गजल

-सुर्य प्रसाद न्यौपाने “सिकारु”

surya_prasad_nyaupane.jpg

तिमि बिना शान्त हुन्नन बैशालु यि मातहरु

तिम्रै यादमा जागा भई बिते अतितका रातहरु ।

आँखा छलि कुरागर्ने नशालु ति ओठहरु

अति मिठा निष्छल तिम्रा ईसाराका बातहरु ।

ज्यानको माया के माया र तिमिले दिने माया भन्दा

शत्रुताको बहकाई सँगै नदिनु है घातहरु ।

जले जलुन आरिशले चोखो साइनो देखि हाम्रो

पार्नु पर्छ अझै डाहा मिलाउ हातमा हातहरु ।

रोक्नु हुन्न लामो यात्रा जिवनको चौतारीमा

अघि बढौ बाधादेखि देउ साथमा साथहरु ।

अनन्तको यात्रा हाम्रो सम्झनाको भावाकासमा

बादल बनि बर्षाइदेउ सम्झनाका खातहरु ।

अर्बेनि-८ गुल्मि

हाल-रियाद

तपाइँको प्रतिक्रिया