कविता : प्रवृति
देखेको थें, ठूलो ढुङ्गा
कंक्रिड बन्दै रहेछ
परस्पर फूल,पात र काँडा
नजर जुध्दो रहेछ
पग्लँदैथे युगल जोडी
प्रेम त बग्दो रहेछ
…………………………………
(हेराइको एक अन्तरालपछी)
…………………………………
सुन्दर लाग्यो, आफूभन्दा फरक आकृती
यसैले कि
त्यो त ‘मान्छे जस्तो छँदै थिएन’ ।।





