कति रमाए नेपालीहरु पेरिस देखेर

nepalis-in-paris-visit-nepalplus.jpgआलेख: अनुराधा पौडेल 

 

लिफ्टबाट झर्नासाथै बस्ने ठाउको खोजी भयो। ड्राइभरले बुक गरेको होटल अलि टाढै रहेछ। त्यसैले साथिहरुले मलाई मेरो निवास सम्म पुर्याइदिने सल्लाह गरे आफुहरु त्यतैबाट जाने बिचार गरे। आइफल टावरबाट बांगोटिगो बाटो गुड्दै गाडी रेपुब्लिक भन्ने ठाउमा आइपुग्यो। ड्राइभर डिजिटल नक्साको भर परेर हिड्दैथियो जसअनुसार नक्साले जता जा भन्यो उतै जांदा रिपब्लिकको ठूलो चोकलाई गाडीले चक्कर लायो। पनि प्राय जमिनमुनिको मेट्रोमा हिड्ने भएकोले मलाइ जमिनमाथिको बाटोको राम्रो ज्ञान थिएन। त्यहिमाथि रातको समयका पेरिसका चोकहरु सबै उस्तै देखिनेभएकोले कता हो कता मैले समेत मेसो पाउन सकिन। भित्र शिवदाइलाई खुव रिस उठीसकेको थियो कारण बाटो मैले चिनेको थिइन। मध्यरात कटिसक्दा खाने कुरा के हो थाह थिएन। दिउसो समेत हल्का नास्तापनि नलिनुभएका शिव दाइले मलाइ हैन आफू हिड्नेबाटोपनि चिन्न सक्नुहुन्न भन्ने प्रश्न राख्दैहुनुहुन्थ्यो मैले हो भन्दा उहा झन् आश्चर्यचकित पर्नुहुन्थ्यो  

मैले यसो अन्दाज लगाए बाटो यतै हुनुपर्छ भन्ने। ड्राइभरले पहिल्यै पछ्याएको बाटो सही नै रहेछ तर त्यहा एकतर्फी बाटो भएकोले घुम्नै पर्ने रहेछ। घुम्दा देब्रे लाग्नुपर्ने ठाउमा हामी मूल चोकमै बारबार झर्ने गरेकोले आपत भैराखेको रहेछ। त्यसपछि केहि गाह्यो भएन। मलाइ घरमा छोडेपछि उहाहरु भोलीपल्ट बिहान भेट्ने बाचासहित होटलतिर लाग्नुभयो।उहाहरुले के खानुभयो मलाइ थाह भएन। सायद पेट्रोल पम्पतिर केहि भेटाउनुभयो कि  

भोलीपल्ट बिहान ११ बजे चार्ल गोल एत्वाल भन्ने ठाउमा पुग्दा उहाहरु पहिले नै आइसक्नुभएको रहेछ त्यसपछि उहाहरु आर्क थ्रिओम्प भन्ने ठाउबाट देखिने १२ वटा चोकहरु हेरेर तल झरेपछि हामीहरु सीधै मोनालिसा हेर्न लुभ्र म्यूजियम गयौं। मोनालिसा हेर्ने ठाउमा संधै हुनेभिडभाड त्यो दिनपनि उस्तै थियो। सात महिना पहिला आउंदा मोनालिसाको फोटो मजाले खिच्न पाइन्थ्यो तर यतिबेला भने तस्बिर खिच्न रोकिदिएको रहेछ। मोनालिसा संग तस्विर खिच्न नपाएपछि मनै खल्लो भयो। खल्लो मन भएपनि कमलमानलाई भने अर्कै नामुद कलाकारका पेन्टिगहरु नहेरी भएको थिएन। ति कलाकारबारे उहाले रसियामा प्रसस्त सुन्नुभएकोले लुभ्रको कुन कुनामा उनका आर्टहरु छन् भन्ने खोज्न एकघन्टा भन्दा बढी लाग्यो। पाचौ तलामा राखिएका ति कलाहरु साच्चिकै राम्रा रहेछन्। लुभ्र हेर्दा संधै खट्किने कुरा के हो भने त्यहा मोनालिसा भन्दा अरु धेरै राम्रा कलाहरु छन् तर तिनिहरुको उस्तो प्रचार नगरि इटालियन कलाकार लियो नार्दो दाभिन्चिकै मोनालिसाको प्रचार प्रसार गरेर यो उत्कृष्ट कला किन भनिएको हो भन्ने लाग्छ। यस्तो अभाव ति कलाकारका पेन्टिग हेरेपछि नेपालीहरुमापनि देखियो। रसियाको हर्मिताज संसारको सबैभन्दा ठूलो कला संग्राहालय भएको बताउने ति साथिहरुको लुभ्रमा अझ पुराना यूनिक कलाहरु भेटिएको अनुभव रह्यो। 

लुभ्रबाट निस्कदा धेरै दिनपछि पेरिसमा अचम्मको घाम लागेको थियो। सुन्दरीहरुका पहिरन एकबित्तामा झरिसकेका थिए। एकबित्ता पहिरनका सुन्दरीहरुसंग तस्विर खिचाउने लालच केहि नेपालीमा दखिन्थ्यो तर अफसोच सुन्दरीहरु टक टक गरेर हिड्दा हिड्दै क्यामेराले तस्विर लिनै नभ्याएको दृष्य देख्दा मलाइ हांसोपनि उठ्यो। यूरोपको साधारण चलन अनुसार कसैको मुखमापनि सीधा हेर्ने गरिन्न। सीधा मुखमा हेर्न नपाएपछि सुन्दरीहरुको सुन्दरता यस्तै खुला ठाउमा चोर्ने हो तर के गर्नु नेपालीको पोजिसन दिएर तस्विर खिच्ने बानीले गर्दा धेरै अवसरहरु यसरी नै गुम भए। 

