“सबै अप्ठेरा र षडयन्त्रलाई चिरेर न्रित्य प्रतियोगिता सफल बनाउँछौ”(अडियो सहित)
नेपाली कला र संस्क्रितिलाई प्रवर्धन गर्ने मुख्य उद्देश्यले यूरोप स्तरिय एकल न्रित्य प्रस्तिस्पर्धा यस पटक फ्रान्सको राजधानी पेरिसमा हुँदै
छ । यूरोप स्तरिय भएकालेपनि यसको ब्यापक चासो र चाख विश्वभरिका नेपालीमा बढ्दो छ । यस पटक विश्वकै सुन्दर भनिने पेरिसमा हुन लागेकाले पनि यसको चासो अझ उँचो भएको हुन सक्छ । यति ठूलो कार्यक्रम के कसरि हुँदै छ । यसका मुख्य उद्देश्य के हुन् ? कतिपयमा यसका बारेमा भ्रम र जिज्ञासा छन् भने कतिपयलाई यहि कार्यक्रमको असफलतासित प्रतिष्ठा गाँसिएकोपनि हुन सक्छ । यसलाई असफल पार्ने दुस्प्रयास भएकोपनि सुनिएको छ । यस कार्यक्रमको प्रमुख आयोजक नेपाली एकता समाजको तयारी कस्तो छ ? यस्तै भ्रम, जिज्ञासा र चासोलाई मेटाउन मुख्य आयोजक संस्थाका अध्यक्ष तप्त भण्डारी सितको अन्तर्वार्तालाईसम्पादनसहित प्रस्तुत गरिएको छ-–
अडियो सुन्न तल क्लिक गर्नुस्
Interview With Tapta Bhandari
यूरोप स्तरिय एकल नेपाली न्रित्य प्रतियोगिता जुन आयोजना गर्दै हुनुहुन्छ । त्यो कहाँ पुगेको छ ? के भैराखेको छ ?
अन्तर्राष्ट्रिय नेपाली कलाकारहरुको मञ्च यूरोप शाखाको आव्हानमा यो कार्यक्रमलाई पेरिसमा नेपाली एकता समाजले मुख्य रुपमा आयोजन गर्दै छ । यसलाई हामीले भब्य रुपमा सफल बनाउन कामहरु अगाडि बढाएका छौं । त्यसको लागि १५ सय यूरोमा हल बुक गरिसकेका छौ । यत्रो रकम तिरेर नेपाली कार्यक्रमकालागि हल लिएको फ्रान्समै पहिलो रेकर्ड हो । त्यसैगरि, वडा नं १३ का मेयर, सांस्क्रितिक मन्त्रालयका प्रतिनिधी लगायत अन्य संघ संस्थाका उच्च ब्यक्तित्वहरुलाई बोलाएका छौं । उहाँहरुको जवाफको प्रतिक्षामा छौं ।
यो प्रतिगिता आयोजना गर्नुको मुख्य कारण के हो ?
यूरोपमा रहेका प्रतिभाशाली कलाकारलाई अगाडि ल्याउँ । तिनको प्रतिभालाई अझ प्रस्फुटित पारौं। अझ गाडि बढ्ने प्ररणा दिउँ । प्रतिस्पर्धामै गैसकेपछि के हुन्छ भने वालवालिकालाई यो महत्वपूर्ण विषय रहेछ । आफ्नो कला र संस्क्रितिको महत्व रहेछ । यसलाई जोगाउनु पर्ने रहेछ । नेपाली कला र संस्क्रितिलाई अगाडि बढाउनुपर्ने रहेछ भन्ने एउटा भावना जाग्रित हुन्छ ।
अर्को पक्ष के भने यो कार्यक्रम गरेर आउने जुन आर्थिक हुन्छ त्यसलाई दुख परेका बेला प्रयोग गर्ने । हामीले एउटा आकस्मिक कोष राखेका छौं । कुनै नेपालीको दुखदायी अन्त्य त नहोस् तर कथंकदाचित कुनै नेपालीको ज्यान गयो र उसको शरिर नेपाल नै पुर्याउने इच्क्षा छ भने त्यो बेला ठूलो रकम चाहिन्छ । के गर्ने ? त्यस्तो बेला त्यहि कोषको रकम प्रयोग गर्न सकिन्छ । त्यो कोषको रकम नेपाली एकता समाजमा रहेका, संस्थाका नजिक र वरिपरिका मान्छेलाई मात्रै सहयोग नगरेर फ्रन्समा रहेका जुनसुकै नेपालीलाई परेपनि त्यसबाट सहयोग हुने छ ।
सबै नेपालीलाई त भन्नु भयो तर तपाइहरुले निष्पक्ष ढंगले त्यो कोष सञ्चालन गर्नु भएको छ ?
