दुलापसे दूतावास

ददिराम सापकोटा स्वदेशमा राजावादीहरुको भागाभाग चलिरहेका बेला विदेशमा नेपालको कूटनीति ज्ञका रुपमा काम गर्न पुगेकाहरु कसरी बसेका होलान् अधिकांशलाई लाग्न सक्छ प्रजातान्त्रिक मुलुकमा कूटनीतिज्ञहरु सम्मानका साथ बसेका होलान् तर विदेशमा बसेर नेपालको प्रबद्र्धन गर्नुपर्ने राजदूत राजदूतावासहरु नै यतिखेर दुला पसेका छन् एकतन्त्रीय शासनलाई सहयोग गर्न भनेर आएका अधिकांश राजदूतहरुले विदेशमा रहेका नेपालीहरु फुटाउने सरकारी धनमा रजाइँ गरेर जथाभावी पैसा खर्च गर्ने महँगा गाडी खरिद गर्ने लाखौं खर्च गरेर आफू बस्ने घरहरु सिँगार्ने आफ्ना नातागोताहरु दूतावासका कोटामा भर्ती गर्ने नेपाली संस्कृतिलाई प्रचारप्रसार गर्नुको साटो झन् मास्ने कामबाहेक केही गरेनन्  

नेपाली राजदूतावास भनेको नेपालको सरकारको सम्पुर्ण प्रतिनिधित्व गर्ने थलो हो दशैंतिहार नयाँ वर्षलगायत राष्ट्रिय पर्वहरुमा नेपालीहरुलाई बोलाएर जमघट गर्ने नेपाली नेपालीहरुबीचमा एकता सौहादर्रताको सम्बन्ध राख्ने लामो परम्परालाई विगत दुई वर्षदेखि राजाको प्रत्यक्ष शासनपश्चात् आएका राजदूतहरुले तोड्ने काम गरे सरकारी सम्पत्तिको धुवाँ उडाएर तास खेल्ने गल्फ कोर्शतिर दौडिने मण्डलेहरुलाई अगाडिपछाडि लगाएर हिँड्दैमा राजदूतहरुको दिनचर्या बित्यो  

फ्रान्सस्थित नेपाली दूतावासका पूर्व कर्मचारी हरिहर अर्याल यूरोपमा बसेका ९५ प्रतिशत नेपालीहरु राजाका विरुद्ध हुनु प्रजातान्त्रिक मुलुकका सरकारले राजाको एकतन्त्रीय शासनको शिरोपर गर्न आएका कूटनीतिज्ञहरुलाई कूटनीतिज्ञका रुपमा व्यवहार नगर्नाले पनि ती बेकम्मा सावित भएका थिए फ्रान्समा प्रज्वलसमशेर राजदूत भएर आएदेखि भाँडभैलो बाहेक केही भएन अर्यालले भनेयूरोपेली सरकारले राजाका दूतहरुलाई राजदूतका रुपमा स्वीकार नै गरेनन्  

कतिसम्म भने फ्रान्समा राणा राजदूत भएर आउनुअगाडिसम्म कमसेकम यहाँका नेपाली कार्यक्रमहरुमा दूतावासका अन्य कर्मचारीहरुले भाग लिन्थे तर उनी आएपछि यहाँबाट नेपालमा उच्च प्रविधि व्यापार पर्यटन शिक्षा संस्कृति कला कौशलको प्रर्बद्धन गर्न परै जाओस् नेपाली कार्यक्रमहरुमा आमन्त्रण गर्दासमेत सहभागी भएनन् विगत दुई वर्षदेखि हरेक वर्ष नेपालीहरुलाई बोलाएर दशैंतिहारजस्ता चाडबाडमा गरिने जमघट मेलमिलाप तथा भाइचारा अभिबृद्धिको कार्यक्रमसमेत रोकिएको थियो अर्यालले भनेुदूतावास भनेको पराई मुलुकमा बसेका नेपालीहरुको माइतीघरजस्तो हो तर गएको दुई वर्षदेखि दूतावासको ढोका बन्दजस्तै रह्यो  

