आफ्नो अधिकारकालागि झन जुर्मुराए बेल्जियमका जनजाति

शेरबहादुर छन्त्याल / बेल्जियम (तस्विरपनि)
भनिन्छ, नेपालमा राजनीतिको भाले नबास्दै विदेशमा उज्यालो भैसकेको हुन्छ । विभिन्न विचारका रंगकर्मीहरुको गरमागरम सधैं आदानप्रदान भैरहेका हुन्छन । राजनीतिक विचारहरुको छेलोखेलो बगिरहेका हुन्छन । जतिसुकै हड्डी घोटिए पनि देशमा भैरहेका उथलपुथल संग कही न कतै हरेक नेपाली मनका टुना जोडीएको हुन्छ । ह्या.. मलाई राजनीति के मतलब ? छोडिदे यस्ता कुरा भन्दै मुख बङ्ग्याउने देखी नोकरीको गोलचक्करमा हकर बनेका सबै सबैलाई अनेक साइनोद्वारा देशको घटना परिघटनाले चिमोटिरहेका भेटिन्छन । 
 
भूगोलको जुनसुकै कुनामा रहे पनि नेपाली मनहरु कौतुहलताका साथ अग्रगामी र दूर विचारका साथ अहिले चनाखो नजरले हेरिरहेका छन । हामी सधैं पसिना बेच्ने ठेक्का मात्र लिनु हुँदैन । जातजातीका नाममा शोषण दमन हुनु हुँदैन । राज्यको हरेक संरचनामा विना कुनै बन्धन सबैले समान रुपमा अधिकार सम्पन्न हुन पाउनु पर्दछ । हरेक नागरिकले नेपाली भएको महशुस र गर्व गर्न पाउनु पर्दछ भन्ने विचार बोकेकाहरु विदेशमा पनि गोलबन्द हुने क्रम जारी छ ।   

यसै क्रममा नेपाली आदिवासी जनजाती संयुक्त संघर्ष समिती बेल्जियमको  मिती २०१२ जुन ११ का दिन बसेको बैठकले  बेल्जियममा रहेको विभिन्न जनजाती महानुभावहरु र अन्य अग्रज नेपालीहरुको उपस्थितिमा नेपालको भावी संविधानमा आदिवासी जनजतिहरुको अधिकार प्राप्तिको लागि बेल्जियमवासी नेपाली जनजातिहरुको बीचबाट आदिवासी जनजाती महासंघ बेल्जियमको तदर्थ समिती गठन गर्ने निर्णय सहित तपशिल बमोजिमको नामावली पारित गरेको छ ।  यो तदर्थ समितिले अबको ३ महिनाभित्र अधिवेशन गर्ने निर्णय समेत गरेको छ । 
         
संयोजक
पी. जी.  शेर्पा
सदस्य सचिव 
कुल  बहादुर  मगर 
   
सदस्य संस्थाहरु:

१) मगर संघ बेल्जियम 
२) तमु समाज बेल्जियम 
३) शेर्पा किदुक बेल्जियम 
४) संयुक्त किरात समाज बेल्जियम 
५) थारु समाज बेल्जियम 
६) पासा:पुछ बेल्जियम 
७) तामाङ् समाज बेल्जियम 
८) थकाली समाज बेल्जियम

अन्य सदस्यहरु:

 राम बहादुर गुरुंङ्ग  
 मणी राइ 
 पदम गुरुङ्ग 
 बाबुराजा लामा
 जीत लामा 
 सागरदाश श्रेष्ठ 
 गम बहादुर गुरुङ्ग

तपाइँको प्रतिक्रिया