कविता : सुन्यता
● नवराज न्यौपाने / ताइपेइ, ताइवान
टिलपिल टिलपिल गर्दै चम्किने ताराहरु
अस्तित्वमा हुँदापनि
बादलको घेरामा कैद भए जस्तो
एक स्वच्छ गगनको खोजीमा ||
++++++++++++++++++
फिरफिर फिरफिर गर्दै हल्लिने पिपलका पातहरु
हावाको क्षणिक प्रतिक्षामा हुँदापनि
सारा लोकमै सन्नाटा छाएजस्तो
एक सर्को वायुको खोजीमा ||
++++++++++++++++++
ढुकढुक ढुकढुक गर्दै धड्किने मुटुहरु
मानव चोलामा हुँदापनि
बाच्नुको अर्थ नबुझे जस्तो
एक जीवन दर्शनको खोजीमा ||
++++++++++++++++++
मन को बह पोख्न नपाएर
औडाहा हुँदापनि
देखावटि दैनिकी दौडाहामा कुदे जस्तो
एक क्षण मौनताको खोजीमा ||
++++++++++++++++++
बिचारका ज्वारभाटालाई चिर्दै
आफ्नै धड्कन को गति नाप्दा
सुन्यता भित्रको सुन्यतामा बिलिन भए जस्तो
एक स्वछन्द शान्तिको खोजीमा ||





