“शक्तिमा आउनमात्रै प्रयोग गरेका थिए जनयुद्द” पूर्व फ्रान्सेली राजदुत

सन् २००६ मा जब माओवादीहरु शान्तिवार्तामा आएका थिए त्यति बेला पार्टी अध्यक्ष प्रचण्डपनि सार्वजनिक भए । त्यो बेला विदेशी कूटनीतिज्ञ मध्ये प्रचण्डसित वार्ता गर्ने प्रथम जस्तै थिए नेपालका लागि फ्रान्सेली राजदूत मिसेल जोलिभे । डा बाबुराम भट्टराई लगायतका माओवादी नेतासितपनि उनी उत्तिकै निकट थिए । तरपनि उनी भन्छन्, जनयुद्द र जनक्रान्ति नाम माओवादीले सत्तामा जानैलागि लिएका हुन्। नेपाललाई माय गर्ने, नजिकबाट नियाल्ने र नेपाल जाने बुझेका यूरोपेलीको नेपाल अनुभव बारे मैले लेख्न लागेको पुस्तकको लागि उनले दिएका अभिब्यक्तिबाट केहि भाग निकालेर राखेको हुँ ।

२००६ को सेप्टेम्बर तिर प्रचण्ड् र बाबुराम भट्टराईलाई भेटें । म कूटनितिक क्षेत्रबाट उनीहरुलाइ भेट्ने पहिलो जस्तै थिएँ । उनीहरुसित असाध्यै राम्रो छलफल भएको थियो मेरो । असाध्यै खुल्ला किसिमले भएको थियो गफगाफ । अमेरिकी दुतवासका कर्मचारीको हत्या गरिनु असाध्यै ठूलो राजनीतिक भूल थियो भनेर पनि मैले प्रचण्डलाई भनें । किनभने त्यहि कारण गर्दा माओवादीलाई अमेरिकाले आतंककारी समूहमा राख्यो । अमेरिकालाइपनि अधिकार भयो त्यसरि राख्न । अनि एक पटक् त्यस्तो सूचिमा राखिसकेपछि त्यसबाट हट्न निक्कै मुस्किल पर्छ । प्रचण्डले त्यो स्विकार गरे ।

नेपालको लागि राजदूत भएर नेपाल जाने निर्णय हुनासाथ मैले करिब दुई महिनाजति माओवादी नीति, नियम, सिद्दान्तका बारेमा किताब, डकुमेन्ट, प्रेस बिज्ञप्ती र थुप्रै सामाग्रि पढें । दिनभरि जसो पढ्थें ईन्टरनेटका सामाग्रि र किताब । काठमाडौं पुग्नासाथ, माओवादी को हुन्, के गर्न चाहन्छन् र कसरि गर्न चाहन्छन् बुझ्न थालें । उनीहरुले बन्द र हडताल गरेका बेला मैले धेरै ब्झ्न पाएँ । माओवादीहरु काठमाडौंलाई घेर बन्दि गर्ने, कब्जामालिने गर्ने चाख माओवादीमा थिएन । उनीहरु राजनीतिक बिजय चाहन्थे । सैनिक बिजय चाहँदैनथे । राजतन्त्र र सरकार बिरुद्द काठमाडौंका जनता उतार्न चाहन्थे । उनीहरु राजधानीमा सैन्य आक्रमण गर्न चाहन्नथे ।

प्रचण्डले लेलिनको रणनीतिलाई मिश्रण गरेर सामान्य नागरिकलाई बिद्रोहमा उतार्न चाहन्थे।  र ग्रामिण बिद्रोह गरेर गाउँले शहर घेर्ने, शहरलाई ठप्प पार्ने माओवादी रणनीति लगू गरेर बिजय गर्न चाहन्थे । जनयुद्दमा उनीहरुको रणनीति यि दुई को मिश्रण थियो । प्रचण्ड र बाबुरामले भनेका हुन् हामी सैनिक बिजय चाहँदैनौं भनेर । उनीहरु सरकारलाई दबाब दिन चाहन्थे । आन्दोलन जनता समक्ष पुर्‍याउन चाहन्थे  ।  जनतालाई सचेत पारेर आन्दोलनमा सहभागि गराउन चाहन्थे । तर माओवादी सैन्य हमला (इन्टरभेन्सन) गरेर गरेर होइन । ठ्याक्कै त्यहि भयो । उनीहरुका सामाग्रि पढ्ने हो भने शुरु देखिनै उनिहरु आफु मुल रुपमा राजनितिक पंक्तिमा आउन चाहेको र त्यसको लागि पहिलेनै उनिहरुले शक्तिका भरमा होइन प्रजातान्त्रिक माध्यमले आन्दोलन गर्न चाहेका थिए । उनीहरु जबर्जस्ति केहि लाद्नु भन्दा निर्वाचन लागयतका प्राजातान्त्रिक माध्यमले आन्दोलन गर्न चाहन्थे ।

