नेपालमय बन्दै छ पेरिस शनीबार र आईतवार
पेरिसको ब्वा द भाँसेन भन्ने बिशाल पार्क आगामी शनीबार नेपाल जस्तै हुने छ । नेपालका मन्दिरमा फहराउने ध्वजा र पताका अनि तोरण । त्यहिँ बुदको मूर्ती । जुन मूर्ती यूरोपमै सबैभन्दा ठूलो हो भनिन्छ बुद्दको । नेपाली बिबिध न्रित्य । सेल रोटी, मम । आगो पुत्ताउँदै कोइलामा च्वाइँ च्वाइँ पोलेको सेकुवा । के पाइँदैन त्यहाँ । कसैलाई नाङ्लो फडस फडस निफन्न नपाएर हैरान परेको भए त्योपपनि पाइन्छ । पुरै नेपालमै कुनि पर्वमा जस्तै बन्दै छ यी दुई दिन । नेपाली सामानका अनेक मिश्रणपनि पाइन्छन् । नेपाली साँस्क्रितिक ग्रिहले वर्षेनी गर्ने यो मेला साँच्चै छुट्यो भने साह्रै चुक चुक लाग्ने खालको हुन्छ ।
यो कति आकर्षणपूर्ण हुन्छ भन्ने त फ्रान्सेली र नेपाली लोभिएबाटै देखिन्छ । सन् २००३ मा आयोजन गर्न लागेबाट २० हजार सहभागी भैसकेको नेपाली सांस्क्रितिक ग्रिहका अध्यक्ष हेमन्त उपाध्ययले जानकारी दिएका छन् । यसमा नेपालका बिबिधा सामाग्रि किन्न पाइने र बिबिध परिकार चाख्न पाइने त छँदै छ फ्रान्सको अनुसन्धान र बिज्ञान केन्द्र सि एन आर एसका अनुसन्धानकर्मीबाट नेपालको बिबिध क्षेत्रबारे प्रस्तुतिपनि हेर्न पाइन्छ ।
एकदम चाखलाग्दो कुरो के छ भने यसमा एउटा यस्तो चिठ्ठा छ । त्यो चिठ्ठा पर्यो भने नेपाल जाते आते बिमान टिकट सित्तै पाइन्छ । यो पर्वबारे जानकारी हुनपनि सक्छ र नहुनपनि सक्ला कतिपयलाई । कम्तिमा फ्रन्समा भएका आफ्ना मित्र, साथीभाइ र चिनेजानेका, सम्पर्कमा रहेका नेपाली र फ्रान्सेली वा अन्यलाईपनि थाह दिएर सहयोग गरिदिनुहोला है त ? पर्व हुने ठाउँको ठेगाना र कुन मेट्रो लिने तस्विरमा हेर्नुस् ।





