पेरिसको नेपाली मेलामा “एकादशी बजारैमा” (भिडियो)

गएको शनीबार र आइतवार (जुन ०२ र ०३) का दिन पेरिसमा नेपाली सांस्क्रितिक ग्रिहले नेपाली मेला आयो जना गर्‍यो। सबै द्रिष्टिकोणले नेपालको झल्को दिने, नेपाल र नेपालीका बिबिध पाटो र पक्ष चखाउने, लोभ्याउने, चिनाउने मेला थियो यो । पहिलो दिन शनीबार म उपस्थित हुन् पाइन । दोस्रो दिन अर्थात हिजोपनि पत्रकारका रुपमा भन्दा मेला हेर्ने, साथीहरुसित रमाउने सामान्य ब्यक्तिका रुपमा जान मन लाग्यो। त्यसैले सबै न्रित्य हेर्न भ्याइन, सबैतिरको तस्विरपनि खिचिन । गाफगाफ गरेर रमाएँ साथीभाइसित। त्यसैले मेलाको सबै पक्ष समेट्न नसकेको स्पष्ठ पार्न चाहन्छु । “एकादशी बजारैमा” भन्ने गीत पुरानो भएपनि आफूलाई अझै साह्रै मन पर्ने भएको र झन वालकहरुले न्रित्य गरेकाले यो गीतको भिडियो राखेको हुँ । साथीहरुले यो पर्वका आकर्षक भिडियो बनाउनु भएको छ भने लिंक दिनुहोला राखिदिने छु । भिडियो राम्रो, छोटो र स्पष्ठ हुनुपर्ने छ ।

तपाइँको प्रतिक्रिया