरनै फोहोरको डंगुर । मान्छे हिँड्दैनन् कि यो गल्लीबाट भन्ने सोचेर केहिबेर उभिएको त निकै हिँड्ने रहेछन् । यहि गल्ली भएर जाने निकै घर रहेछन् । तर यस्तो फोहोर । यस्तै फोहोर त नभनिहालौं तर फ्रान्समा जहाँ जहाँ एशियाली, पूर्वी यूरोपका रोमानिय, अल्बानिया, बुल्गेरिया, अर्मानिया जस्ता देशका मान्छे र अफ्रीकी बस्छन् धेरै त्यहाँ निकै फोहोर देखिन्छ । यो चाहिँ हदै हो । कसैले फोहोर गरिदियो भनेपनि मेयर कार्यालयलाई खबर गरे सफा गरिदिन्छ सरकारले । तर यो त यहिँ भित्र बस्नेलेनै फोहोर गरेका । आफुले सफा गर्नु त परै, उल्टो फोहोर गरेर कुरुप बनाउने । बिदेशीलाई हेप्छन्, रंगभेदी हुन्छन् फ्रान्सेली भनेर आरोप लगाउँछन् । तर भएकै सुबिधा लिने होइन बरु फ्रान्सेलीलाई समेत अप्ठेरोमा पार्ने यस्तो गतिछाडा काम गरेपछि कसरि आदर गरुन् ? एशियाली र अफ्रिकी त यूरोप गएपनि नछोड्ने रहेछन् आफ्नो पारा । कहिल्यै सिक्ने रहेनछन् ! फोहोर धेरै भयो भने त्यसबाट निस्किने रोगले फ्रान्सेली धनीमानीलाई ताक्छ भन्ने लाग्दो रहेछ कि कुन्नी !






