आज पेरिसमा त्यो नेपालबारे चर्चा

किताब लेखियो । धेरै पाठकले रुचाए । त्यसैले पुस्तक निस्केको करिब तिन्, महिनामा दोस्रो संस्करण निस्कियो। किताबको महत्व देखेरै होला जगदम्बा प्रकाशनले अंग्रेजीमापनि अनुवाद गराएर निकाल्ने तयारी गर्‍यो। थुप्रै बधाइहरु आए। नेपालीहरुबाट मात्रै नभएर फ्रान्सेलीहरुबाटपनि । भाषा नबुझेपनि कति छिटो फैलिने रहेछ आफ्ना देशका मान्छेका बारे लेखिएको पुस्तकको चर्चा । तर आफूले अन्तर्वार्ता गरेका विविध क्षेत्रका ति बिज्ञहरुलाई ‘तपाईहरुले मलाई दिनु भएको समय र अनुभवबाट म अनुग्रही छु । त्यसबाट यस्तो पुस्तक स्रिजना गरें’ भनेर देखाउन पाएको थिईन । बल्ल मेसो मिल्यो । यो मेसो पेरिसको ईनाल्को विश्व बिध्यालयमा मिलेको छ । भोलि मार्च ३१ का दिन विभिन्न क्षेत्रका विशेषज्ञ, हिमाली क्षेत्रमा चासो राख्ने अनुसन्धानकर्मी, नेपाल र नेपालीलाई रुचाउने फ्रान्सेलीका बिच ‘त्यो नेपाल’ को चर्चा हुने छ ।

त्यो नेपालको चर्चा गर्न मलाई ४५ मिनेट समय दिईएको छ । त्यो भनेको प्रशस्तै हो भन्नु पर्छ । पुस्तकमा रहेका सबै २९ जना पात्रको तस्विरसहित तिनको एक वा दुइ लाइनमा परिचय देखाउने सोचमा छु । त्यसैगरि पावर पोईन्ट बनाएको छु । फ्रान्सेली सांस्क्रितिक केन्द्रले काठमाडौंमा पुस्तक बिमोचन गरेक केहि तस्विर हुने छन् ।

त्यसपछि कम्प्युटरमा उतारेका ति सबै अन्तर्वार्तालाई सम्पादन, काँटछाँट र फ्रान्सेली स्वादमा लैजाने मेरो मित्रले पुस्तकमा भएका सामाग्रिको टिप्पणी गर्ने छिन् । आएका प्रश्नको जवाफ दिनुपर्ला ।

यसमा रहेका सबै पात्रको ईमेल थिएन । त्यसैले ईमेलबाट खबर गर्न सकिएन । खबर गरेका मध्ये कोहि हिमाली क्षेत्रबाट, कोहि अन्य शहरबाटपनि आउँदै छन् । केहि नेपाली मित्र र मेरा केहि निकटका फ्रान्सेली मित्र, शुभेक्षुक आउलान् । यो कार्यक्रमको रुपरेखा छोटो समयमा आएकाले बेलैमा खबर गर्न सकिएन । त्यसैले धेरै साथीहरु छुट्ने भए ।

त्यसपछि पत्रकार साथी, नेपालप्लसका सहयोगी प्रवेश सुबेदीको ‘सेक्रेट अफ धौलागिरी’ भन्ने डकुमेन्ट्री देखाइने छ । त्यस अघि फ्रान्सेलीका लागि लेखिएको नेवारी भाषाको पुस्तकको पनि चर्चा हुने छ । सेक्रेट अफ धौलागिरीपनि काठमाडौंमा फ्रान्सेली सांस्क्रितिक केन्द्रमा देखाइएको थियो । यो डकुमेन्ट्री डेनमार्क, फिनल्याण्ड लगायतका देशमा बिदेशी संस्थाले देखाएका छन् । हिमालयन फिल्म पर्वमा छनौट भएको डकुमेन्ट्री हो यो । फ्रान्सका दुई ठाउँमा सयौंले हेरे यो । त्यसैगरि भियनामा देखाइयो । यसको प्रदर्शनी बेल्जियम, आम्स्टरडम, लण्डन, जर्मनी लगायतका शहरमापनि हुँदै छ ।

तपाइँको प्रतिक्रिया