सार्वजनिक यातायातमा फ्रान्सेली राष्ट्रपती
उताबाट आएका थिए स्पेनियाली प्रधानमन्त्री मार्लानो राजोइ । यताका फ्रान्सेली राष्ट्रपती फँस्वा ओलँद । उनीहरुलाई नपुग्दो केहि थिएन । बिमान, हेलिकोप्टर जे लगेपनि हुने । तर सार्वजनिक यतायातको साधन जनातले झैं प्रयोग गरे । पेरिसबाट् बेल्जियमको राजधानी ब्रसेल्स जान उनीहरु रेलमा चढे । सर्वसाधारण चकित परे ” फ्रान्सको राष्ट्रपतीपनि रेलमा चढ् छ सामान्य नागरिक संगै ?” कसैले हाँसो गरे “फ्रान्सको अर्थिक अवस्था कमजोर भएकाले जोगाएको होला”। कोहि “साँच्चि राष्ट्रपती त होइन होला, कुनै फिल्म सुटिङकोलागि होला”। तर उनीहरु पेरिसाबाट यूरोपेली सम्मेलनमा भागलिन ब्रसेल्स जाँदै थिए ।
यूरोपमा भएको आर्थिक मन्दीबारे उनीहरुले पेरिसमा छलफल गरेपछि ब्रसेल्सकालागि हिँडेका थिए । उनीहरुले ३०० किमीमा रहेको ब्रसेल्स पुग्न बिमान भन्दा रेल रोजे । टि जी भी नामको रेल सुबिधा सम्पन्न र उच्च गतिको मानिन्छ । उनीहरु दुबैजना ओलँदको कार्यालयबाट ‘गार दु न’ भन्ने रेल स्टेशन सम्म कडा सुरक्षाकाबिच गएर रेल लिएका थिए । ९० मिनेटमा उनीहरु ब्रसेल्स पुगे । ओलँद सामान्य तरिकाले यात्रा गर्ने नेताकै रुपमा चिनिन्थे । अघिल्ला राष्ट्रपती निकोला सार्कोजीको खर्चिलो यातायतको उनले आलोचना गर्दै आएका थिए ।
निकोला सार्कोजीले भने कि फाल्कोन 7x कि त A330-223 का दुइवटा बिमान प्रयोग गर्थे ब्रसेल्स जानैकालागि । यसरि राष्ट्रपती बिमानामा जाँदा अर्को बिमानपनि संगै उडाउने गरिन्छ उच्चा सुरक्षा र निगरानी गर्दै । त्यसले गर्दा ज्यादै महँगो पर्छ राष्ट्रकालागि । २७ देशका यूरोपेली सरकार प्रमुख हरु भेला भएर आर्थिक अवस्थामा टाट उल्टिएको ग्रिसलाइ कसरि उकास्ने भन्ने मुख्य छलफल थियो । ग्रिसले आफ्नो देशको अवस्था सुधार नभए यूरोपेली परिषदबाट बाहिन सक्ने जनाउ दिँदै आएको छ । त्यसो हुँदा अन्य देशलाईपनि त्यसै गर्न बाटो खुल्छ ।