हालसम्मको अवस्था भन्नुपर्दा नेपाली एकता समाजकै आकस्मिक कोष छ । त्यस्तो कोष यस अघि अरु संघ संस्थाले खडा गरेका पनि छैनन् । एन आर एनले गर्न खोजेको हो । त्योपनि पहिले मेरै पहलमा भएको हो । त्यस्तो आकस्मिक कोष हुनुपर्छ फ्रान्समा भन्दा शुरुमा अनेक तर्क आए र त्यो भएन । पछि त्यो कोष उहाँहरुलेपनि राख्नु भएको छ सुनेको हो । त्यसमा राम्रोसित त थाह छैन नै। नेपाली एकता समाजको कोषमा सबैलाई संलग्न गराएर प्रयोग गर्ने भन्ने कुरा चाहिँ अहिले हाम्रो संस्थामा उठेको छ ।
हामीले अहिले आकस्मिक कोषको लागि महिनै पिच्छे दश यूरो उठाएका छौं प्रत्येक ब्यक्तिबाट । त्यसमा हाम्रो संस्थामा भएका मान्छेपनि छन् । नभएकापनि । त्यो कोषमा जम्मा भएको रकम कति भयो ? के भयो ? के हुँदै छ भनेर जान्ने, सोध्ने र खोज्ने अधिकार ति सबै साथीहरुको छ । हामीले अरु संस्थापनि आउन्, बसुन्, त्यसलाई मिलाएर संयुक्त रुपमा लैजाउँ भनेर प्रयास गर्दै छौं।
यो कोष आफ्नो संस्थाको हितको लागि मात्रै प्रयोग हुन्न भनेर तपाइ कसरि अरुलाई निश्चिन्त पार्नुहुन्छ ?
नेपाली एकता समाजले संस्थाको लागि जुन रकम खर्च गर्छ त्यो जुन अन्य कार्यक्रम गरेर एकता समाजकै लागि भनेर उठाइन्छ । यो आकस्मिक कोषको रकमकालागि चाहिँ के गरेका छौं भने एकता समाजको बैंक खातामा अर्को खाता खोल्न मिल्छ । त्यसलाई लिब्रे आ (Livret A) भनिन्छ । कोषको पैसा त्यहि खातामा जान्छ । त्यसलाई मनपरी तरिकाले, हाम्रो खुशिले झिक्न मिल्दैन । हामीले कुन उद्देश्यले कहाँ प्रयोग गर्छौं त्यसलाई खुलाएर निकाल्नुपर्ने हुन्छ । भोली जसले सोधपुछ गरेपनि, बुझेपनि त्यो पैसा झिकेर कहाँ लगियो भन्ने स्पष्ठै थाह हुन्छ । आकस्मिक अवस्थामा मात्रै त्यसलाई प्रयोग गर्नुपर्ने हुन्छ ।
एक पटक फेरी न्रित्य प्रतियोगिता तिरै लागौं। तपाइहरुले अहिलेसम्म यो कार्यक्रमकालागि के के पूरा गर्नु भयो त ?
