घुम्दै जाँदा भारतमा

मान बहादुर केसी (मुस्कान) 

man-bahadur-kc.jpg

घुम्दै जाँदा भारतमा नेपालीको दास भेटियो

आँशु, रगत, पसिनामा जिवनको ब्यथा लेखियो

कहिँ भेटें साथीहरु रात दिन पिउनेलाई

घर भुली आफ्नो एक्लो जिवन जिउनेलाई

कहिँ भेटें ठुला दाजु डण्डा थर्काउनेलाई

कहिँ भेटेँ साना भाई भाँडा खल्काउनेलाई

कहिँ भेटेँ दिदी बहिनी झाडु लगाउनेलाई

महिनाभरि काम गरेर तलब न पाउनेलाई

कहिँ भेटें मिठा कुरा गर्दै दुई हात जोड्नेलाई

आफ्नो स्वार्थ पुर गरि अलपत्र छोड्नेलाई

आफ्नोले आफ्नैलाई ठग्ने कस्तो कस्तो साथ भेटियो

आशुँ रगत पसिनामा जिवनको ब्यथा लेखियो

टिकापुर-७ कैलाली

हाल-वापी, गुजरात, भारत

(स्व. जनवादी कलाकार ध्रुब ज्ञवालीले गाएको डुल्दै हिँड्दा भारतमा भन्ने शिर्षकको लोकप्रिय गितको भाकामा लेखिएको छ यो गित-नेपालप्लस)

तपाइँको प्रतिक्रिया