पेरिसमा नेपालीको ब्रिहद भेला

nrn-feb-programme-226.JPG

            (जमघटको संझना साँचिराख्ने रहर)  

 

बिदेशमा बस्नेका आआफ्नै पीडा छन । बेदना छुट्टा छुट्टै छन । भोगाई फरक छन । देखाईमा भिन्नता हुने नै भए । ति एकले अर्कालाई ब्यक्त नगरेसम्म कसरि बुझ्ने, के गरि थाह पाउने ? आफु बसेको देश, परिस्थिति, संस्क्रिति र कानुनलेपनि फरक पार्ने नै भयो । नयाँ नेपाल भनिएको छ त्यसमा हामी बिदेशमा बस्ने नेपालीका जिम्मेवारी के हुन ?

 

nrn-feb-programme-036.JPG

 (दाहिनेबाट क्रमश: सधै अर्काको फोटो कैद गर्ने फोटोग्राफर बिजेन्द्र, कल्पना दिदी र राजदूत पत्नी निता श्रेष्ठ)  

 

आफ्ना नागरिक अधिकार कसरि सुरक्षित गर्ने ? अब बन्ने न्याँ संबिधानमा आफ्ना हक र अधिकारलाई कसरि संबोधन गर्न सकिन्छ ? लिने मात्रै होइन, आफ्नो मात्रिभूमीलाई के दिने ? कसरि दिने ? यि सबै विषयमा ब्रिहद छलफल गर्न हिजो पेरिसमा एनआरएन फ्रान्सले भेला गरेको थियो ।

nrn-feb-programme-076.JPG

        (कार्यक्रम ध्यानले सुनीरहेका सहभागी) 

 

nrn-feb-programme-189.JPG

(मुख्य कार्यक्रम अन्त्यपछि बिदेशबाट आएका निम्तालुसित जिज्ञासा राख्दै पेरिसका नेपाली)     

 

एक थरीले बोल्ने र अर्को थरीले सुनीमात्रै रहने अर्थात आयोजकले जे भन्छन् त्यो अन्य सहभगिले सुनिमात्रै रहने प्रचलन तोडेर साँच्चिकै यहाँ रहेका नेपालीहरुका समस्या, गाह्रा साघुरा, अप्ठेरा र अन्य समस्या के के छन तिनका बारेमा आफ्ना जिज्ञासा र गुनासा राख्न पाउनेगरि भेला आयोजना गरिएको थियो ।

 

 

nrn-feb-programme-030.JPG

   (पछिल्लो पंक्तिमा बसेर चनाखोपूर्वक निम्तालुका कुरा सुनीरहेका महिलाहरु)

 

भेलामा कानुनी, सांस्क्रितिक, एनआरएनको उद्देश्य, एनआरएनले गरेको लगानी र भविश्यमा गरिने लगानीलाई के कसरि सुरक्षित गर्ने, एनआरएनको बिधानमा के के प्रावधान छन । अबको संबिधानमा के कसरि आफ्ना अधिकार सुरक्षित गर्ने जस्ता बिषयमा उठेका जिज्ञासको जवाफ दिनका लागि बिभिन्न देशबाटबाट एनआरएनका विशेष प्रतिनिधीहरुपनि बोलाईएको थियो ।

nrn-feb-programme-065.JPG

(देब्रेबाट क्रमश: एनआरएन यूरोप संयोजक चिरन्जीबी ढकाल, कार्यबाहक राजदूत जिवनप्रकाश श्रेष्ठ, एनआरएन फ्रान्सका अध्यक्ष अशोक न्यौपाने, एनआरएनका केन्द्रिय उपाध्यक्ष रामप्रताप थापा, फ्रान्सकालागि नेपालको तर्फबाट नोरमदी क्षेत्रका महावाणिज्यदूत डा डिडिए बेर्ना, एनआरएन बेलायतका आईसिसी मेम्बर तथा एनआरएनको बिधान निर्माण कमिटीका एक सदस्य डा हेमराज शर्मा (अलिकति मात्रै देखिएको छ), एनआरएन बेल्जियमका आईसिसी मेम्बर रबीन्द्र श्रेष्ठ र एनआरएन बेल्जियम अध्यक्ष पिजी शेर्पा)

 

 

त्यसमा एनआरएनका उपध्यक्ष रामप्रताप थापा जर्मनी, एनआरएन यूरोपका संयोजक चिरन्जीबी ढकाल बेलायत लगायत एनआरएनको गतिबिधी र यसका आवश्यकताका बारेमा जवाफ दिनका लागि डा हेमराज शर्मा आएका थिए । त्यसैगरि नेदरल्याण्डबाट रामबाबु नेपाल, बेल्जियमबाट त्यहाँका अध्यक्ष पिजी शेर्पा र एनआरएन बेल्जियमका इन्टरनेशनल कोअर्डिनशन काउन्सिल बेल्जियमका सदस्य रबिन्द्र श्रेष्ठ थिए ।

nrn-feb-programme-031.JPG 

            (डा डिडिए बेर्ना र जिवन प्रकाश श्रेष्ठ)

