थर आरोहीको, परिचय धावकको

फ्रान्सको फँसकँते क्षेत्रको ब्लेँसोँ सहरमा साङ्गे शेर्पा, ३१, लाई नचिन्ने फ्रान्सेलीहरू कमै छन्। झन् स्वास्थ्य र शारीरकि विकाससम्बन्धी पत्रपत्रिका र खेलकुदसम्बन्धी संघसंस्थामाझ त उनी चर्चाको शिखरमै छन्। हिमाल आरोहणमा नाम कमाएका शेर्पा समुदायका यिनले प|mान्समा भने दौडमा नाम कमाएका छन्। म्याराथनमा लगातार तीनपटकसम्म अग्रस्थान ओगट्न सफल भएपछि यिनको चर्चा चुलिएको हो। जस्तो ः १९ चैतमा पाँच सय धावकले भाग लिएको ३४.४ किलोमिटरको दौडमा उनी सबैलाई उछिनेर प्रथम भए। त्यसअघि ४ चैतमा चार सय प्रतियोगीले भाग लिएको ५४ किलोमिटरको दौडमा उनी दोस्रो भए। त्यसैगरी, अर्को २२ किलोमिटर लामो दौडमा पनि उनी दोस्रो बनेपछि त प|mान्सेलीहरूले जिब्रै टोके। दौडका एक सहभागीले ‘यो नेपाली केटोसित त नसकिने भो’ सम्म भन्न भ्याएछन्।

ताप्लेजुङको दुई हजार मिटर उचाइमा जन्मेका शेर्पा सुरुमा ट्रेकिङ् भरयिाका रूपमा काम गर्थे। अनुभव सँगाल्दै जाँदा उनी पर्यटकका गाइड बने। गाइडका रूपमा फ्रान्सेलीहरूसित हिमचिम हुँदै जाँदा उनलाई फ्रान्सेली भाषा र संस्कृतिले लोभ्यायो। आफूले बाटो देखाएका र भारी बोकिदिएका तिनै दयालु प|mान्सेलीका साथ र सहयोगले उनी यता आए, प|mान्सेली भाषा र संस्कृति पढ्न। ब्लँेसोँ सहरमा फ्रान्सेली भाषा पढिरहेका शेर्पाको त्यही सहरमा पढ्ने एक स्थानीय युवतीसँग निकटता बढ्यो। सानिध्यता झाँगिदै जाँदा उनीहरू वैवाहिक बन्धनमै बाँधिए। त्यसैले उनको स्थायी बसोवास फ्रान्समा नै भयो। 

गह्रु्रंगा भारी बोकेर हिमाली पखेरा छिचोल्दै ठमठम हिँडेका उनी यता आएपछि हिमालको नाता र पहाडका उकाली-ओरालीबाट टाढिए। उनलाई त्यसको अभाव कता-कता भइराख्यो। त्यसैले शरीर तन्दुरुस्त राख्न र हिमालमा दौडेको स्वाद मेटाउन हप्तैपिच्छे फ्रान्सेली थुम्कावरपर दगुर्न थाले। उनको यही सोख पछि गएर पेसेवर धावकका रूपमा रूपान्तरण हुन थाल्यो। 

दुई वर्षजति नियमित दगुर्न थालेपछि उनलाई पत्नी लोरेन्सले हौस्याइन् र प्रतियोगितामै भाग लिन जोस्याइन्। स्थानीय क्लबमा गएर उनले नाम लेखाए। नभन्दै फँसकँते क्षेत्रको प्रतियोगितामा भाग लिएर उनले दौड जिते। आफ्ना अनुभव सुनाउँदै शेर्पा भन्छन्, “हामी नेपाली दौडन सिपालु छौँ।” 

फ्रान्सेलीहरू नाम कमाउन, पैसा कमाउन वा व्यायामका लागि म्याराथन गर्छन्। तर, साङ्गेको उद्देश्य भने भिन्न छ। शारीरकि तन्दुरुस्तीका लागि त छँदै छ, त्यसभन्दा बढी आफ्नो देश र नेपालीको नाम राख्न चाहन्छन्, उनी। भन्छन्, “म मेरो देशभन्दा धेरै टाढा छु। देशका लागि धेरै योगदान दिन पनि सक्दिनँ। मेरो कामले नेपालीलाई त्यत्रो दिन्छ नै पो के र ! तैपनि, सानै होस्, म मेरो देश र नेपालीको नाम राख्न केही गरेर देखाउन चाहन्छु। त्यसैले पनि दौडन जाँगर चल्छ।”

त्यसो त, शेर्पाले काठमाडौँमै बसेर करबि चार वर्ष नेपाली थाङ्का पेन्टिङ् पनि नगरेका होइनन्। थाङ्कालाई पेसाकै रूपमा अँगाल्न सकिन्छ कि भनेर उनले निकै कोसिस पनि गरे। त्यसका लागि उनले प|mान्समा नेपाली थाङ्का चिनाउन प्रदर्शनी नै गरे। तर, थाङ्का पेन्टिङ्ले जीवन धान्न मुस्किल देखिएपछि उनले त्यसलाई पेसाका रूपमा अपनाउन सकेनन्। त्यसैले थाङ्का पेन्टिङ न पेसा बन्न सक्यो, न त सोख नै। बरू म्याराथनमै उनको सोख बढ्दो छ। भन्छन्, “दौडेर गुजारा गरएिला भन्ने लागेको छ।” 

