कविता : शान्ति
• गोविन्द तिमिल्सिना / बेल्जियम
म जीवनमा शान्ति खोज्दै थिएँ
किनकी
चारैतिर अशान्तिको बादल छाएको थियो
बादल भित्रको काग झैँ थिएँ म
कता बाट शान्ति उदाउला भन्दै
छितिज कुरिरहनथें म
वषौं बर्ष
तर आत्मा ज्ञान झैँ लागेर
एउटा शान्तिको दिप समात्न पुगें म
मलाई के थाहा
यो पनि भयानक भ्रम रहेछ
फेरी ठगिएँ म
मेरो मानसपटलमा
ख्याल पनि आउन छाड्यो शान्तिको
भन्दछन
क्रान्तिलाई लेनिन जन्मनुपर्द्छ
शान्तिको लागि बुद्ध जन्मनुपर्द्छ
न यहाँ लेनिन जन्मिए न बुद्ध जन्मिए
यहाँ जन्मिए केवल क्रुर ताना शाहीहरु
आफ्नै मौलिकतामा
मातृभूमिलाई लुटिरहे लुटिरहे
शान्तिलाई दिग्भ्रमित बनाउँदै
अशान्ति मच्चाइरहे
रगत बगाउँदै रहे





