गजल
अनुकुल प्रकाश
..
मिलनको पहिलो रातमा खेलौं एउटा खेल
खबरदार छ यो खेलमा माफि छैन झेल..!
..
दुई शरीर आपसमा, एउटै भयो मुटु
जिन्दगिको मेला भर्न मिलाऔं तालमेल..!
..
तिमी धर्ती म आकाश स्रीस्ट्री सम्भव छ
विऊ रोपौं साथ मिली सपार्नु छ फूल ..!
..
टुट्न सक्छ पहाड पनि फुट्न सक्छ बाँध
हातेमाले गर्दा- गर्दै, तरौंला’नी भेल..!
..
किन ? खानु बाचा कसम किन गर्नु भूल
पोल्टो थाप पोख्छु मायाँ अब छताछुल्ल..!
..
चितवन, नेपाल
(‘प्रणय-दीवस’ को हार्दिक शुभ-कामना)




