कविता : नामहरु
• रन्जु ‘मार्ग ‘
क देखि ज्ञ सम्म
A देखि Z सम्म
खोजि जारि छ !
*
टिलपिल -टिलपिल
आँखामा छचल्किएका ति आँसुहरु
आँखैमा सुकाउँदै
मिलनको आशामा गुलाबी मन जोड्दै
पाइला -पाइलामा
अदृश्य दीप प्रज्वलित गर्दै
चरा -आकास
धर्ति-पाताल
कीट-पतिंगर
रुख -बिरुवा
हावापानी- झरना नदीहरु सबै सबै बगिरहेछन्
आफ्नो गतिमा ,
***
बालक -युवाहरु
आमा -बुबाहरु
पत्नी -पतिहरु
तस्बिर -छाती छातीमा टाँस्दै
भित्ता भित्तामा कोर्दै
किनार किनारमा खोतल्दै
खोजिरहेछन हराएका आफन्तहरु !!!





