फ्रान्सको दौड प्रतियोगितामा नेपाली साङ्गे फेरी तेस्रो
फ्रान्समा भएका दौड प्रतियोगिता (म्याराथन) मा पटक पटक जित्दै आएका नेपाली साङ्गे शेर्पाले फेरी अर्को दौड जितेका छन् । गत आइतवार भएको ४५ किमी लामो दौडमा उनी त्रितिय भएका हुन् । यसमा फ्रान्स र यूरोपका अन्य मुलुकका एक हजार छ सयले भाग लिएका थिए । यो दौडको नाम त्रेल दे फअ राखिएको थियो ।
दौड सँगै प्रक्रितिको स्वादपनि लिन पाइयोस भनेर जंगलका छेउछाउमा भएका साना गोरेटामा यो दौड प्रतियोगिता गरिएको थियो । जंगलका गोरेटामा दौडिनुपर्ने भएकाले यस्ता ठाउँ कठिन मानिन्छन् । त्यसैले सायद यो मार्गको नाम त्रेल दे फअ (कठिन गोरेटा) राखिएको हो ।
प्रतियोगित शुरु हुँदा हजारौं दर्शकहरु उपस्थित थिए । यति धेरै प्रतियोगीहरु रहेको दौडमा आफू त्रितिय हुन सकेकोमा साङ्गेले नेपालप्लससित प्रशन्नता ब्यक्त गरे । उनले भने “यसमा म्याराथनमा प्रसिद्दि कमाएका धावकपनि निकै थिए । यो कठिन थियो । तैपनि मैले निकै प्रयास गरेर तेस्रो स्थान हाँसिल गर्न सकें। म ज्यादै खुशि छु”। भविष्यमा अझ ठूला प्रतियोगिता जित्दै अन्तर्राष्ट्रिय प्रतियोगिता जितेर नेपाल र नेपालीको नाम राख्न चाहेको उनले दोहोर्याए ।







