कुखुरासित यात्रा गर्दा नेपालीलाई झन सास्ती

यूरोपमा आर्थिक मन्दीको मार छ । त्यो मारले यूरोपेली देशहरु थलिएका त छन् नै । आप्रवासी नेपालीहरुलाई पनि निक्कै मारमा पारेको छ । सुन्दर सपना बोकेर बिध्यार्थी भिसामा बेलायत गएका, पढौंला र दामपनि कमाउँला भनेर घरघडेरी बेचेर बेलायत पुगे कति नेपाली बिध्यार्थी । तर बेलायती सरकारले त्यहाँको शिक्षा नीति बदलिदियो एक्कासि । अनि शुरु भयो नेपाली बिध्यार्थीको भागाभाग । त्यसपछि थाले बिध्यार्थीहरु यूरोपका अन्य देश छिरेर शरणार्थी बन्न । यो मेसो पायो बीबीसीले । त्यसको रिपोर्ट बनायो, बेलायतबाट नेपाली बिध्यार्थी यूरोपका अन्य देशमा गैह्र कानुनीरुपमा छिरेर शरणार्थी माग गरेका छन् भन्दै । त्यसपछि शुरु भयो नेपालीमाथि कडाई अहिले । अहिले बेलायतबाट लुकिछिपि फ्रान्स छिर्ने नेपालीलाई मात्रै होइन, अन्य मुलुक जान खोज्दापनि कडाई गरेको छ प्रशासनले ।

बीबीसीका लागि भगिरथ योगीले रिपोर्ट बनाए बेलायतबाट लुकेर यूरोपका अन्य मुलुक छिर्ने नेपालीबारे । त्यसरि लुकेर छिर्ने नेपालीपनि कस्ता, हाकै हामी फ्रान्स छिर्‍यौं लुकेर, फ्रान्स र स्पेनमा शरणार्थी हुन पाइएन अब अन्त कुन देश जाने हो सोच्दै छौं । हामी बेलायतमा पढ्न नसकेपछि शरणार्थी बन्न अरु देश छिरेको भनेका छन् ।

बीबीसी न पर्‍यो । यस्तो विश्वमै सबैभन्दा लोकप्रिय संचार माध्यम । उसले सार्वजनिक गरेको रिपोर्टले सायद फ्रान्स र अन्य मुलुकको प्रशासनले पत्त्यो पायो। अहिले त्यहि भएर फ्रान्स छिर्ने ट्रक, यताबाट फेरी स्पेन, बेल्जियम, पोर्चुगल, नेदरल्याण्ड्स् लगायतका देश छिर्दा नीजि गाडी, बस र रेलमा समेत निगरानी बढाएको छ प्रशासनले । बेलायतबाट नेपाली र अन्य देशका बिध्यार्थी गायव हुन थालेपछि प्रशासन यसैपनि चनाखो त हुनेनै भयो। आफ्नो देशबाट आप्रवासीहरु घट्नु बेलायतको टाउको हलुको हुनु त हो । तर त्यसको बोझ बाँकि यूरोपेली देशले कसरि बोक्ने ?

आप्रवासीहरु बेलायतबाट फ्रान्स, बेल्जियम, नर्वे, फिनल्याण्ड, नेदरल्याण्ड्स्, जर्मनी लगायतका देशमा छिर्ने कुरो दूर्लभ थियो पहिले । बेलायतीहरु कम रंगभेदी हुने, बेलायतमा अंग्रेजी भाषा बोल्न पाइनाले अन्या भाषा सिक्न मेहनत र समय दिनु नपर्ने, त्यसले गर्दा पुग्नासाथ काम गर्न पाइने, काम पनि अलि बढि पाइने संभावना रहेकाले यताका आप्रवासीहरु बेलायत छिर्न खोज्थे । बेलायतबाट अरु यूरोपेली मुलुक छिर्दैनथे । त्यसैले बेलायततिरको सिमामा कडा गरिन्थ्यो । यता फ्रान्सको सिमामा कडाइ हुँदनथ्यो बेलायतबाट यता छिर्नेहरु यहाँ बस्दैनन्, आउँदैनन् भन्ने मान्यताले । तर अहिले उल्टो जस्तो भएको छ । बिदेशी बिध्यार्थीहरुकालागि शैक्षिक दस्तुर बढाइदिएपछि सरकारले तोकेको साप्ताहिक २१ घण्टे कामले धान्ने भएन । लुकेर बस्न बेलायतमा निकै गाह्रो छ । समात्नासाथ सूपुर्दगी गरिदिन्छ ।

तर यता स्पेन, फ्रान्स, पोर्चुगल, बेल्जियम लगायतका देशमा अलि खुकुलो छ । फ्रान्स, स्पेन, पोर्चुगल जस्ता देशमा त कागजपत्र भए नभएकोपनि उति जाँच गर्दैन प्रहरीले । त्यसैगरि उता भिसा सक्किने बेला यता आयो । यता सामाजिक सुबिधापनि लिन पाइने र शरणार्थीको हैशियत मागेर बैधानिकता लिनका लागि नेपालीहरु आउने गरेका हुन् । उनीहरु अधिकांश बंगलादेशी, पाकिस्तानी, भारतीय र अरबियन दलाललाई पैसा दिएर मालबाहक ट्रकको भित्र सामानमा लुकेर आउने गरेका थिए । कहिले सागपात बोकेका ट्रक भित्र पर्छन् । कहिले हाँस कुखुरा बोकेको ट्रकभित्र । तर अब चाहिँ बेलायतको सिमा क्षेत्रमा फ्रान्सले पहिले भन्दा चनाखो पूर्वक हेर्न लागेको छ । त्यसैगरि अरु देशलेपनि अन्य मार्गमा कडाइ गर्न लागेको नेपालीहरुले बताएका छन् ।

Nepali Student In Europe

download /
http://s6779.gridserver.com/assets/id/player/player_mp3_maxi.swf
s6779.gridserver.com
Nepali Student In Europe

download /
http://s6779.gridserver.com/assets/id/player/player_mp3_maxi.swf
s6779.gridserver.com

तपाइँको प्रतिक्रिया