पत्रकारको नाम लिँदै बिदेशका नेपालीलाई ठग्ने धन्दा
यदि कुनै मान्छेले तपाइको अनुहार हेरेर भुत, वर्तमान र भविष्य हेरिदिन्छु भन्यो भने पत्याउनुहुन्छ ? त्योपनि प्रत्यक्ष होइन, स्काईपबाट हजारौं दुरी टाढाको मान्छे हेरेर बताउने रे । त्यसरि ठग्ने ब्यक्ति पत्रकार । पर्वत घर भएका लक्की भवानी र उनको समूहले स्वदेश र बिदेशमा रहेका नेपालीहरुलाई यसरि ठग्दै आएका हुन् । अरुलाई भ्रममा पारेर ठग्न सजिलो होस् भनेरै होला, उनले नामपनि केहि समय अघि देखि बदलेर लक्कि भवानी बनाए । पहिले उनले भवानी शर्मा लेख्ने गर्थे । उनको संलग्नता धौलागिरी राष्ट्रिय साप्ताहिकमा थियो ।
अहिले उनले बहराईन, ईजरायल, आबुधाबी, मलेशिया, कतार लगायतका थुप्रै देशमा केहिलाई प्रतिनिधी बनाएर सोझासाझा नेपालीलाई ठग्ने काम गरिरहेका छन् । उनले त्यसरि ठग्नको लागि “आनीवानी तथा भुत, भविष्य र वर्तमान अनुसन्धान केन्द” भन्ने नाम राखेका छन् । यो दर्ता हो वा होइन केहि खुलाएका छैनन् । यसरि बिदेशका नेपलीलाई ठग्न उनले पत्रकारीताको पहुँचलाई दुरुपयोग गरिरहेका छन् । कसरि ठग्छन् त यीनले ? पुरा पढ्न भित्र आउनुस् –
आफ्नो ठगीको धन्दालाई बिश्वाशयोग्य बनाउन उनले पश्चिम नेपालको पर्वत जिल्लामा बसेर इन्टरनेट मार्फत करिव २५ हजार भन्दा बढी स्वदेशी तथा विदेशीहरुलाई हेराईसकेको दाबीसमेत गरेका छन् । बिदेशी को हुन् ? कहाँका हुन् केहि स्पष्ठ छैन । मानिसको अनुहार (फेस) बाट उसको आनीवानी, भुत, बर्तमान र भविष्य हेर्ने यो एउटा विश्वकै नयाँ बिधि वा तरिका हो भनेर किटानी गर्ने कामपनि ठग आफैंबाट भएको छ ।
उनले आफ्नो ठगीको धन्दा फैलाउन केहि स्थानिय पत्रपत्रीका, अनलाईन मेडिया र फेसबुकलाई आधार बनाएका छन् । उनले प्रचार गर्ने सूचनामा हाँसो लाग्दा दाबी गरिएको छ । कति नेपालीलाई ठग्न सफल भएछन् भन्ने उनैको दाबीबाट बुझिन्छ । उनले अरुलाई लोभ्याएर ठग्न मात्रै हो वा साँच्चिनै नेपालीहरु मूर्ख भएका हुन्, अहिले बिभिन्न देशमा रहेका ५० हजार नेपालीहरु अनुहार हेराएर बर्तमान, भुत, भविष्य र आफ्नो आनीबानीको भविष्य जान्न पर्खेर बसेको (क्यु) उल्लेख गरेका छन् ।
उनको अनुहार हेरेर ठग्ने कामको एजेन्टका रुपमा ईजरायलमा कुमार पौडेल र बहराइनमा योगेश उपाध्यायको नाम, फोन नंबर, इमेल सहित सार्वजनिक गरिएको छ । यहि लेखको अन्तिममा हेरेर ईजरायल र बहराईनमा रहेका नेपालीहरुले जानकारी लिन सक्नुहुन्छ । तिनले पनि ठगी गरेको भए नाली बेली पठाउनुहोला, नेपालप्लसले तिनको तस्विर र ठगीको सबै जानकारी सार्वजनिक गर्ने छ । उनको ठगीलाई साथ दिनेहरु जो सुकै होस् त्यसको नालीबेली उतारेर, तल दिएका नंबरमा संवन्धित देशका साथीहरुले फोन गरेर, ठगिएकाको गुनासो समेटेर नेपालप्लसलाई जानकारी पठाउनुहोला ।
फसाउन र चिप्ल्याउनपनि यी ठग कति सिपालु ? उनले केहि उच्च स्तरका भनिनेहरुलाईपनि लोभ्याइसकेका रहेछन् । बेल्जियमको राजदूत भएर भर्खरै फर्किएका प्रमेश कुमार हमालले समेत झण्डै यीनलाई अनुहार हेराउन भन्दै बेल्जियम बोलाएका । हमालले बेल्जियम बोलाउने भनेर आश्वाशन दिँदा साथ भवानीले ‘मलाई राजदूतले नेपालीको अनुहार हेराउन बेल्जियम बोलाउने भए” भन्दै दुनियाँ नेपालीका माझ फुक्दै हिँडेका थिए । अन्तत हमालले त्यो रद्द गरिदिए ।
बदनामै बदनाम
