पक्राउ नपर्दै बच्न धमलाको कत्रो रैछ दौडधुप
ऋषी धमला बुधबार पक्राउ परे । तर अपराधमा संलग्न उनका तिन सहयोगी भने आइतबारनै पक्राउ परेका थिए । उनीहरु अनामनगरमा गएर ब्यापारीलाई भेटेर फिरौती लिन सुरसार गर्दै रहँदा ऋषी धमलापनि उनीहरुभन्दा धेरै टाढा रहेनछन । उनी अनामनगरमै रहेको देशान्तर साप्ताहिकको कार्यालयमा रहेछन पैसा आउला र लिउँला भन्दै सायद मुख मिठ्याएर बसेका थिए । प्रहरीले पैसा लिनु अघिनै धमलाका सहयोगी तिनै जनालाई पक्राउ गर्यो । अनि तुरुन्तै थाह पायो उनीहरुबाट कि धमला त्यहिँ नजिकै देशान्तरको कार्यालयमा छन भनेर । प्रहरी उनलाईपनि त्यसै दिन झ्याइँकुटी पार्न भनेर देशान्तरको कार्यालय पुग्नासाथ धमलाले थाह पाएछन र उनी देशान्तर कार्यालयको भान्साकोठाको पछिल्लो ढोकाबाट भागेछन ।
त्यहाँबाट फुत्किएका धमला सिधै प्रहरी महानिरिक्षक हेमबहादुर गुरुङको निवास पुगेछन । त्यहाँ गएर उनले गुरुङलाई आफ्ना तिन सहयोगीलाई तुरुन्त छाड्न भने । यदि तुरुन्त तिनलाई नछाडे ठुलो मूल्य चुकाउनुपर्ने चेतावनी दिए । अहिलेनै मेडिया क्षेत्रले सरकार र सुरक्षा क्षेत्रको चर्को बिरोध गरिसकेको छ । झन अझै ति पत्रकार (ति तिन अपराधीलाई उनले पत्रकारको रुपमा प्रस्तुत गरे। जो संग पत्रकारको कार्ड त थियो नै र रिपोर्टिङ पनि गर्थे) लाई नछोडे त्यसको चर्को बिरोध सामना गर्नुपर्ने भन्दै धम्क्याए ।
प्रहरी महानिरिक्षककै क्वाटरबाट उनले महानगरीय प्रहरी आयुक्त रमेश श्रेष्ठलाई फोन गर्न भ्याएछन । श्रेष्ठलाईपनि उनले त्यहि कुरा दोहोर्याउँदै धम्की दिन खोजे । उनले श्रेष्ठलाई पटक पटक फोन गर्दै त्यहि कुरा दोहोर्याइरहे । बिभिन्न फिरौती रकम उठाउने, बम बिष्फोटलगायतका अपराधिक गतिबिधीमा संलग्न भएको आरोपमा धमलालाई काठमाडौं प्रहरी प्रमुख नवराज सिलवालले पक्राउ गर्न खोजिरहेको श्रेष्ठलाई जानकारि रहेछ । आफ्ना तिन सहयोगीलाई छोडिदिन भनेकाले त्यसपछि रमेश श्रेष्ठले आफुले त्यसरि छोद्न नसक्ने जवाफ दिँदै धमलालाई काठमाडौ हनुमान ढोका प्रहरी कार्यालयका एसपीसमक्ष सम्पर्क राख्न भने । बरु सिलवालले धमलालाई आवश्यक पर्दा तपाईको उपस्थिती हामीलाई जरुरी हुन्छ भन्ने जवाफ दिएका रहेछन । यहिँनिर धमला भाग्न सक्छन भन्ने आशंकाले प्रहरीले धमलालाई गोप्य धरापमा पारिसकेको रहेछ । तपाईलाईपनि झोसेका छन तिनले भनेमा धमला फरार हुनसक्छन भन्ने आशंकाले होला ।
प्रहरीले यति भन्दा केहिपनि नबुझ्ने के धमला लाटो थियो त ? उनलेपनि केहि गन्ध पाए । उनले राजनितिक समर्थन बटुल्ने र राजनितिक दबाब दिन थाले । त्यो कुरा प्रहरीलेपनि बुझ्यो र धमलाले राजनितिक दबाबलाई उच्च पार्नु अघिनै प्रहरीले झ्याइँकुटी पार्यो । नभन्दै उनले राजनितिक दबाबलाई तिब्र पार्ने रहेनछन् त ? नेपाली कांग्रेसका सभापती गिरिजाप्रसाद कोइरालालेनै अहिले धमलाको पक्राउको बिरुद्द भुकिरहेका छन ।