फ्रान्सस्थित कुटनितिक नियोगका कर्मचारी, नेपालबाट कलाकार रेखा थापा, प्रदीप बम्जन लगायतका वरिष्थ कलाकारहरु आउँदै हुनुहुन्छ नेपालबाट । प्रतियोगिताको मूल्यांकन निष्पक्ष होस् भनेर उहाँहरु मूल्यांकन समितीमा रहनुहुने छ । यूरोपका १३ देशबाट सहभागि हुने निश्चित भैसकेको छ । केहि अझै थपिने आसामा छौं। घटबढ हुन सक्छ । फ्रासमा रहेका नेपाली कलाकारले पनि आफ्नो कला देखाउन पाउने छन् । हामीले कार्यक्रमको तयारी भब्यताका साथ अगाडि बढाएका छौं ।
हामीले धेरै ठूलो हल लिन नसकेपनि आधुनिक प्रबिधीहरु आवाज, माइक, मञ्च लगायत सबै ब्यवस्थित भएको हल लिएका छौं । सुरक्षाको हिसावलेपनि एकदम तगडा छ । पेरिसको १३ वडाको मुटुमै छ हल जसले गर्दा आउने जानेलाई सुविधा हुन्छ । टिकट हामीले भर्खरै बनाएर ल्यायौं र त्यो धमाधम बिक्रि भैरहेको छ । बरु हामीसित टिकट सिमित छ । माग अनुसार टिकट हुने अवस्था देखिएको छ । मान्छेहरुले टिकट नपाइएला भनेर कतिपयले मलाई फोन गरेर ‘ल हाम्रो टिकट सुरक्षित राखिदिनुस् है’ भन्न थालेका छन् । जर्मनी, हल्याण्ड, बेल्जियम बाट २५, ३० वटाको दरले टिकट मागिराखेका छन् । भोली टिकट नपाइने संभावनापनि छ । त्यसैले फ्रान्समा भएका साथीहरुले टिकट छँदै अग्रिम रुपमा लिइदिनुहुन अनुरोध छ ।
टिकट बेलैमा नकिने आउँछु, हेर्छु भनेपनि टिकट नपाइने अवस्था हुन सक्छ भन्न खोज्नु भएको ?
त्यसको सम्भावना बढि छ । हल्याण्ड र बेल्जियमबाट ५०, ६० जनाका दरले आ उँछौं भन्नु भएको थियो। तर हामीले फ्रान्समै आयोजना हुने कार्यक्रम भएकोले यहाँका नेपालीले हेर्न खोज्छन् । प्राथमिकता यहाँका नेपालीलाई हुनुपर्छ । त्यसैले तपाइहरुको उपस्थिति अलि घटाइदिनुस् भनेका छौं । बसेरै हेर्ने सिट चाहिँ २७५ भन्दा बढि छैन । त्यसैले उभेरै हेरेपनि कतिलाई धान्न सकिन्छ र ?
नेपालीहरुले पेरिसमा यस अघि यति ठूलो कार्यक्रम आयोजना गरेको रेकर्ड छ ?
मैले अहिले सम्म देखेका कार्यक्रमहरु मध्ये यूरोप स्तरिय महिला भेला जुन गरेको थियो एन आर एनले त्यो भब्य रुपमा सफल भएको थियो । त्यतिबेलाका कार्यकर्ताहरु सबै मिलेर गएका थिए । मिलाउने पक्षमा थिए । इक्ष्छा थियो । शुरुवात थियो । त्यहि भएर भब्य भएको थियो त्यो बेला । त्यसपछि यूरोपस्तरिय भेला भयो एन आर एनको । त्यो त लाजमर्दो कुरो नै हो । तैपनि यहाँ मान्छे खुशि देखिन्छन् । सय डेढ सय जना आए भनेर उफ्रिने छन् ।
त्यसपछि नेपाली एकता समाजले कलाकार बिजय लामालाइ ल्याएर कार्यक्रम गरेको थियो । त्यो बेला त्यति सानो हलमा कोचाकोच गरेर उभेरै पनि ३५० जनाले हेरे । त्यसपछि अब यो यूरोप स्तरिय न्रित्य प्रतियोगिता भएको र आयोजकपनि नेपाली एकता समाज भएकाले उपस्थिति निकै हुने संभावना छ ।
त्यसो भए, नेपाली एकता समाजले आयोजना गर्ने कार्यक्रम भब्य रुपमा हुने गर्छ ?
