हुँदै नभएको पार्टीको तुल देखाउँदै बिदेशी सडकमा नेपाली
अहिले नेपालमा नेकपा (माओवादी) भन्ने कुनै पार्टी छ ? छैन । अनि प्रचण्डपथ नी ? त्यो पनि छैन । अनि स्विजरल्याण्डमा बसेका नेपालीले हेर्नुस त त्यो हुँदै नभएको पार्टीको बडेमानको तुल देखाउँदै सडक सडकै हिँडेका । के भन्नु हुन्छ यस्ता नेपालीलाई तपाईहरु ? नेकपा (माओवादी ) र नेकपा (एकताकेन्द्र मसाल) बिच पार्टी एकिकरण भएको कति भयो ? महिनादिन भएन ? ति दुई बिच एकता भएर एकिक्रित नेपाल कम्युनिष्ट पार्टी माओवादी भएको होइन ? अनि अहिलेकालागि प्रचण्डपथलाई थाँती राखिएको होइन ? तर हेर्नुस त स्विजरल्याण्डका नेपालीको हालत ! उनीहरुले नेपालमा हुँदै नभएको पार्टी नेकपा (माओवादी) र हुँदै नभएको प्रचण्डपथ लेखेको तुल बोकेर प्रदर्शनमा निस्किएछन गत शनिबार । अनि सोचे के होलान नेपालको राजनितिक घटना बुझेका बिदेशीले यो देखेर ? त्यो तुल त एकदम आकर्षण र जिज्ञासाको केन्द्रबिन्दू भएछ !
स्विजरल्याण्डको डाभोस शहरमा २८ फर्वरी देखि २८ जनवरीदेखि १ फर्वरीसम्म विश्व आर्थिक मञ्चको वार्षिक बैठक रहेछ । त्यो बैठकमा भाग लिन आउनेहरुका बिरुद्द प्रदर्शन गरिएको रहेछ “तिमीहरु साम्राजवादी हौ र चरमपूजीवादी हौ” भन्दै । त्यसमा संसारभरिका मजदुर तथा मुक्तिकामी जनता एक हुँदै नयाँ विश्व निर्माणको लागि संर्घसको अंधिबेहरी सृजना गनुपर्नेमा व्यापक जोड दीएको रहेछ । उक्त कार्यक्रम स्विट्जरल्यान्डका कम्युनिष्ट पार्टी, मजदुर पार्टी, टर्किस कम्युनिष्ट पार्टी (माओवादी), नेपाली ऐक्यबद्धता मंच (नेसोफ स्विस) स्वीजरल्याण्ड तथा अरु प्रगतिशिल संघ सस्था हरुले संयुक्त रुपमा आयोजना गरेका रहेछन । त्यो कार्यक्रममा स्विजरल्याण्डका पूर्व मन्त्री जिन जिग्लरलेपनि बोलेका रहेछन ।
त्यो कर्यक्रममा यस्तो ब्यानर बोकेर जाने संगठन रहेछ नेपाली ऐक्यबद्धता मन्च (Nepalese Solidarity Forum(NESOF SWISS) Switzerland) को टोली । मेरो ईमेल ठेगानामा फोटो सहित लौ यो प्रकाशित गरिदिनुहोला भनेर पठाएको समाचारमा “उक्त ब्यानर सबैको आकर्षण र जिज्ञासाको केन्द्रबिन्दु बनेको थियो ” भनेर लेखिएको छ । यो देखेर एक बिहानै म खुब हाँस्न पाएँ । किनभने त्यहाँ उभिनेहरुको टोली चाहिँ ओहो ! क्या खतरा रहेछ हाम्रो प्रदर्शन भनेर दंग परेछन क्यार । उता बिदेशीले चाहिँ “हेर पटमूर्ख नेपालीहरु ! आफ्नो देशमा के के भैसक्यो यिनलाई थाह छैन, पुरानो पार्टीको नाम लेखेर आएछन प्रदर्शनमा । हरे भगवान आफ्नै पार्टीको नामसम्म सहि नलेख्नेले के राजनितिक प्रदर्शन गरेका होलान” भन्दै खुब हेरेका होलान । यो इन्सोफ भन्ने मैले बुझेसम्म एकिक्रित नेकपा माओवादी निकटको एक जनवर्गिय संगठन हो बिदेशमा उसका लागि जनसमर्थन बटुल्न सहयोग गर्ने । तर मलाई अचम्म लागेको के भने त्यत्रो पार्टीको जनवर्गिय संगठनको हालत देखेर । पार्टीको नाम नै थाह नपाउने कार्यकर्ताबाट कस्तो सहयोग हुने होला ?