नेपालको अवस्था देखेर अहिले म दुखि भएको छु । संबिधान बनेको छैन । अहिलेको अवस्थाले कसरि पार पाउँछ निर्क्यौल छैन । राजनीतिक पार्टीहरुले गरेको शान्ति संझौता पालना गरे हुन्थ्यो । तर ति कुरा गरेको गर्‍यै मात्रै छन् । संघियता गल्ति थियो । समानुपातिक भोटपनि गल्ति थियो । समानुपातिक  भोटका आधारमा संघियतामा देश गएपछि सरकार बनाउन असंभव जस्तै हुन्छ । थारु राज्य कुनलाइ बनाउने ? गुरुङ, मगर, राई, थकाली, क्षेत्री, शेर्पा, लिम्बू कुनलाइ बनाउने ?

नेपालमा एकदम सिधा स्पष्ठसँग नेतासित छलफल भएको भनेकै प्रचण्ड र बाबुराम भट्टराईसित हो । डेढ घण्टा सिधा कुरा भएको थियो । मैले मुख्य त प्रचण्डसित कुरा गरें । बाबुराम भट्टराई उति कुरा गरेका थिएनन् । प्रचन्डको अंग्रेजी स्तर र लवज पनि राम्रो छ । तर उनको अंग्रेजीको स्तर भट्टराईकै जत्तिको स्तरिय भने छैन । भट्टराईलाई उच्चारण गर्न भने अलि गाह्रो पर्ने रहेछ । कुराकानी हुँदा प्रचण्ड बेला बेला बाबुरामलाई उहाँले के भन्नु भो ? भन्दै सोधिराख्थे ।

पानी, बिजुलीको आपूर्ती बन्द गरिदिन माओवादीलाई एकदम सजिलो हुन्थ्यो । विमान सेवा अवरुद्द गरिदिन माओवादीलाई सजिलो हुन्थ्यो । एउटा बक्तब्य जारी गरेर विमान सेवा रद्द गर्न धम्की दिएको बनाएर विमान कम्पनीले काठमाडौं हवाई सेवा रद्द गर्थे । माओवादीलाई त्यति सजिलो थियो । काठमाडौंमा आक्रमण गर्दै छन् माओवादीले, भनेर बिदेशी मेडियालाई लोकप्रिय मसला भएको मात्रै हो ।

मेरो बिचारमा दुई देश चिन र भारत सन्तुलनमा थिए कि नेपाल फूटबल बन्नुहुन्न भनेर । कम्युनिष्ट शासनको चर्को नारा उराल्नु त जनतालाई आशा देखाउन र आन्दोलित बनाउन हो । त्यो त एउटा सिद्दान्त थियो । मार्सिजम र लेनिनिजम एउटा सिद्दान्त हो । उनीहरुले शक्ति जित्ने एउटा तरिकाको रुपमा प्रयोग गरे । चिन, रसा लगायतका देशमा शक्ति लिन एक तरिकाका रुपमा निकै सफल भयो तर राज्य चलाउनका लागि भने नाटकिय रुपमा असफल ।

माओवादीले जनयुद्दका बेला आशा दिनलाइ प्रयोग गरे । मैले त्यो सबै प्रचण्डलाइ ब्याख्या गरें । उनी टाउको हलाउँथे । (हांस्दै) शक्तिमा आउने र बलियो राजनितिक उपस्थिति जनाउनकालागि उनीहरुले जनयुद्द , ग्रिहयुद्द उपयोग गरेका थिए भन्ने मलाई लाग्छ । सैन्य तरिकाले कब्जा जमाउने, शक्ति हत्याउने शासन गर्ने कुरामा उनीहरु विश्वास गर्थे भन्ने मलाई लाग्दैन । त्यस्तो शासन भारत र चिनले पचाउन सक्ने छैनन् भन्नेमा उनीहरु विश्वस्त थिए । चिन, रुस, युक्रेन, भियतनाम सबैतिर त्यसले काम गरेन भन्ने उनीहरुलाई थाह थियो । बरु भट्टराई र प्रचण्डलाइ भेटेपछि मलाइ एकदम बलियो विश्वास के लाग्यो भने यि मान्छे सच्चा नेपाली राजनीतिज्ञ हुन् ।

कतिपय मेरा प्रश्नका जवाफ प्रचण्डले तत्कालै सिधा र स्पष्ठसित दिन सक्दैनथे । उनी २०, ३० वर्ष पहिलेको पञ्चायतकालको, भियतनाम युद्दको यस्तै ऐतिहासिक घटना र भूमिका ब्याख्या गरेर जवाफ दिन कोसिस गर्थे आफ्नै पार्टीको कुनै प्लेनममा ब्याख्या गरेझैं ।

उनका अनुभव बारे अघिल्ला ब्लगपनि पढ्नुस्

प्रचण्डको यस्तो रहेछ भारतलाई भित्र्याउने प्लान

नेपाल आधा असफल राज्य: कुन देशले चलाउने ? (भिडियो

तपाइँको प्रतिक्रिया