त्यसो अधिकांश नेपाली मुलुकका कन्सुलर दूतावासहरुको अवस्था प्रुान्सको भन्दा भिन्न छैन पोर्चुगलमा डा। मारिया त्रेसा कन्सुलेटका रुपमा कार्यरत छिन् तर त्यहाँ पनि उनको भूमिका शून्य प्रायः नै पोर्चुगलमा रहेका नेपाली पत्रकार केजिन राईका अनुसार त्यहाँ हरेक दिन नेपालीहरुको संख्या थपिँदो नेपालीहरु वर्क परमिट भीसा राहदानी भाषा कानूनी प्रावधान लगायतका विविध समस्या खेपिरहेका छन् तर कन्सुलेटलाई भने ती कुरामा कुनै चासो छैन यस्ता समस्या उनले देखे पनि नदेखेजस्तै गर्छिन् पत्रकार राई भन्छन्यहाँका नेपालीहरुले कानूनी कुरा नबुझेर थुप्रै समस्या पाइरहेका हुन्छन् यस्ता साधारण समस्याहरु कन्सुलेटले सजिलै समाधान गरिदिनु पर्ने हो तर उनी आफ्नै व्यापारमा व्यस्त छिन् कसले सहयोग दिने  

उता स्वीडेनको स्टकहोममा रहेको नेपालको कन्सुलरको अवस्था पनि उस्तै राजावादीहरुको सहयोगमा नियुक्त हुन पाएका स्टकहोमका कन्सुलेट एरिक बेरगास्थानले पनि नेपाल नेपालीहरुको हितको लागि कुनै काम गरेको देखिँदैन नेपाली झण्डा हल्लाएर कूटनीतिज्ञको हैसियतमा गाडीमा शयर गर्नुबाहेक उनको कुनै उल्लेख्य योगदान नेपालका लागि रहेको छैन स्टकहोमस्थित स्टकहोम विश्वविद्यालयको कानूनी अनुसन्धान विभागमा कार्यरत डा। कटक मल्ल्ले इमेलमार्फत् जनआस्थालाई भनेयहाँका नागरिकहरुको धारणा नेपालप्रति सकारात्मक तर यहाँका कन्सुलेटको नेपालप्रति कुनै भूमिका छैन  

उता जर्मनी बेल्जियमका राजदूतहरुको अवस्था पनि योभन्दा भिन्न थिएन यूरोपका हरेकजसो मुलुकमा राजाको हुकुमी तन्त्रका विरुद्ध नेपालीहरुले सांगठानिक रुपमा विरोध जनाउन थालेपछि ती दुला पस्न थालेका थिए बेल्जियम निवासी म्याग्दीका एकेन्द्र श्रेष्ठका अनुसार बेल्जियममा नेपाली सांस्कृतिक कार्यक्रम हँदा दूतावासबाट कोही कोहीको सहभागिता रहने गथ्र्यो तर बिस्तारैबिस्तारै प्रजातन्त्र भन्ने शब्द जोडिएर कुनै पनि कार्यक्रम हुनासाथ दूतावासबाट कोही पनि सहभागी बन्न आउँदैनथे नेपालमा आन्दोलन चकर्दै जान थालेपछि दूतावासका कर्मचारी झन्झन् हारेको मनस्थितिमा पुगेको देखियो फ्रान्सस्थित नेपाली दूतावासले स्पेन इटालीलाई समेत आफ्नो कार्यक्षेत्रमा राखेको पेरिसमा प्रज्वलसमशेर राजदूत भएर आएपछि स्पेन आजसम्म नपुगेको इटालीमा भने एक पटकमात्र पुगेका थिए राजदूत राणाले हप्ताका सातै दिन गल्फ खेलेर बिताए उनले नेपाल फर्कन ४५ दिनको म्याद पाएका छन्  

राजदूत राणा भाग्न सक्ने  

केही हप्ता अगाडिसम्म वर्तमान राजालाई सिहासनमा बसाउने मै हँ भन्दै धक्कु लगाउने फ्रान्सका राजदूत प्रज्वलसमशेर राणा यूरोपबाटै बेपत्ता हुने संभावना राणाका पेरिसस्थित आसेपासेहरुले राजदूत राणा यहाँबाट लण्डन सवारी होइबक्सी उतै बसिबक्सने कथंकदाचित लण्डनमा नमिले राजदूत साब भारततिर गइबक्सन्छ भनेर हल्ला चलाएका छन् एक हप्ता अघिमात्र राजदूत राणा लण्डन पुगेका थिए परराष्ट्र मन्त्रालयले राजदूत राणालाई पेरिसस्थित दूतावासमा सोमबार नै पत्र पठाई नेपाल फिर्ता आउनु भनेको मन्त्रिपरिषद्को बैठकले नेपाल फर्कन ४५ दिनको समय दिएकोले नेपाल नफर्की राजदूत यताबाट अन्तै लागे भने त्यसको दोष सरकारले नै लिनुपर्छ भन्दै सरकारी निर्णयको आलोचना गरेका छन्  

साभार: जनआस्था , बैशाख २७ , २०६३

तपाइँको प्रतिक्रिया