त्यो भैराखेकै छ प्राय । त्यो त तपाईहरु सबैले देख्नु भएकै छ । त्यसको कारण के त भन्दा पछाडिबाट गतिलो समर्थ र सहयोग । कार्यकारी समितिका हाम्रा साथीहरुले गरेका काम र कार्यशैली । निश्पक्ष र पादर्शी तरिकाले हुन्छ हाम्रो कार्यक्रम । त्यसले गर्दापनि हामीले बोलाउँदा प्रायले अस्विकार गर्दैनन् हाम्रो कार्यक्रममा उपस्थित हुनको लागि । यो सामाजिक कामको लागि हो भनेपछि खुशिले आउँछन् । किनभने नेपाली एकता समाजले कति काम गरेको छ भन्ने उनीहरुले ब्यवहारमै देखिसकेका छन् । हामी कार्यसमितिका १५ जना साथी छौं। हामीले यसरि मिलाएर काम गरेका छौं कि ति भोग्ने साथीकै प्रयासले पनि सहभागिता धेरै हुन्छ ।
तपाईहरुलाई त्यस्तरि सहयोगको गर्नुको कारण ?
मैले के भन्न खोजेको भने हामीले सडकमा को सुतेको छ भनेर खोजि खोजि सुत्ने ठाउँको ब्यवस्था गर्ने । खाना खाने ठाउँको खोजि गरिदिने । कसलाई के समस्या छ हेर्ने ? दुतावासमा गएर् आवाज उठाउने । फ्रान्समा कसरि कानुनी हैसियत प्राप्त गरेर बस्ने । आपत परेको साथीलाई कसकहाँ लगेर राख्ने ? कसरि गर्ने ? को मार्फत गर्ने ? नयाँ आएर दुख पाएको अवस्थामा कसरि बस्ने ? सारा सहयोग गर्छौं । देशमा द्वन्द भएको बेला यति मानिस ओइरिएकि फ्रान्समा तैपनि हामीले एक एक गरेर सहयोगको कोसिस गर्यौं । हामीले प्रयास गर्दा गर्दैपनि कतिलाई त सहयोग नपुगेको हुन सक्छ । तर हामीले सकेसम्म गरेका छौं। हरेक सोमबार र मंगलबार अनुवादका लागि म लगायत तिन चार जना साथीहरु हुन्छन् । प्रमोदजी त्यस्तै गरेर हिँडेको हुन्छ । घरको ब्यवस्थापन जस्ता काम सुक गुरुङजीले गरिराख्नु भएको हुन्छ । हामीले कुन जाति, कुन धर्म, कुन लिङ्ग, कुन क्षेत्र भन्ने छुट्ट्याएर गरेका छैनौं। निष्पक्ष तरिकाले गरेका छौं सबैलाई। त्यो हिसावले पनि अहमीलाई समर्थन र सहयोग हुन्छ ।
तपाइले १३ देशबाट सहभागिता हुने निश्चित भयो भन्नु भएको छ । ति देशबाट आउनेहरु अलि विशिष्ट खाले नै हुने भए । तिनलाई कस्तो घरमा कसरि राख्ने ? कुन तरिकाले कस्तो सुविधामा राख्ने ? तयारी के छ त ?
कतिपय देशका साथीहरुको कुरा चाहिँ आफैंले होटेलको ब्यवस्था गर्ने भन्ने छ । यहाँका पुराना र प्रतिस्ठित धेरै नेपालीले सहयोगको हात फैलाउनु भएको छ हाम्रा पाहुनालाई स्वागत र सत्कार गर्न । हामीले त्यसको ब्यवस्था गर्न सक्छौं । हामी आफ्नो ईजतर र प्रतिष्ठा बचाउँछौं । कलाकार र आफ्ना अन्य पाहुनाहरुको सुरक्षा र बस्ने ब्यवस्था हामी अवस्यै गर्छौं । सकभर हामी राम्रै ब्यवस्था गर्छौं । नसके पक्कैपनि भुइँमै सुत्न त दिँदैनौं होला ।
नीता श्रेष्ठ फ्रान्समा भएका संघ संस्थाको प्रतिनिधी नभएकाले होला, उहाँ संयोजक भएकाले उहाँले ब्यक्तिगत चाख र उहाँको कार्यक्रम हो भन्ने रुपमापनि केहि मानिसले ब्याख्या गरेको सुनिन्छ । स्पष्ठ पारिदिने हो कि ?
