फ्रान्सेली राष्ट्रपतीमा फँस्वा ओलँद

अन्तत फ्रान्सका लागि आज भएको निर्वाचनमा समाजवादी पार्टीका फंस्वा ओलँद बिजयी भएर दक्षिणपन्थी पार्टीको सन् १९९५ देखिको बर्चस्व तोडिदिएको छ । गत ३१ वर्षदेखि फ्रान्समा दक्षिणपन्थी पार्टीले नेत्रित्व गर्दै आएको थियो । समाजवादी पार्टीका तर्फबाट यस अघि फंस्वा मितेरँ राष्ट्रपती पदमा बिजयी भएका थिए । अहिले सम्मको मत अनुसार ५१ दशमलव ९ प्रतिशत ल्याएर उनी बिजयी भएका हुन् । फँस्वा ओलँदको ग्रिह जिल्ला ट्युलका जनता मध्ये ७५ दशमलव ७ प्रतिशतले ओलँदलाई मतदान गरे। यो फ्रान्समा भएको मतदानमा सबैभन्दा बढि समर्थन गरेको क्षेत्र हो । ओलँद बिजयी हुनासाथ राष्ट्रपती निकोला सार्कोजीले उनलाई टेलिफोन गरेर बधाइ र उनको कार्यकालकालागि शुभकामना दिएका छन् ।

आफ्नो ग्रिह जिल्लामा गिर्जाघरका अगाडि जमम भएका समर्थकहरुका अगाडि ओलँदेले फ्रान्सलाई पाँच वर्ष नेत्रित्व गरेकोमा धन्यावाद दिए । उनले आफूलाई मत नदिएपनि आफू सम्पूर्ण फ्रान्सेलीको राष्ट्रपती भएकोले सबै प्रति समान ब्यवहार गर्ने बताए । ‘फ्रान्स एउटा मात्र छ। यो देशमा जो सुकै होस् समान अधिकार, समान अवशर, समान न्याय र समान दायित्वको सहभागि हुनुपर्छ” उनले भने । नयाँ पिँढी र युवाहरुका लागि नयाँ आशा र भरोसा दिनु पर्ने बताए । सबै मौका, सबै अवशर, सबै जिम्मेवारीको फ्रान्सेलीहरु भागेदार रहनेमा उनले आश्वस्त पार्न खोजे ।

ओलँद बिजयी हुनासाथ उनका समर्थक र पार्टीका सदस्य एबं समाजवादी पक्षका नागरिक सडकमा ओर्लेर बिजयोत्सव मनाइरहेका छन् । आइफल टावर, थ्रोकादेरो, बास्तिइ, प्लास दला रेपुब्लिक, ला देफँस, संजलिजे लगायतका प्रसिद्द ठाउँहरुमा हजारौंको भिड लागेको छ । कतिपय ठाउँमा सडक अवरुद्द भएकाले यातायात जाममा परेका छन् । हात हातमा बाजागाजा लिएर मानिसहरु गाउँदै बजाउँदै हिँडिरहेका छन् । सरकारले सर्वसाधारणको भिडलाई मध्यनजर गरेर सुरक्षा ब्यवस्था कडा पारेको छ ।

धनीहरुका पक्षमा रहेका निकोला सार्कोजीले हारेपछि ब्यापारीहरुले फ्रान्समा लगानी कम गर्ने छन् भनेर आशंका गर्नेहरुपनि छन् । उता ओलँदले जितेपछि रोजगार स्रिजना हुने, सामाजिक सेवा र सुबिधा, तालिम, सामाजिक सहुलियत ब्रिद्दी हुने आशा गरिएको छ । निकोला सार्कोजीको नीति बिदेशीको पिछलग्गु हुने रहेको भन्ने आलोचना हुँदै आएकोमा अब ओलँदेले त्यसलाई कम गर्ने दाबी गरिएको छ ।

सार्कोलीले केहिबेर अघि पेरिसको ला मुचुआलिते भने ठाउँमा गएर आफ्ना समर्थकका अगाडि फ्रान्सेलीबिचको मित्रता कायम गर्न र ओलँदलाई सहयोग गर्न आग्रह गरे । आफू बिजयी भएको पहिलो सेकेन्डदेखि अन्तिम सेकेण्डसम्म आफूले फ्रान्स, फ्रान्सको सम्ब्रिद्दी, विकास, फ्रान्सेली जनताको हितकालागि काम गरेपनि बिरोधी र प्रतिपक्षीबाट धेरै आलोचना खपेको बताए । तर फ्रान्सको भविष्यकालागि सबै फ्रान्सेली जनताले सहयोग गर्नु पर्ने भन्दै उनका आफ्ना समर्थकहरुलाई ओलँदलाई सहयोग गर्न आग्रह गरे । राष्ट्रपती निर्वाचनमा हार खाएमा आफूले राजनितिबाट सन्यास लिने बताएका थिए सार्कोजीले । 

ओलँदको बिजयी र निकोला सार्कोजीको हार पछि अब संयुक्त यूरोपको भविष्य के हुने ? कसरि अघि बढ्ला भन्ने विषयमापनि केहिले गम्भिर चिन्ता ब्यक्त गरेका छन् । तर समाजवादी पार्टी पक्षधरले भने एकिक्रित यूरोपको भविष्य अझ उज्जल हुने दाबी गरेका छन् ।

तपाइँको प्रतिक्रिया