जीवन

-महेशचन्द्र देवकोटा  

चाहना के गर्न हजुर आज मरे भोली दुई दिन  

लानु के जाँदा हजुर वस्त्र वीना आको जीवन ।। 

तेरो मेरो आना बिघा तनाव गर्नु किन अब  

जाँदा एक इन्च आफ्नो हुन्न आगो खाने शव ।। 

 

हावा लिने दिने सम्म बाँच्ने रैछ जीवन  

सम्पती नातागोता स्वार्थी बन्छ जीवन ।। 

किन हामी तेरो मेरो कौंडी भन्दै बाँच्ने  

हजुर अनमयस्क किन लामो आयु साँच्ने ।। 

 

जीवन बाँच्ने शैली यस्तो किन हामी खोज्ने  

चोला हजुर दुई दिनको किन तीन दिन लाने ।। 

भैगो भैगो नदिनु कमाउने जोड  

निमूखालाई मूर्ख बनाई राजा बन्ने होड ।। 

 

अविछिन्न निश्चल नगर्नु घात  

छुट्ने रैछ दूरी बडे नजिकिएको हात ।। 

आँशु किन जे त्यसमा बिश्वास लिनु जीवन  

ईर्ष्या किन जे भको सन्तोष मान्नु जीवन ।।   

उत्तमचोक, पोखरा 

१५ माघ २०६५

तपाइँको प्रतिक्रिया