उहाँ फ्रान्सका नेपाली संघ संस्थामा नभएपनि यूरोपमा रहेका नेपाली कलाकारको अध्यक्ष हुनुहुन्छ । उहाँलाई चिनेर, जानेर र बुझेरै त उहाँलाई अध्यक्ष बनाएको होला । उहां कुटनितिक हैसियतले आएपनि उहाँको नीजि जिवन हुन्छ । आफ्नै धारणा र बिचार अनि अस्तित्व हुन्छ । उहाँकोपनि देश प्रति जिम्मेवारी छ । उहाँले आफ्नो त्यहि जिम्मेवारी र चाखले देशको लागि काम गर्नुहुन्छ । उहाँ फ्रान्समा भएकाले फ्रान्सका नेपालीको प्रतिनिधित्व गर्नुहुन्छ । आफू फ्रान्समा रहेकाले यो प्रतियोगिता फ्रान्समा ल्याउँ भन्ने उहाँको चाहना ।
यो त सकारात्मक कुरा हो । फ्रान्समा आइसकेको कार्यक्रम । हाम्रा सन्ततीले हेरेर खुशि बनुन् । केहि सिकुन् । फ्रन्सका नेपालीलेपनि हेर्न पाउने । त्यसैले हामीले सहमती जनायौं । अन्य संघ संस्थाका प्रतिनिधीले पनि एक वर्ष अघिनै यस कार्यक्रमबारे छलफल हुँदा सहमती जनाएका हुन् । तर उहाँहरुले पछि बिर्सिनु भयो । हामीले भने बिर्सेका छैनौं। मैले भनिहालें हाम्रो सबै काम पारदर्शी हुन्छ । कहाँ के लेखेर, सहमती गरेर आयौं माइन्युटमा हुन्छ । त्यो बिर्सेका हुन्नौं। हामी आफूले बोलेको कुरा पूरा गर्छौं । हामीले हस्ताक्षर गरेको कुरा एक वर्ष त के १० वर्ष पछिपनि लागू गर्छौं। नीता श्रेष्ठ कसैले संस्थामा छैन भन्छ भने उसलाई के जवाफ दिन चाहन्छु भने यूरोपकै कलाकारको अध्यक्ष भैसकेपछि संस्थामा त त्यसै हुनु भयो नि हैन र ?
एकदम निष्पक्ष होस् भनेर राष्ट्रिय स्तरका कलाकारलाई बोलाउनु भएको हो ?
यो भन्दा अगाडिका कार्यक्रम बेल्जियम, हल्याण्डमा भए । म हेर्न गएको त थिईन । तर छनौट समितिमा त्यहि देश (प्रतियोगितामा भाग लिने देश ) का मान्छे राख्दा आफ्नो देशका कलाकारलाई अलि प्राथमिकता दिएको भन्ने गुनासो आए भन्ने सुनियो । समाचारहरु देखियो । त्यसो नहोस् भनेर हामीले राष्ट्रिय कलाकारलाई छनौट समितिमा राख्ने निर्णय गरेका हौं ।
आयोजक एकता समाज होस् वा यसमा सहभागि हुने यूरोपका अन्य देशका ब्यक्ति । कसैलाईपनि छनौट समितिमा नराखौं । स्वतन्त्र र निष्पक्ष होस् भनेर हामीले नेपालबाट वालवालिकाको क्षेत्रमा नाम कमाएका कलकार प्रदीप बम्जन, नायीका रेखा थापा र मिथीला शर्मा जस्ता कलाकारलाई निम्ता गरेका छौं । भोलीको दिनमा कोको आउन सक्नुहुन्छ निश्चित भैसकेको छैन ।
तपाईहरुले यत्रो ठूलो कार्यक्रम आयोजना गर्दै हुनुहुन्छ । यहिँ का संघ संस्थाहरु किन आवद्द हुन सक्नुभएन ? यसको पछाडी के कारण होला ? कि प्रस्ताबनै गर्नु भएन ?