कार्यक्रममा नेपालका लागि पेरिसका कार्य बाहक राजदूत जिवनप्रकाश श्रेष्ठ तथा नेपालका लागि फ्रान्सको नोरमदी क्षेत्रका महावाणिज्यदूत डा डिडिए बेर्नाको महत्वपूर्ण भूमिका थियो ।  

nrn-feb-programme-166.JPG 

(नेपालीहरुले राखेका जिज्ञासाको जवाफ दिँदै कार्यवाहक राजदूत श्रेष्ट)

नेपालीले भोग्नु परेका कानुनी समस्यालाई कसरि समाधान गर्ने भन्ने बिषयमा कार्यबाहक राजदूतश्रेष्ठले दुतावासले त्यस्त नेपालीहरुको कागजी समस्या समाधान गरिदिन सहयोग गर्ने वचन दिँदा नेपालीहरु निकै हर्षित भएका थिए ।

nrn-feb-programme-032.JPG

(पेरिस नजिकै रेस्टुरेन्ट ब्यवसाय गरेका रबीन शर्मा ओलीले करिब पाँचहजार नेपाली रेस्टुरेन्टहरुसित खानाको स्तर र स्वादमा भएको प्रतिस्पर्धामा फ्रान्सेली पुरस्कार जितेका थिए । त्यो हिजोको कार्यक्रममा प्रशंसाको विशय बनेको थियो । त्यसैमा ओलीसित (बिचमा) जिज्ञासा राख्दै बिदेशबाट आएका नेपाली)

nrn-feb-programme-075.JPG

 (प्रश्नका झटारा मात्रै होइन कि एन आरएन का निम्तालुहरु क्यामराका तारोपनि बनेकाथिए)

बिदेशबाट आएका सबै प्रतिनिधीले एनआरएनको उद्देश्य, नेपालीको भूमिका, कानुनी हैसित, यसले गरेका काम र भविष्यको योजना लगायत हरेक विषयमा प्रकाश पारेका थिए । फ्रान्सका नेपालीले भोग्नु परेका समस्या र हुन सक्ने समाधान का विषयमा भक्त वाग्ले र तप्त भण्डारी, नेपाली सफल ब्यवसायीको तर्फबाट रबीन शर्मा ओली, फ्रान्सका नेपाली ब्यापारीको गतिबिधी र लगानीका संभाब्यताबारे यहाँका ब्यापारी बिनोद ओझा, नेपाली साहित्यलाई फ्रान्सली साहित्यमा कसरि परिचित गराउन सकिन्छ भन्ने बारेमा कल्पना घिमिरे, अयोजकका तर्फबाट शुभकामना हरिहर अर्याल, कार्यक्रम सञ्चालन अनुराधा पौडेल तथा समापन कार्यक्रमका सभापती एनआरएन फ्रान्सका अध्यक्ष अशोक न्यौपानेबाट भएको थियो । 

nrn-feb-programme-056.JPG

 कार्यक्रममा वालिक जैनु श्रेष्ठले नेपाली झण्डा उचालेर नेपाली राष्ट्रियता झल्काउने आकर्षक न्रित्य प्रस्तुत गरेकि थिईन ।

nrn-feb-programme-015.JPG 

(एनआरएन विश्वब्यापी बनिरहेका बेला विश्व मंडललाई हत्केलामा उठाउन खोज्दै एन नेदरल्याण्डका अन्तर्राष्ट्रिय संयोजक रामबाबु नेपाल र देब्रे पट्टी डा हेमराज शर्मा ।)

मुख्य कार्यक्रमपछि सहभागिहरुलाई आआफ्ना जिज्ञासा राख्न सभा खुला गरिएको थियो । त्यहाँ उठेका प्रश्नको बिदेशबाट आएका एनआरएनका निम्तालुहरुले दिएका थिए । अन्त्यमा सभा सकिएपछि कार्यक्रमको मूल्यांकनसमेत गरिएको थियो । सामान्य त्रुटी र सच्याउन सकिने ठाउँहरु रहेपनि कार्यक्रमा समग्रमा अत्यन्त उत्साहप्रद रहेको निचोड निकालियो । यस्तो कार्यक्रम बेला बखत भइरहनुपर्ने कुरामा जोड दिइएको थियो ।

(साथीहरु, करिब ३५० वटा जति फोटो छन । अहिले फूर्सद भएन । बेलुका म ति सबै फोटो राख्ने छु। हेर्न वा आफ्ना फोटोहरु लिनका लागि नेपाल प्लस हेर्दै गर्नुहोला । अनि हिजोको कार्यक्रममा ब्यक्त गरिएका प्रत्येक ब्यक्तिका महत्वपूर्ण बिचारहरुलाई हरेक हप्ता एक वटाका दरले यहाँ राख्ने कोसिस गर्ने छु। त्यसको प्रतिक्षा पनि गर्दै रहनुहोला-नेपालप्लस)

–एन आर एन फ्रान्सका अघिल्ला गतिबिधीका लागि थप हेर्नुस–

प्रतिस्पर्धा आफ्नै पती पत्नीबिच

 फ्रान्सेली नेतासँगै पेरिसमा नेपालीको देउसी भैलो

फ्रान्समा देउसी भैलो

दर्शक सयौं, नाच्ने पाँच वर्षे वालिका

समुद्रको छाल हेर्दै नेपालीले गरे भेला

पाँच हजारलाई उछिनेर जिते रबीनले फ्रान्सेली पुरस्कार

तपाइँको प्रतिक्रिया