हिड्दै गर्दा मैले रसियन धनाढ्य उपेन्द्र महतो अर्का धनाढ्य जिवा लामिछानेको एनआरएनमा दिएको योगदान बारे केहि जान्ने मौका पाएं। त्यसैगरी मलाइ अनायसै उहाहरुको रसियन जिवनशैलीबारे जान्ने चासोपनि भयो। व्यापार व्यवसायबाट उहाहरुले कसरी यत्रो सफलता पाउनुभयो भन्ने मेरो जिज्ञासा थियो। तर साथिहरुले यति मात्र भने उद्योग व्यापारमा पैसा मात्र होइन कुशलज्ञानको आवश्यकतापनि हुनुपर्छ। हामीहरुले देख्दा उहाँहरुको कन्सट्रक्सन कम्पनी ठूला व्यापारिक भवनहरु छन्। ति बाहेक उहाहरुसंग व्यपार व्यवसाय चलाउने कुशल कलाहरुपनि छन् उहाहरुका व्यवसायिक भवनहरुमा नेपालीहरुले समेत आआफ्ना सानातिना पसलहरु राखेका छन् सबै राम्ररी चलेका छन्।  

कुरा गर्दा गर्दै हामीहरु कंकर्ड भन्ने ठाउमा आइपुग्यौं। यसअघि हामीले चुलेरी बगैँचा पार गरेका थियौं। जहा फ्रान्सका राजा लुइ सोह्यौंको पालमा बिरोधीहरुलाई काट्न जिलेटीन राखिएको थियो सयौं बिरोधीहरुलाई काटिएको थियो। यसैको छेउमा रहेको कंकर्ड इतिहासै एउटा सिगो इतिहास बोकेको भिमकाय फ्रान्सेली जहाज कंकर्डको संझना स्वरुप राखिएको नाम हो। यसपछि मैले उहाहरुलाई पेरिसको सबैभन्दा पुरानो चर्च नोथ्रदाम लगिदिएं। त्यतैबाट बास्तिल भन्ने ठाउंपनि देखाइदिएं। जुन ठाउँ बन्दीहरुले जेल तोडेकोले प्रसिद्ध रहेको छ। राजा लुइस सोह्रौंको पालामा जेलमा राखिएका बन्दीहरुले जेल फूटालेर बाटोमा निस्केपछिनै फ्रान्सको जनक्रान्ति सफल भएको थियो राजा सहित रानी परिवारका सदस्यहरुलाई काटिएको थियो। 

अव भने दिन निकै बितिसकेको थियो। भोकले पेट म्याउ म्याउ गरेकोले साथिहरुले सोधे हैन दाल भात तरकारी खाने नेपाली रेष्टुरेन्ट पेरिसमा छैन उहाहरुलाई त्यसपछि भेर्साइको दरवार हेर्नुपर्ने थियो। मैले बास्तिलबाट भेर्साइ जाने बाटोमा पर्ने अनिता गुरुगंको रेष्टुरेन्टमा लैजाने बिचार गरे ड्राइभरलाई त्यहि दिशामा जान अनुरोध गरें। तर अर्को दुर्भाग्य भनौं यति लामो जाममा परियो कि भनेर साध्य छैन। जाम छिचोल्न मुस्किल पर्यो दाल भात खाने समय त्यहि गुज्रिकेकोले मैले उहाहरुलाई सीधै भेर्साइको दरवार जान उपयुक्त हुने सल्लाह दिएं। मैले भने साथिहरुलाई बिचैमा छोड्ने निधो गरे दरबार घुमेपछि उहाहरुको योजना लग्जम्बर्ग जाने थियो। त्यसैले बिचबाटो बाटै उहाहरुलाई छोड्दै झरें। तर मनभरी रोमान्चक यात्राका सुखद क्षणहरु संगालेर झर्नुअगाडी साथीहरुलाई सोधे फ्रान्स कस्तो लाग्यो रु  जबाफ थियोएकदम सुन्दरः पुराना कला संस्कृति जस्ताको तस्तै। शहरभित्रका घरहरु एकैनाशका। पुरानो कुरा जतन गरेरै यिनीहरुले बिश्वलाई आकर्षित गरेका रहेछन्। तर ति मध्ये शिवका कुरा अलि घतलाग्दा थिए उनले भनेअनुराधा जी मैले २० वटा देशहरु घुमे। यि देशहरुमा सबैभन्दा उत्तम फ्रान्स लाग्यो। नेपाली साधारण कमाइको नेपालीलाई यहा घुम्नु गाह्रो कुरा हो। आज यति गौरवान्वित भएको महशुस भयो कि संसारका दामी चिजहरु नेपालीलेपनि देख्न छुन पाएं। प्रकाशित मिती: २०६२, असार ३२ (जुलाइ १४, २००६) 

तपाइँको प्रतिक्रिया