प्रस्ताव गर्ने नगर्ने कुरा नगर्नौ न । यो कार्यक्रम गर्ने भनेपछि एक वर्ष अघि संयोजक नीता श्रेष्ठको घरए मा बसेर नै यो कार्यक्रम गर्नु पर्छ भनेर सहमती जनाउनेमा नेपाली सांस्क्रितिक ग्रिह र एन आर एन थियो । यत्रो कार्यक्रम हामी बसेको देशमा आउनु सौभाग्यको कुरो भएकोले गर्नुपर्छ भनेर दस्तखत गरेको हो । अहिले पुरानो माइन्युटलाई बिर्सेर नगर्ने त्यो कार्यक्रम भन्नु भयो । अस्ति तपाइकै वेभसाईटमा त्यसबारे निस्किँदापनि कति हंगामा भयो। तर म के भन्छु भने उहाँहरुले एक वर्ष अघिको माईन्युट हेर्नु पर्यो अहिलेको होइन ।
संसारभरि संगठित भएको एन आ र एनले यहाँका नेपालीलाई कसरि मिलाएर लानु पर्छ भनेर सोच्नु पर्ने हो । तर उहाँहरुले सिधै गर्न सक्दिन भन्नु भयो । मेरो नजरमा के छ भने यो कार्यक्रम गर्न कम्तिमा आठ नौ हजार यूरो खर्च हुन्छ । सायद बजेटको कुरा हेर्नु भयो कि ? कसरि के गर्ने भनेर हेर्नु भो कि ? उहाँहरुले सिधै नकार्नुभयो । पछि आएर हामीपनि घुस्छौं भन्नुभयो । उहाँहरुले ‘नो’ भनेपछि नीता म्याडेमलाई हामीले समर्थन गर्यौं। हामीले एक महिनाको तलब राखेर भएपनि गर्छौं भनेर हिम्मत गर्यौं । पछि आएर बाहिरी रुपमा सहयोग गर्छौं भन्ने कुरो निस्कियो। बाहिरका देशकालेपनि सहयोग गर्छौं भनेपछि हामी पनि आउँछौं भन्नु भयो । एक पटक गर्छौं भनिसकेको कुरोलाई हामीले कसरि ओल्ट्याङ पल्ट्याङ गर्ने ? त्यसपछि हामीले नै अनेक प्रयास गरेपछि सहयोगि संस्थाका रुपमा आउँछौं भन्ने कुरो भएको हो । त्यसमापनि म के भन्छु भने सहयोग गरे सहयोगि संस्था हो । सहयोग नै नगरे के सहयोगी संस्था ?
