हजारौंले हेरे पेरिसको नेपाली मेला

अस्ति शनीबार र हिजो आइतबार पेरिसमा नेपाली मेला भयो । नेपाली सांस्क्रितिक ग्रिहले आयोजना गरेको यो मेला सयौं हजारौं फ्रान्सेली र नेपालीले हेरे । मेलामा मुलत नेपाली सांस्कितिक कार्यक्रम सदाझैं सबैको मुल चाख रह्यो । साना नानीदेखि युवा र युवतीहरुले नेपालका विविध जनजातिका बिभिन्न न्रित्य देखाए । मम, नेपाली दालभात, सेकुवा, सेल, लड्डु, पकौडा लगायतका नेपाली परिकारपनि राखिएको थियो । कोइलामा पोलिएको सेकुवा धेरैको रुचि देखियो ।

पेरिसमा नेपाली विविध जनजातिका संस्क्रितिको संरक्षण र पर्यटन प्रवर्धन तथा नेपाललाई फ्रान्समा अझ बढि चिनाउन यस्तो मेला आयोजना गरिँदै आएको हो । कार्यक्रममा नेपाल संवन्धि विभिन्न क्षेत्रका श्रय द्रिष्य र संगितपनि देखाउने सुनाउने गरियो। साना बालबालिकाले देखाएको न्रित्यले फ्रान्सेली र नेपाली सबैलाई मन्त्रमुग्ध पारेको थियो । धेरैले नेपाली बालबालिकाको सांस्क्रितिक चासो र दक्षताको प्रशंसा गरेका थिए । बालवालिकालाई न्रित प्रशिक्षण नीता श्रेष्थले दिएकि हुन् ।

मेलामा नेपालका हस्तकला र विविध सामाग्रिहरुका थुप्रै स्टलहरु राखिएका थिए । ग्रिहले हरेक वर्ष यस्तो मेला आयोजना गर्छ । कार्यक्रमबाट उठ्ने रकमबाट नेपालको झलक दिने सांस्क्रितिक ग्रिह बनाउने लक्ष्य यो संस्थाले राखेको छ । नेपाली सांस्क्रितिक ग्रिहका अध्यक्ष हेमन्त उपाध्यायले ईमेलबाट दिएको जानकारी अनुसार गत नौ वर्षदेखि यस्तो मेला पेरिसमा आयोजना हुँदै आएको छ र अहिलेसम्म करिब २० हजारले यस्तो मेला अवलोकन गरिसकेका छन् ।

पेरिसको ईनाल्को विश्व विध्यालयका नेपाली कक्ष प्रमुख रेमी बोर्दले नेपाली भाषा अध्ययन बारे जानकारी दिँदै थिए ।

वाल्यकालमा लेखपढ गर्ने प्रसंग आउँदा गीतको भाकामा किताब पढेको द्रिश्य देखाउँदै एक वालिका ।

“सिमली छायाँमा बसी भरिया लामो सास तानेको” बोलको गितमा ब्रिद्द भरियाको नक्कल गर्दै बिमल बस्याल ।

“नेपाल नेपाल नेपाल, मेरो नेपाल” भन्ने गितमा सामूहिक न्रित्य गर्दै ।

सानी वालिकाको न्रित्य । हँसिलो अनुहार छरितो घुमाई । साह्रै तारिफ खाइन यीनले ।

मेलाको अर्को आकर्षण थियो लाखे नाच ।

काठमाडौंमा देखाइने जिवित कूमारी । यसमा त धेरैको चासो हुने गर्छ ।

मुस्ताङका जिवन्त तस्विरहरु देखाएर चिनाउँदै पियर मार्ताँ र उनको प्रस्तुती हेर्दै फ्रान्सेलीहरु । उनले मुस्ताङका निकै आकर्षक तस्विरहरुको संगालो देखाए । ब्याख्या गरेर नेपाल जाउँ जाउँ बनाए ।

तपाइँको प्रतिक्रिया