पहिले नाम भवानी प्रसाद शर्मा (पौडेल) लेख्थे । पछि लक्की भवानी बनाए । बदनाम त उनको कति भयो भयो । पौडेल भएर पौडेलकी छोरीनै बिहे गरेपछि बहिनी पर्नेसित बिहे गर्यो भन्दै उनको हुनसम्म बदनामी भएको हो । पत्रकारको नाम धारण गरेपनि उनी राजनितिक पार्टीका निकट बन्छन् । उनी पहिले एमाले निकट थिए । पछि फेरी पार्टी बदलेर राष्ट्रिय प्रजातन्त्र पार्टी निकट पुगे । राप्रपाको जिल्ला सचिवनै बने । जुनसुकै पार्टीका हुन् अलि पहुँच वाला ब्यक्ति देख्नासाथ निकट पुग्ने गर्छन् भवानी । उनले पर्वतबाट प्रेस कार्डपनि लिएका छन् । मौका छोप्न सिपालु उनी राजाको शासनका पालामा खुलेको मन्डले पत्रकार समुह राष्ट्रिय पत्रकार समुहमा लागेका थिए । पछि यूनिटी लाइफ नेटवर्कको ठगी धन्दामा लागेका थिए ।
जेजे भनेपनि नेपालीले पत्याउँछन् र भुटिहालिन्छ भनेर होला लक्की भवानी नामका ठगले क्या सजिलै दाबी गरेका छन् “यस सम्वन्धमा विभिन्न खालका समाचार तथा हेराई सकेका मित्रहरुले मैले प्रयोग गर्ने विभिन्न फेसबुक आईडि, याहुम्यासेन्जर, स्काईप र जिमेलको साथै समाचार प्रकाशन भएका वेवसाईडमा लेखेको दिएको प्रतिक्रियावाट यो विधा विश्वमै सफल र प्रभावकारी भएको मेरो ठहर छ ।” नाम मात्रका वेभ साईट खोल्यो अनि बिन्ति भाउ गर्यो, प्रचार गर्न लगायो, पैसा खुवायो अनि यस्तो झुठो प्रचारका नाममा ठ्ग्यो । उनलाई अनुहार हेराउनेहरुको ज्यादै धेरै माग भएकाले दिनको तिन घण्टा समय अपुग भएर पर्खिनुपर्छ भनेका रहेछन् ।
तर उनलाई नजिकबाट चिन्नेहरुले दिएको जानकरी अनुसार उनी काठमाडौं र पोखरा पुग्नासाथ स्थानिय पत्रीकालाई ‘लौ न मेरो प्रचार गरिदिनु पर्यो’ भन्दै चिनेकालाई बिन्ति गर्छन् । वेभ साईट चलाउनेहरुलाई प्रचार गरिदिन गुहार्छन् । अनि बिदेशमा जुन जुन देशमा रहेका अलि प्रसिद्द र नाम चलेका, धेरैले चिन्ने नेपाली छन् तिनलाई म्यासेज लेख्ने, म्यासेन्जरमार्फत कुरागर्ने, चाकरी बजाउने, फेसबुकमा साथी बनाउने र तिनको सित्तैमा अनुहार हेरिदिन्छु भन्दै प्रस्ताब गर्छन् । त्यस्ताले हेरिहालेमा तिनको नाम लिएर अरुलाई ठग्ने गरेका छन् । अहिले उनलाई अनुहार देखाउनु पहिले बिदेशबाट पैसा पठाएर अग्रिम बुकिङ गर्नुपर्छ भन्दै ठग्ने गरेका छन् ।
नेपालीहरुलाई ठग्ने उनले बनाएको सूचना तल हेर्नुस्-
यस सम्वन्धमा विभिन्न खालका समाचार तथा हेराई सकेका मित्रहरुले मैले प्रयोग गर्ने विभिन्न विभिन्न फेसबुक आईडि, याहुम्यासेन्जर, स्काईप र जिमेलको साथै समाचार प्रकाशन भएका वेवसाईडमा लेखेको दिएको प्रतिक्रिया वाट यो विधा विश्वमै सफल र प्रभावकारी भएको मेरो ठहर छ ।
…
अहिले आफ्नो आनीवानी तथा भुत, भविश्य, वर्तमान जान्नको लागि विभिन्न देशवाट गरि करिव ५० हजार भन्दा धेरै साथीहरुले अनुरोध गर्नुभएको छ । नेपाली समय अनुसार फेस रिडिङको लागि प्रत्येक राती ८ बजेदेखी ११ बजे सम्मको छुट्टाइएको ३ घण्टाको समय अत्यन्तै कम भएको हुँदा क्युमा परेकाहरु सँग बाहेक अन्य मित्रहरुसँग कुरा गर्दा तथा नयाँ क्यु तयार पार्दा समय धेरै गई पालोमा परेका मित्रहरुलाई हतारमा हेराउनु पर्ने अवस्था छ ।
यसर्थ विभिन्न रहनुुहुने सम्पुर्ण मित्रहरुले आफ्नो पालो (क्यू)को लागि तलको ठेगानामा सम्पर्क राख्नुुहन अनुरोध गरिन्छ । साथै क्युमा बस्ने मित्रहरुको फेस रिडिङ नेपाली समय अनुसार राती ८ देखी ९ बजे सम्म्मा सम्पर्क गर्नुहोला ।
देश : वहराईन (Country : Baherain)
Contact Person : Yogesh Upadhyay
Place : Sitra Baherain
Skype id : yogeshupadhyay1
Mobile : 97336159887
Face Book id : yogesh upadhyay
FB email : [email protected]
देश : इजरायल (Country : Israel)
Contact Person : Kumar Paudel
Place : Tel Aviv, Israel
Skype id : kumar_paudel
Mobile : 0546282240
Face Book id : kumar paudel
FB email : [email protected]
एक जना नेपाली कुटनितिज्ञले कसरि बंगलादेशीलाई ठग्दै छन् र नेपालप्लसलाई उनका दूत मार्फत कसरि राती राती धम्कि दिईयो फोनमार्फत । अर्को ब्लगमा लेखिने छ ।