सहयोग गर्ने भन्ने तर अप्रिल १ मा अर्को कार्यक्रम राख्ने । हाम्रो भनाइ के हो त भन्दा यत्रो ठूलो कार्यक्रम हामी सबै मिलेर सफल पारौं। बरु मेमा बुद्द नेपालमा जन्मेका हुन्, लुम्बिनी र कपिलवस्तुमा पर्छ भन्ने कार्यक्रम मिलेर गरौं भनेका थियौं। तर उहाँहरुले त्यो कार्यक्रम पनि गर्ने र यो अप्रिल १ को कार्यक्रम गर्ने भनेर भन्नु भयो। तर सांस्क्रितिक ग्रिहले चाहिँ सकारात्मक तरिकालेनै आउँछु भन्नु भएको छ । आर्थिक सहयोगपनि दिने बचन दिइसक्नुभएको छ । उहाँहरुलाई धन्यावाद छ । एन आर एनको विषयमा यहि हो । सहयोग गरे सहयोगी संस्थाको रुपमा राख्ने हो नगरे राखेकालाईपनि हटाउन सकिन्छ ।
भविष्यमा थाहा हुन्छ सहयोग गरेको नगरेको । अहिले चाहिँ असहयोग गर्नु भयो । हाम्रै कार्यक्रम थियो नयाँ वर्षको उपलक्ष्यमा फूटबल खेल्ने । यहि कार्यक्रमलाई भनेर हामीले २७ मे मा सार्यौं। उहाँहरुले चाहिँ यहि कार्यक्रमको अगाडि अप्रिल १ मा अर्को कार्यक्रम राखिदिनु भयो । यहाँका सर्व साधारणलाई पनि त गारो कुरो हो । कतिले काम गरेका छन् । कतिले छैनन् । भोली कसको कार्यक्रममा जाउँ कसकोमा नजाउँ। सर्व साधारणलाई आर्थिक समस्याको कुरोपनि हुन्छ नी ! त्यहि कार्यक्रमलाई किन सामूहिक तरिकाले गरिएन त ? यसमा चाहिँ मैले कुनै शंकाको गन्ध पाएको छु। त्यो गन्ध मैले मात्रै होइन त्यो षडयन्त्रको गन्ध नेपाली एकता समाजले पाएको छ । यदि त्यो षडयन्त्र हो भनेपनि हामी यो कार्यक्रम जसरिपनि सफल बनाउँछौं। उहाँहरुलाई नै दूर्भाग्य हुने छ ।
नेपाली कला र संस्क्रितिको जगेर्ना गर्ने, प्रचार प्रसार गर्ने काम बिदेशका नेपाली नियोग र दुतावासको पनि हो। यसमा दूतावासको कस्तो सहयोग पाउनु भएको छ त ?
नेपाली दुतावासले आफ्नो ठाउँबाट गर्नु भएको होला । ठाउँ ठाउँमा गर्नु भएको छ । हामीले पनि गएर देखेका छौं। यो कार्यक्रमको लागि चाहिँ मैले सहयोगको लागि शुरु देखिनै भनेको थिएँ। त्यसको लागि हामी पछि कुरा गरौंला भन्नु भयो। दुई पटक सम्म मैले भनेको हो। त्यसपछि केहि भएको छैन । बिचमा आएर चाहिँ को हो ? के हो ? कस्तो कार्यक्रम भनेर दुतावासमा कार्यरत सन्तोस कक्षपतीले प्रश्न राख्नु भएको थियो। नीता म्याडेमलाइ अलिकति टार्गेट गरेर उहाँले भन्नु भयो । त्यस्तो मान्छेको कार्यक्रम एकता समाजले गर्ने हो ? भनेर भन्नु भयो । त्यसमा मैले स्पष्ठ धारणा राखें। राजदूत वा रामे श्यामे जसले ल्याएपनि राम्रो कार्यक्रम कसैले ल्याउँछ भने त्यो कार्यक्रमको हामी स्वागत गर्छौं। यूरो एकल न्रित्य प्रतियोगिता फ्रान्समा जोसुकैले ल्याएपनि राम्रो हो भनेर नेपाली एकता समाजले आयोजना गरेको हो ।
कतिपय अनावश्यक कुरा पनि भएका छन्। को प्रमुख अतिथि बन्ने ? को अतिथि बन्ने ? कसले टिकट काट्ने ? कसलाई नकाट्ने ? निम्ता
गर्ने नगर्ने ? सहयोगको लागि आव्हान गर्ने । कसरि आयोजना गर्ने यो सबै आयोजक संस्थाको अधिकारको कुरा हो । दुतावास भनेको नेपालीको घर हो । पहिले राजा सित कसम खान्थे होला राजदूतले । अहिले सायद राष्ट्रपतीसित खालान् । त्यसैले पहिलो प्राथमिकता त्यहाँ भएका नेपालीलाई सहयोग गर्नु, आवाज सुन्नु भनेर पठाएको हुन्छ । त्यसैले सुखमा आएर हाँसिदिने र दुखमा आएर रोइदिने उहाँहरुको काम हो । हामी त्यहि आसा गर्छौं। उहाँहरुले अवश्य सहयोग गर्नुहुने छ भन्ने हामीलाई आशा लागेको छ । अहिले हामी आशा मै छौं उहाँहरुले के आशा गर्नुहुन्छ हेर्दै जाउँ।
तपाईहरुले यत्रो तयारि गर्नु भएको रहेछ । एक खाले मान्छेहरुले त केहिपनि भएको छैन भन्दै छन् त ?
