आइतवार जम्ने भो पेरिसमा फागू

धेरै वर्ष भो फागु नखेलेको । वाल्यकालमा पिचकारी हान्दै र फागु धस्दै हिँडेको सम्झनाले अहिलेपनि सताउँछ मलाई । तर बिदेश भासिएपछि मन अमिलो पार्‍यो, सम्झियो बस्यो । बिगतमा बाटाघाटा र खेत बारी दगुरी दगुरी संगी र सँगीनीलाई अबिर धसिदिएको सम्झ्यो बस्यो मुख्य मिठ्याउँदै । तर अचम्म, यतिका वर्ष पछि यो बिदेशी मुलुकमा त्यसै गरि होली खेलिने भयो । भोली आइतबार मार्च १० तारिख नेपाली सांस्क्रितिक ग्रिहले होली मनाउने कार्यक्रम राखेको रहेछ । गाइँगुइँ सुनेपनि निश्चित हुन मैले ग्रिहका अध्यक्ष हेमन्त उपाध्यायसित सम्पर्क गर्न खोजें । संयोगले भाउजु रेवा उपाध्याय भेट हुनु भो । त्यहि होलीमा सहभागीका लागि सामान किनेर भर्खर भित्रिएका रहेछन् घरमा । भने, पहिलो पटक मनाउन लागिएको होली भब्य बनाउनु पर्छ है ?

सम्भवत नेपालीहरुले होली पर्व मनाउन लागेको पहिलो हो यो यूरोपमै । नेपाली सांस्क्रितिक ग्रिहले यो पर्व आयोजना गर्नु स्रिजनात्मक हो । र हो तराईका समूदायको चाडलाईपनि पहिचान गर्नु । महत्व दिनु । हामी समान हौं भनेर हेर्नु । त्यसैले आइतवार १२/३० बजेदेखि होली खेल्न पर्व तय गरिएको छ । यो पर्व प्राय नेपालीका चाड र कार्यक्रम हुने गरेको त्यहि मेजो आल्फर्ड स्टादमा हुँदै छ ।

होली खेल्नका लागि भाउजुहरुले तिन चार पटक रङ खोजि खोजि जोहो गरेका रहेछन् । मज्जाले होलि खेल्यो अनि उहि नेपालमा फागू मनाउंदा झैं सँगै खायो । प्रवेश शुल्क सँगै छ खाना र पेयको ब्यवस्था पनि । नेपाली साँस्क्रितिक ग्रिहका सदस्य बनेका र विध्यार्थीलाई प्रवेश शुल्क १० यूरो छ । १२ वर्ष मुनिका लागि निशुल्क । १२ वर्ष देखि १६ सम्मका लागि पाँच यूरो र त्यसमाथिकाको लागि १३ यूरो । त्यसमा खाना देखि चिया, कफी र अन्य पेय पदार्थपनि छ । त्याति मात्रै हो र ? नाचगान, न्रित्य र गायनकालागि पनि तयारि उत्तिकै छ । नेपाली वालवालि काहरुलाई तराइका न्रित्य देखाउन ब्यायाम गराइराखेकि छन् निता श्रेष्ठले । त्यसैले होलीको रमाइलो सँगै नाचगानको रमाइलोपनि उत्तिकै जम्दै छ ।

साथी हो, जमिन्छ है होली यस पटक ! दह्रो र खुल्ला मनले आउनुहोला । आफूलाई त भोलिको रात बितेर कहिले १२ बज्ला झैं भा’को छ । यूरोपमै सायद पहिलो पटक होला यस्तो होली हुन लागेको फ्रान्समा । पछि होली त यस्तो जमेछ कि यस्तो जमेछ कि भन्ने सुन्दा चुक चुक लाग्ला । हेर क्या झुर भो छुटेछ भन्दै पुन्पुरोमा हात राख्नु पर्ला ! त्यसैले वरिपरिका सबै साथीभाइलाई लिएर आ उनुहोला । नसक्नेले खबर गरिदिनुहोला है ?

कार्यक्रम फेरी एक पटक हेर्नुस्

कार्यक्रम हुने दिन – आइतवार मार्च ११

समय – दिनको १२ / ३० बजे

मेट्रो- मेजो आल्फर्ड स्ताद

लाइन-

प्रवेश शुल्क (खाना सहित) :

विध्यार्थी र ग्रिहका वार्षिक सदस्यकालागि – १० यूरो

१०-१६ वर्ष सम्मकालागि – ६ यूरो

१६ देखि माथिकालागि -१३ यूरो

(प्रवेश शुल्क, नाचगान, चिया कफी र पेय सहित)

तपाइँको प्रतिक्रिया