नेपालीहरुको यूरोप स्तरिय न्रित्य प्रतियोगिता भब्य तयारी !
नेपाली कलाकारहरुको प्रतिभालाई नेपाल र नेपालीबिच चिनाउनु, नेपाली वालवालिकालाई आफ्नो संस्क्रिति र कलाबाट परिचित गराउनु, नेपालको कला र संस्क्रितिलाई बिदेशमा चिनाउने र नेपाली कलाकारका विविध समस्यामा सहयोग गर्नु । यस्तै मुख्य उद्देश्य राखेर आयोजना गरिँदै आएको थियो नेपालीहरुको एकल न्रित्य प्रतियोगिता यूरोपमा । यो पटक फ्रान्सले पायो ।
अप्रिय १५ मा हुने यो कार्यक्रम जति नजिकिँदै छ उति चासो बढ्दै छ । उति तयारीहरु हुँदै छन् । उतिनै दौडधुप, चर्चा, जिज्ञासा र चासो तिब्र भएको छ । हिजो सोमबार हामीले पनि यसैको तयारीकालागि लामो बैठक बसेर बुँदागत छलफल गरेर निर्णय लियौं ।
यो प्रतियोगिताको आयोजक समिती मध्ये म आफूपनि भएकाले मपनि सहभागि हुने नै भएँ । हामीले हिजोको बैठकबाट केहि महत्वपूर्ण निर्णय गर्यौं । कार्यक्रम बारे भए गरेका उपलब्धि र कामहरु हेर्दा कार्यक्रम बेजोडको हुने देखियो ।
अतिथि सत्कार कसरि गर्ने ? अन्य देशबाट आउने पाहुनेलाई कसरि राख्ने ? खानपिन कसरि कसले मिलाउने ? प्रचारप्रसार कसरि गर्ने ? हलको प्राविधिक पक्ष कसले हेर्ने ? टिकट बिक्रि, टेबल सजावट, सुरक्षा ब्यवस्था कसरि मिलाउने ? कति जना कस्ता बक्ता राख्ने ? कति समय बोल्न दिने ? बक्ताको मन्तब्य कहिले सम्म आयोजककहाँ आइपुग्नुपर्ने ? सारा विषयमा छलफल गरेर निर्णय लियौं ।
यो कार्यक्रमको मुख्य आयोजक नेपाली एकता समाज मात्रै होइन, यूरोप भरिका प्रतिस्ठित नेपालीहरुको समेत उपस्थिति रहने भएकाले यसको सफलता र असफलता हामी फ्रान्सवासी सबै नेपालीसित गाँसिएको प्रतिष्ठा हुनाले यसलाई ब्यवस्थित र भब्य रुपमा सफल पार्न हामी एकमतले कस्सियौं। केहि काम यहि हप्ता भित्रैमा सकेर छिनोफानो गर्नुपर्ने निर्णय पनि भयो । कार्यक्रम हुने १३ वडाका सरकारी प्रतिनिधी, यहाँको बैदेशिक मन्त्रालय, सांस्क्रितिक संस्था, नेपाल बारे चासो राख्ने फ्रान्सेली संस्था र अनुसन्धानकर्मी तथा अन्य फ्रान्सेली मित्रहरुलाईपनि निमन्त्रणा गर्ने निर्णय गरियो । यसको लागि जिम्मेवारी तोकियो ।
नेपाली एकता समाजका अध्यक्ष तत्प भण्डारी, उपाध्यक्ष, प्रमोद पाण्डे लगायत सुक बहादुर गुरुङ, पारु मल्ल, कमल बिक्रम केसी, दिल कुमार गर्बुजा, नारायण राना, रमा मगर र म स्वयं थियौं । कार्यक्रम बारे केहि भएको छैन, सुनसान छ भन्नेहरुलाई हल बुक, टिकट बिक्रि, लोगो निर्माण, सहभागिहरुको नामावली, निमन्त्रणा, कार्यक्रमको सानो खाका सहित प्रस्तुत हुँदा साथीहरु भित्र भित्रै गज्जबले कस्सिएको देखियो । अब आज बाट लिइएका जिम्मेवारीमध्ये केहि हप्तादिन भित्रैमा पूरा गरिने छन् । अन्तिम अवस्थामा गरिनुपर्ने कामकालागि पनि साथीहरु एक जुट भएर कस्सिए । उठ्ने बेलापनि साथीहरु भन्दै थिए ‘हाम्रो नाक जोगाउनपनि यसलाई भब्य बनाउनुपर्छ’।
-कार्यक्रममा कसरि भाग लिने, नियम के के हुन्, यूरोपका कुन कुन देशमा कस कसलाई सम्पर्क गर्ने ? यी सबै जानकारीको लागि यहाँ क्लिक गरेर हेर्नुहोला।
-(यस कार्यक्रमबारे अझ स्पष्ठ पार्न र रहेका भ्रमहरु चिर्न यो कार्यक्रमको मुख्य आयोजक संस्था नेपाली एकता समाजका अध्यक्ष तप्त भण्डारीसित नेपालप्लसले लिएको अन्तर्वार्ता प्रतिक्षा गर्नुहोला)





