सुन्दैमा हाँसो उठ्छ

विद्या सापकोटानिर्जला 

माया माया भन्छौ तिमी, महिनौ वेखबर बनिदिन्छौ 

विनाको पलपल मर्छु भन्छौ, हरपल मलाइ नै अत्याउँछौ 

तिम्रा नयनमा झल्कने मायाका सुवासहरु  

यत्रतत्र फैलिसक्छन् 

मलाइ माया गर्ने तिमी, अझै लापत्ता हुन्छौ                            

अनि मलाइ तिम्रो कुरा सुनेरै हाँसो उठ्छ ।। 

 

तिम्रा मायाका बाफिला किरणहरु खै कता कता पोखिन्छन् 

मैले कैले ओभाएको महशुस गर्न पाएको हैन 

तिम्रा चाहना उत्मत्तताहरु कतकता छचल्किन्छन् 

मन भिज्नु परको कुरा, शितलु आभास भएको छैन ।। 

 

जव हामी भेटिन्छौं, मिठा कल्पनामा घण्टौं हराउँछौ 

जव छुटिन्छौ मलाइ वेचैनीले पलपल झुलाउँछ,  

तर तिमी कहाँ/के मा रमाउँछौ, वास्ता मतलव 

अनि मलाइ तिम्रो कुरा सुनेरै हाँसो उठ्छ ।। 

 

तिमीलाइ भेटेदेखि मभित्र एउटा नयाँ आशा जन्मियो 

तिमीले झन लाखौं सम्भावनाका कुराहरु गर्‍यौ 

मात्र गर्‍यौ, सपनाका कुरा/कल्पित भविष्यका कुरा  

जव हारेंतिम्रो मायामा‘, अनि तिमी चुपचाप हरायौ ।। 

 

हाँस्न सबै हुन्छन्, जव एकफेर रित्तिएर रुने मन हुन्छ, 

त्यो सहृदयी छाती कतै अल्पिदिन्छ 

विवशता होला कुनै, बडो गाह्रोसँग आफूलाइ सम्हाल्छु 

मायाको मिठो राग छाड्दै,  

तिम्रो गाम्भिर्य बारबार आउनेजाने गरिरहन्छ ।। 

 

 थाहा छैन,  

पटक पटक किन अल्पिन्छु , तिम्रो अनौठो मायामा 

सायद, लोभ लाग्छ, मलाइ त्यो क्षणिक मायाको पनि 

सायद, बानी मलाइ, यो कल्पनीक उठानको पनि 

सायद आफ्नै लाग्छ मलाइ, अमूर्त तिम्रो साथ पनि ।। 

यो लुकामारी, यो अनौठो चाह मैले बूझ्न सकेको हैन 

अब मलाइ आफ्नै पागलपन देखेर हाँसो उठ्छ  

साँच्चै आजकल तिम्रो आइ लभ युसुन्दैमा हाँसो उठ्छ ।। 

कल्याणपुर , नुवाकोट

हाल : शंकरदेव कलेज, काठमाडौं

[email protected] 

 

तपाइँको प्रतिक्रिया