सेल्टरको खोजीमा
● रञ्जु आचार्य
भययुक्त प्रारम्भ
अभिस्ट आशंकाको हुरीले
चक्रवात बर्षा गराईरहेछ
त्यो अकल्पित त्रासको !
*****************
निर्लज्ज सर्पदंशा
उदांगिएको परिबेश
निमेष तिर्खाको हुण्डरी भंगालिदै
चकमन्न गुफाभित्र उदण्ड ताण्डब मच्चाइरहेछ्,
आँखा तिर्मिर- तिर्मिर
सपना जस्तो तर यथार्थ -क्रुर नियति
प्रवेश गर्दैछ धर्तिको कुमरीत्त्यो भत्काउन !
*****************
अनेक प्रयास
अनेक संघर्ष
यता – उता
तल – माथि
रोदन – क्रन्दन
गुहार – उफ !
त्यो कोलाहल कोशी उर्लिए जस्तो
उद्दारको लागि
सुरक्षाको लागि
बासको लागि
सेल्टरको खोजीमा हिडेका मानबहरुको भयभित दृश्यहरु !!!





