भेडा रैछन् कि क्या हो फ्रान्सेली जनता’नी !

हाम्र नेता गणेशमान सिंले ‘कठमाडौंका जनता भेडा हुन्’ भन्थे । उतिबेला धेरैले आलोचना गरे उनको ‘हाम्लाई भेडा भन्ने?’ भन्दै । नानीमैयाँ दहाल जस्तालाई सांसदमा जिताएपछि बुढा गणेशमानले सायद त्यसो भनेका होलान् । तर यो फ्रान्स विश्वकै प्राजातान्तिक मुलुक मध्ये एक मानिने । नेपालमा फ्रान्सेली मोडेलको राज्य ब्यवस्था भनेर झन चर्चा छ । तर यहि मुलुकका शिक्षित, जाने बुझेका, गम्भिर भनिने नागरिक पनि भेडै रैछन् कि क्या हो ? हिजो भएको पहिलो चरणको राष्ट्रपतिय निर्वाचनमा एक्कासि पानी पर्दा एकै ठाउँमा भेंडा खाँदिएझैं मतदान गर्न ओईरिएर फ्रान्सेलीले भेडा बाख्राको पारा देखाए ।

अघिल्ला निर्वाचनहरुमा अधिकांश मत १२ बजेसम्मै झर्थ्यो । हिजो त जम्मा २८ प्रतिशतले मात्रै मतदान गरे । जनतालाई मतलव रैनछ यो निर्वाचनमा । देशलाई पाँच वर्ष नेत्रित्व गर्ने जो सुकै होस् भन्ने रैछ । जनताको मत जित्ने, चासो भएको नेतो ए उटै रैनछ । जनता प्रजातान्त्रिक ब्यवस्था देखेरपनि वाक्कै भएछन् कि क्या हो ? भनियो । निराशाजनक मतदान भनेर देश र बिदेशका मेडियाले फुकेको फुक्यै गरे । तर त्यसपछि त फ्रान्सेलीहरु भेडा जसरि खाँदिएर गएछन् मतदान गर्न । टिप्पणीकर्ताहरुले १२ बजेसम्मको मतदान निराशाजनक भएको भनेर ब्यापक रुपमा प्रचार गरेपछि फ्रान्सेलीहरु मतदानमा ओर्लेको बताएका छन् । जे होस् साँझ त ८० प्रतिशतले मतदान गरेको देखियो ।

मैदानमा रहेका १० उमेदवार मध्ये बलिया समाजवादी पार्टीका फँस्वा होलँदेनै देखिए । त्यसपछि अहिलेका राष्ट्रपती निकोला सार्कोजी । नाटकिय रुपमा अगाडि आइन यो पटक मारिन ल पेन । उनको पार्टी रंगभेडी र बिदेशी खेद अभियानका रुपमा चिनिन्छ । केहि फ्रान्सेलीका आँखामा राष्ट्रवादी पार्टीका रुपमापनि चिनिन्छ । उनले अचम्मैसित १९ प्रतिशत मत ल्याइन ।  खसेको कुल ७०.५९ मतमा ओलँदले २८.६३ प्रतिशत मत पाएका छन् । सार्कोजीले २७.०८ प्रतिशत । अर्को चरणको चुनाव ६ मे मा हुनेछ । 

अब दोस्रो चरणको राष्ट्रपतिय निर्वाचनमा मारिन ल पेनको मतले ठूलो भूमिका खेल्ने छ । किनभने विश्लेषकहरुका अनुसार उनको मत ६० प्रतिशत दक्षिणपन्थी पार्टेका सार्कोजीलाई जाने छ । बाँकि ४० प्रतिशत समाजवादी पार्टीका ओलँदलाई । त्यसैगरि फंस्वा बेरुले ल्याएको ८ प्रतिशत मत मध्ये आधा सार्कोजी र आधा ओलँदलाई जाने छ । त्यसैगरि वामपन्थी गठबन्दनको मत त सबैनै ओलँदलाई जाने हो । अब मारिन लपेन र बेरुको मतले ठूलो भूमिका खेल्ने छ । लपेनले सार्कोजीलाई मतदान गर्न आव्हान गर्ने संभावना छ । बेरुको यसै भन्न नसकिएपनि उनको धेरै मत सार्कोजीलाई जाने छ ।

वामपन्थी गठबन्दन पक्षहरुभने सार्कोजी बिरुद्द कडा रुपमा प्रस्तुत भएका छन् । उनीहरुले अतिवाती सार्कोजी, रंगभेदी सार्कोजी, बिदेशी बिरोधी सार्कोजी, मानवताबिरोधी सार्कोजी, बिदेशीको पुच्छर सार्कोजी बिरुद्द कडा रुपमा प्रस्तुत होउँ । उनलाई कुनै हालतमा फ्रान्सको नेता बनाउनुहुन्न भन्दै आक्रमण गरेका छन् । तर वामपन्थी गठबन्दन् भनिएपनि तिनको मत निर्णायक हुने अवस्था छैन । अहिलेको निर्वाचन हेर्दा दोस्रो चरणमा ठूलो टक्कर पर्ने संकेत छ । तर अब झिसा मसिना पार्टीका मत कसले तान्न सक्छ ? को कडा रुपमा प्रस्तुत हुन सक्छ । कसले साना पार्टीका नेतालाई तान्न सक्छ ? मेरो सरकारमा फलानो मन्त्री दिउँला भन्दै लेनदेन गर्न सक्छ । बाहिर नदेखिएपनि पैसोको खेलपनि अवश्यै हुने छ । यसैले महत्वपूर्ण भूमिका खेल्ने छ ।

तपाइँको प्रतिक्रिया