त्यो नदेख्ने र नबुझ्नेले बोलेको कुरा हो । हामीले हल बुक, तिकट बिक्रि, छपाई, पाहुना राख्ने, खाना बनाउने लगायतका कुरा गरिसकेका छौं। हप्ता हप्तामा नयाँ के के भयो भनेर हामी बैठक बस्ने अपडेट हुने गर्छौं। त्यो अनुसार काम धेरै भैसकेको छ । बिदेशको ठाउँ हो सबै एकै दिन हरेक दिन बस्न सकिन्न । काम जे हुनु पर्ने हो त्यो भैरहेको छ ।
मेडियाहरुमा पनि हामी सस्तो लोकप्रियता बनाउन चाहँदैनौं। किनभने काम गरेको देख्नेले देखिहाल्छन् । हामीले एक पटक सहयोगको हात पसार्यौं। त्यसपछि मेडियाको पछाडी हामी लागेका छैनौं । तपाई काम विशेषले भैरहेको यी कुरा भए। समितिमै हुँदापनि हामीले भनेका थिएनौं। भनेको भए अवस्यैपनि तपाइले पनि गर्नुहुने थियो। त्यसैले हामीले सस्तो लोकप्रियता चाहेका छैनौं। बरु यहाँका नेपालीलाई हामीले छुटाउन चाहेका छैनौं। सकभर सबै नेपालीले जानुन्, बुझुन् र जानुन्। मेरो यहि आग्रह छ ।
यो कार्यक्रममा चलखेल भएकोपनि सुनिन्छ । असफल पार्न खोजेको भन्नेपनि सुनिन्छ । त्यस्तो भयो भने कसरि सफल पार्नुहुन्छ ?
यो राम्रो लक्ष्य लिएर गरेको कार्यक्रम हो । राम्रो कार्यक्रम लिएर जो आएपनि हामी त्यसको स्वागत गर्छौं जुन कुरा मैले अघिनैपनि भनिसकें। नेपाल र नेपालीको भलाई हुने कार्यक्रम तपाईले नै ल्याउनुहुन्छ भनेपनि सहयोग र साथ दिईन्छ । फ्रान्समा भएका नेपालीहरु त्यति मूर्ख छैनन् । यस्तो कार्यक्रममा अहिलेसम्म हामीले नेपालीको सहयोग पाएका छौं । भोलीपनि अवश्यै पाउँछौं। कार्यक्रम अवश्यै सफल हुन्छ । कथंकदाचित कसैले भाँजो हाल्छ भनेपनि त्यसलाई सामना गरेर कार्यक्रम सञ्चालन गर्ने क्षमता नेपाली एकता समाजसित छ । हामी त्यो भाँजो हाल्नेलाई सफल हुन दिने छैनौं। कार्यक्रम लिएर आउने नीता श्रेष्ठले हात झिकेपनि अब त यो नेपाली एकता समाजको नाकमा आइसक्यो । हाम्रो टाउकोमा आइसकेको कार्यक्रमलाई हामी जसरिपनि गर्छौं। यदि कुनै टाउकेले यो कार्यक्रम यहाँ हुनुहुन्न भन्छ भने हामी जसरिपनि यो कार्यक्रम् गर्छौं । त्यसको लागि हामीले यहाँको प्रशासनसित सहयोग लिएर पनि गर्छौं। सुरक्षाको ब्यवस्थापनि हामीले मिलाइसकेका छौं। किनभने हामी यहाँको मेयर कार्यालयमा आधिकारिक रुपमा दर्ता भएका छौं। त्यसैले यो कार्यक्रम शान्ति, सुव्यव्स्थित र मर्यादापूर्ण तरिकाले शानदार रुपमा सफल हुन्छ ।