पहिलो दौड जितेपछि त उनमा झन् रस पस्दै गयो। लोभ जाग्दै गयो। हप्तामा चार दिन दुई घन्टाका दरले नियमित दौडिन थाले। उनलाई यस क्षेत्रको दौड प्रतियोगिता किन पनि मन पर्छ भने यहाँ हिमालका उकाली-ओराली र जंगलबीच प्रतियोगिता राखिन्छ, जसले उनलाई नेपालको सम्झना गराउँछ। युरोपकै सबैभन्दा अग्लो माउन्ट ब्लँ हिमाल आसपास हुने दौडमा धेरै धावकको आकर्षण हुने गर्छ। युरोपभरकिा खेलाडी आउने हुनाले आफ्नो र देशको प्रचारप्रसार पनि उत्तिकै हुन्छ। त्यति मात्र होइन, प्रतियोगितामा सहभागी हुँदा फ्रान्सेली र अरू युरोपेलीबीच आफू र आफ्नो देशको प्रचार पनि हुन्छ। जित्नेको त झन् चारैतिर प्रशंसै प्रशंसा हुन्छ। “एक-दुईपटक जितेपछि त लोभ पो लाग्ने रहेछ,” शेर्पा भन्छन्। 

सोखका रूपमा दौडन थालेका साङ्गेले प्रतिस्पर्धामा भाग लिन थालेपछि कहिल्यै पछाडि र्फकनुपरेको छैन। यस वर्ष पनि सातवटा प्रतियोगितामा छनोट भइसकेका छन् उनी। एकाध वर्षमै तीन महत्त्वपूर्ण प्रतियोगिता जित्न सफल उनको प्रसिद्धि यति चुलिएको छ कि उनलाई केही समयदेखि विश्वप्रसिद्ध खेल सामग्री र पोसाक निर्माता कम्पनी एडिडासले समेत सहयोग र समर्थन गररिहेको छ। त्यसैगरी, उनी स्वास्थ्य, खेलकुद, हिमाल आरोहणलगायत फँसकँते क्षेत्रका अन्य सञ्चारमाध्यममा लगातार समाचारका पात्र बनिरहेका छन्। उनी चर्चामा आउनुका कारण यस क्षेत्रका प|mान्सेलीबीच नेपाल, हिमाल, नेपाली र शेर्पाप्रतिको आकर्षण पनि हो। “नेपाली, शेर्पा र हिमालय पर्वत भनेपछि हामीलाई एकदम माया गर्छन् यताका प|mान्सेली,” शेर्पा भन्छन्। 

त्यसो त बलेको आगो ताप्नेहरू कहाँ पो हुँदैनन् र ? सुरुसुरुमा उनी कतै दौडमा जाँदा एक्लै पर्थे। उनलाई साथी बनाउन पनि हम्मेहम्मे पथ्र्यो। त्यस क्षेत्रमा नेपालीहरू छँदै थिएनन् भने पनि हुन्छ। भएका दुई जना नेपालीसित पनि उनको भेट हुँदैनथ्यो। दौडमा जाने प|mान्सेलीहरू पनि आफ्नै साथीहरूसित रमाउँथे। एक्लो पर्थे साङ्गे। तर, जब उनको प्रसिद्धि उकालो लाग्दै गयो, तब फ्रान्सेली धावकहरू पनि उनलाई साथी बनाउन मरहित्ते गर्न थाले। “पहिले उति वास्ता गर्दैनथे। मैले दौड जित्दै गएपछि साथी बनाउन थाले,” उनको अनुभव छ। 

म्याराथन आयोजना हुनासाथ स्थानीय मिडियामा त्यस क्षेत्रमा सम्भावित खेलाडीहरू कोको छन् भन्ने चर्चा चल्न थाल्छ। यसपटकको म्याराथन कसले जित्ला ? त्यसमा साङ्गे शेर्पाको नाम माथिल्लो श्रेणीमै पर्छ अहिले। प|mान्सेली प्रतियोगितामा लगातार स्थान ओगट्न सफल उनी अन्तर्राष्ट्रिय म्याराथन जितेर देशको इज्जत राख्ने योजनामा छन्। त्यसैका लागि उनी मरमिेटिरहेका छन्। उनलाई आफ्ना खेलाडी मित्र र स्थानीय क्लबहरूले पनि त्यही सुझाव दिइरहेका छन्। खेलसम्बन्धी ठूला विज्ञापन संस्था र पत्रपत्रिकाले पनि साङ्गे अन्तर्राष्ट्रिय स्तरका खेलाडी बन्न सक्ने भनेर ढाडस दिइरहेका छन्। त्यसका लागि उनी नियमित अभ्यास गर्छन्। तर, यसमा दत्तचित्त हुँदा परविारलाई समय दिन नसकेकामा भने उनी दुखेसो पोख्छन्। भन्छन्, “जिउनका लागि काम गर्नैपर्‍यो। बाँकी समय यसैमा लगाउँदा परविारलाई समय दिन पाएको छैन। तर, परविार बुझक्की भइदिएकाले अन्तर्राष्ट्रिय प्रतियोगिता जितौँला भनेर कस्सिएको छु।”

कान्तिपुर दैनिकको नेपाल साप्ताहिक म्यागेजिनमा आ इतवार  नेपाली शेर्पा धावकको फ्रान्समा प्रसिद्दीबारे प्रकाशित मेरो लेख ।

अंक: 493 | २०६९ वैशाख १७ | Apr 29, 2012

अथवा यो लिंकमा गएरपनि हेर्न सकिन्छ । http://www.ekantipur.com/nepal/article/?id=3696

तपाइँको प्रतिक्रिया