आइफल टावरलाई साक्षी राखेर बुद्दको सन्देश

पर्यटकको भिडमभिड लाग्थ्यो सधैं पेरिसको थ्रोकादेरो भन्ने ठाउँमा । झट्ट देख्दा याद नहुने पहाडको थुम्कोबाट तल देखिने विश्व प्रसिद्द आइफल टावरलाई अँगालोमा राखेर, टाउकामा ठड्याएर, दायाँबायाँ टाँसेर जसरि खिचेपनि हुने तस्विर । यहाँ हजारौं हजार पर्यटकको भिड लाग्छ । तर हिजो अलि भिन्न थियो यो ठाउँको वातावरण । सयौं देशका पर्यटकको भिडमा थियो नेपालीको अर्को भिड । 

महिलाहरु सारीमा सजिएका । कोहि गुरुङ भेषमा । कोहि शेर्पा पहिरनमा । टाउकोमा हिमाल झैं ट्वाक्क ठडिएका नेपाली टोपी । कसैका शरिरमा नेपाली दौरा सुरुवालको पोशाक । विश्वमा कतै नमिल्ने अड्मिल्दो नेपाली झण्डा फहराइरहेको । बुद्द गजदम्म परेर बसेका मूर्तीका रुपमा । नेपालीको त्यो भिडले पार्नुसम्म छक्क पार्‍यो पर्यटकहरुलाई । गोरो छालाकी सानी नानि भदै थिइ “ओ ला ला, मामँ एस्क च्यु से तु से जँ केस्किल फों ला ? (आम्मामा, आमा यत्रा मान्छे भएर के गर्न लागेका हुन् यहाँ ?)”

२५५६ औं बुद्द जयन्ति । विश्वभरि अशान्ति मच्चिएका बेला शान्तिको खाँचो अझ बढि देखिन्छ । त्यसैले विश्वभरिका मान्छेको भिड लाग्ने यो ठाउँबाट बुद्दको सन्देश छरिदिए विश्वका धेरै मुलुकमा पुग्छ ।

(यी फुच्चे हातमा बुद्दको फोटो लिएर यता उति दगुरिरहेका भेटिए । कम्तिमा यी वाल मस्तिस्कमा बुद्द, नेपाल र नेपालीको चासो घुसाइदिए भोली फ्रान्सेली मनमा जरो गाडीदिने काम यीनैले गर्छन्)

विश्वमा मानवताको सन्देश र भावना फैलाउने बुद्द नेपालमा जन्मिए । तर अहिले खोटी मन्, आक्रमणकारी नीति, लुटेरा मानसिकता हुने भारतीय गिद्दे द्रिष्टिले बुद्दलाई जबर्जस्ति भारतको हो भन्दै भ्रम छर्ने काम गरिरहेको छ । सयौं देशका मान्छेहरुको बिचमा ‘बुद्द त नेपालमा जन्मेका हुन्, नेपाली हुन्’ भनेर तथ्य र प्रमाणका आधारमा फैलाइदिए संसारभरी पुग्छ । नेपाललाई अरु देशका पर्यटकलेपनि चिन्छन् । योपनि अवशरनै थियो ।

कुनै न कुनै रुप, बखेडा वा निहुँमा संयुक्त कार्यक्रम, एकै बोली, एउटै उद्देश्यमा मिल्न नसकेका पेरिसका छ वटा नेपाली संस्था नेपाली सांस्क्रितिक ग्रिह, नेपाली एकता समाज, तमु समाज फ्रान्स, पाकोफेन, एन आर एन फ्रान्स, एभरेस्ट नेपाल एशोसियसनले संयुक्त रुपमा आयोजना गरेका थिए यो कार्यक्रम । यो राम्रो पक्ष देखियो ।

तर यति धेरै नेपाली संस्था मिल्दापनि कार्यक्रममा नेपाललाई माया गर्ने, नेपाली भनेपछि हुरुक्क हुने, नेपाली कार्यक्रममा सदा उपस्थित हुने फ्रान्सेलीपनि देखिएनन् । यसले देखायो, आयोजकहरुले उति दुख गरेनन् । आ……… हामलाई मात्रै के खाँचो ? हाम्रो मात्रै कार्यक्रम भए पो दुख गर्नु ? अरुले गरे गर्छन् नत्र हाम्लेमात्रै के दुख गर्नु ? हामीलाई मात्रै जस आउने होइन के रे जति राम्रो भएपनि । यस्तै यस्तै केहि सोचेकैले त्यस्तो देखिएको हो । तरपनि हिजोको कार्यक्रम जसरि भयो, यो निकै प्रशंसनिय हो । अघिल्लो वर्ष नेपाली एकता समाजले यो कार्यक्रम गरेर राम्रो कामको शुरुवात गरेको रहेछ ।

गुरुङहरुको पोशाक । कति सुन्दर छ यो पहिरन । नेपालीका विविध खाले पहिरनमा कतै जाँदा बिदेशीहरु हाम्रो सम्पन्नता देखेर साँच्चै छक्क पर्छन् ।

छेउमा बुद्द । हातमा नेपाली झण्डा । शिरमा अर्को नेपाली पहिचान ढाकाको टोपी । यति सानैमा नेपाल, नेपाली संस्क्रिति, नेपालको पहिचान यो वाल मस्तिस्कमा घुसाइदिने हो भने यहि पिढीले भोलीको नेपाललाई चिनाउँदै हिँड्छ ।

गजधम्म बुद्द : कार्यक्रममा बुद्दको यो मूर्तीले निकै आकर्षण गरेको थियो ।

नेपाली महिलाहरु नेपली पोशाक र गरगहनामा सजिएका । कोहि पर्यटकलाई यहि गरगहननै अचम्म लाग्ने रहेछ, नियालिरहेका देखिन्थे ।

वाल र किशोरको आफ्नै ताल । नेपाली टोपी र टोपीरहित यीनको छुट्टै संसार थियो । फोटो सेसनमा खुब तानिँदै थिए यी ।

तपाइँको प्रतिक्रिया