यूरोप स्तरिय न्रित्य प्रतियोगिताको तयारी भब्य, नेपालीहरु तिब्र प्रतिक्षामा

यूरोप स्तरिय नेपाली न्रित्य प्रतियोगिता यहि आइतबार हुँदै छ । लामो समयको प्रतिक्षा र तयारी पछि नेपालीहरुले मात्रै होइन फ्रान्सेलीहरुलेपनि यसलाई ब्यग्रताका साथ पर्खेर बसेका छन् । यो कहिले आउला ? कहिले हेर्न पाइएला भनेर चासो चाख पनि उत्तिकै बढ्दो छ । पेरिसको काँठमा रहेको रेस्टुरेन्ट समा द हिमालयका का सञ्चालक रबीन शर्मा ओली दुई हप्ता अगाडिनै भन्दै थिए ” त्यो दिन त ब्यापारै बन्द गरेर भएपनि हेर्नु पर्‍यो नी”। यस्ता प्रतियोगिताहरुको चासो फ्रान्सेलीहरुमा पनि उत्तिकै छ । नेपालका तस्विरहरु लिने फोटोग्राफर एमीली दुई हप्ता अगाडिनै भन्दै थिईन् “म त त्यो अप्रिल १५ को नेपाली न्रित्य प्रतियोगिता कहिले हेर्न पाइएला भनेर दिन गनेर बसेकि छु”।

यस्तो चासो र चाख सबै जसो नेपालीमा ब्यापक रुपमा रहेको छ । न्रित्यमा भाग लिनेहरु यतिखेर आफ्ना न्रित्य देखाउन कौतुहल बनेर बसेका छन् । कार्यक्रमको मूल आयोजक संस्था नेपाली एकता समाजका अध्यक्ष तप्त भण्डारी टिकट बिक्रिको चरण अन्तिम अवस्थामा पुगेको र यस कार्यक्रमबारे नेपालीले चासो राखेर निरन्तर फोन सम्पर्क गरेको बताउँदै थिए । टिकट बिक्रिको काम झण्डै पुरा भएको जानकारीपनि दिँदै थिए ।

कार्यक्रममा पाहुनालाई कहाँ राख्ने ? कसरि सत्कार र स्वागत गर्ने ? कसरि गर्ने यो कार्यक्रम ? कस्तो खाना खुवाउने ? कसरि सुरक्षा दिने ? यसका लागि बिबिध समितिहरु बनाइएको ति समितिका साथीहरु आआफ्नो जिम्मेवारी पूर्ण गरेर तयारी अवश्थामा बसेका छन् । पेरिसको १३ वडामा हुन लागेको यस कार्यक्रममा उपमेयर थेरी कातलँ आउने निश्चित गरेको छ मेयर कार्यालयले । आफूलाई यस कार्यक्रममा उपस्थित हुन तिब्र चाहना हुँदा हुँदैपनि मुलुक बाहिर रहेकाले असमर्थ हुनु परेकोमा मेयरले थक्क थक्क मानेको खबर पनि मेयर कार्यालयले दिएको छ ।

त्यसो त, यस्तो कार्यक्रम सफलतापूर्वक सम्पन्न गर्न नेपाली एकता समाजकालागि कुनै मुस्किलको कुरो होइन । किनभने नेपाली कलाकारलाई नेपालबाटै निम्ता गरेर यस्ता कार्यक्रम यस संस्थाले यस अघिपनि भब्य रुपमा सम्पन्न गरिससकेको छ । यो कार्यक्रम यूरोप भरिका नेपालीका बिचमा हुन लागेकालेपनि आयोजक साथीहरु अझ बढि चनाखो र सतर्क छन् । बनाईएका उपसमितीहरुले आआफ्नो जिम्मेवारी पुरा गरेर तयारी अवस्थामा बसेका छन् । खानपिन, सुरक्षा, स्वागत, बिदाई, न्रित्यका लागि तयारी, हलको प्रबिधिक पक्ष, मेडियाका लागि पहल, आमन्त्रितहरुका लागि उचित सुबिधा लगायतका सम्पूर्ण विषयमा तयारी पुरा छ । हलको क्षमता अनुसार टिकट बिक्रि पनि माथिल्लो तहमा पुगेकाले केहि सिमित टिकटहरु गाह्रो साह्रो अवश्थाकालागि भनेर  सञ्चित गरिएको मात्रै छ ।

पेरिसका नेपालीहरुले त झन यसलाई ब्यापक चासो दिने नै भए । ठाउँ ठाउँमा टिकट बिक्रिकालागि पुगेका आयोजक संस्थाका सदस्यहरुले सुबिधा र पहुँच अनुसार तिकट बितरण गरेर सहज बनाइदिए । कुनै नेपाली छुटेको भए, सहभागि हुन तिब्र आकांक्षा भए कम्तिमा पेरिस निवासीको यो कार्यक्रम हेर्ने चाख नगुमोस भनेर केहि तिकट सुरक्षित गरिएको छ । टिकट नभएका साथीहरुले तुरुन्तै सम्पर्क गरेर आफ्नो उपस्थिति सुरक्षित राख्न आव्हान छ ।

के होला ? कसो होला ? कस्तो तयारी गरिएला ? कसरि सम्पन्न गरिएला ? कार्यक्रम राम्रो नभएर हाम्रो नाक काटिन्छ कि ? कतै आलोचना खप्नु पर्ने हो कि भन्ने शंकालाई कार्यक्रम हुनु करिब तिन दिन पहिलेनै पुरा गरेर ढुक्क र निर्धक्ककासाथ आयोजक संस्था नेपाली एकता समाजको तयारी समितिका सदस्यहरु तम्तयार भएर बसेका छन् । तयारी हेर्दा यो कार्यक्रम भब्य रुपमा सम्पन्न हुने निश्चित जस्तै देखिएको छ ।

तपाइँको प्रतिक्रिया