सम्बोधनको भोलिपल्टै राजावादीसँग सुटुक्क

prachanda.jpgप्रधानमन्त्री पुष्पकमल दाहालले नातावादको व्यवहार आफूले सच्याउने आइन्दा नागरिकले पनि यस्तो काम गर्नु नपर्ने स्थितिको सिर्जना गर्छु भनि भाषण गरेको २४ घन्टा नबित्दै अर्को एउटा नातावादी निर्णय गरेका छन् आइतबारको सम्बोधनमा उनले भनेका थिएप्रधानमन्त्री मन्त्रीहरूबाट नातावादको व्यवहार गरिँदै उनीहरू विलासमुखी जीवनशैलीतर्फलहसिँदै छन् भनी नागरिक तहबाट गरिएका गुनासालाई मैले गम्भीर रूपमा लिएको छु  

सोमबार आमनागरिकले प्रचण्डको सम्बोधन पत्रपत्रिकामा पढिसक्नै भ्याएका थिएनन्, तर उनले आफू प्रमुख रहेको पार्टीको कार्यालय प्रमुखमा आफ्ना भाइलाई नियुक्त गरेका छन् पार्टीप्रमुख दाइ कार्यालय प्रमुख भाइ बनेपछि नातावाद सच्याउने प्रधानमन्त्रीको भाषण हँसिमजाकमा परिणत भएको

स्रोतअनुसार प्रचण्डले आफ्ना भाइ चितवन का सभासद नारायण दाहाललाई बुद्धनगरस्थित केन्द्रीय कार्यालयको प्रमुख बनाएका छन् उता, क्षेत्रीय ब्युरो सदस्य रहेका पूर्व अन्डा व्यापारी भतिज समिर दाहाललाई प्रधानमन्त्रीले यसअघि नै आफ्नो पिए बनाइसकेका छन् बुहारी कल्पना बिसुराललाई रेडियो नेपालमा घटना विचार कार्यक्रममा नियुक्त गरिएको भर्खरै भक्तपुरको खरिपाटीमा सम्पन्न राष्ट्रिय कार्यकर्ता भेलामा मोहन वैद्यपट्टी लागेका पूर्व कार्यालय सचिव श्रीराम ढकाल, प्रशान्तुलाई प्रचण्डले तमुवानको सहइन्चार्ज बनाएर लखेटेका छन्

पार्टी एकता भएपछि पुराना त्यागी नेता, कार्यकर्ताहरू पाखा लाग्ने गरेको दृष्टान्तका रूपमा माले मार्क्सवादीबीचको एकतापश्चात् गठित एमाले तथा प्रजातान्त्रिक कांग्रेस नेपाली कांग्रेसबीचको एकताकै उदाहरण पर्याप्त हुँदाहुँदै यस्तो संकट माओवादीमा पनि देखिन थालेको लामो समय जनयुद्धमा लड्दै आएका तिलक परियार अहिलेसम्म राज्यसमितिमै सीमित छन्, यता एकताकेन्द्रबाट प्रवेश गरेका आहुति पोलिट्ब्युरो सदस्य बनेका छन् त्यस्तै, अखिलका पूर्वकेन्द्रीय अध्यक्ष देवेन्द्र पराजुली, लेखनाथ न्यौपाने अहिलेसम्म क्षेत्रीय ब्युरोमै सीमित छन् भने उता माले अखिलबाट आएर उनैको मातहतमा काम गरेका कृष्ण केसी, एकताकेन्द्र समर्थित अखिलबाट आएका प्रकाश पोखरेल, जीवन गौतम आदिलाई केन्द्रीय सदस्य बनाइएको ०४० सालदेखि क्रियाशील जीवन्त (मोहन कार्की) आरबिएम मात्रै छन् शिक्षक संगठनका गुणराज लोहनी नवलपरासीका ठाकुरप्रसाद चापागाईं (आँपेकान्छा) पनि जहाँको त्यहीँ छन्  हालै सम्पन्न पार्टीको बैठकमा सहभागीहरूले सरकारको आलोचना गर्दा नारायणकाजी श्रेष्ठ (प्रकाश) ले प्रचण्डभन्दा अघि सरेर सरकारको बचाउ गरेका थिए सरकारी मोर्चा कमजोर भयो, यही ताल हो भने पार्टी सफल हुन्छ भन्ने प्रायः सबै सदस्यको गुनासो थियो प्रकाशले यो सरकार ढल्यो भने सम्पूर्ण चिज गुम्छ भनेपछि माओवादीका पुराना नेताहरूले सुरुमै ध्यान सरकारतिर ? भन्दै प्रकाशप्रति व्यंग्य गरेका थिए बैठकमा पाँचजनाको कार्यालय बनाउने प्रचण्डको प्रस्ताव पनि पारित भएन पोलिट्ब्युरो सचिवालय हुँदाहुँदै धेरैवटा तह किन चाहियो ? भन्दै सदस्यहरूले त्यसलाई अस्वीकार गरिदिएका थिए पाँचजनामा सिपी गजुरेलको नाम छुटाइएकोमा केहीले आक्रोश पोखे उता पार्टी प्रवक्ता दीनानाथ शर्माले आफूलाई सचिवालयमा नलगे पोलिट्ब्युरोबाट राजीनामा दिन्छु भनेपछि १५ जनाको सचिवालयमा भोलिपल्टै उनको नाम थपेर १६ सदस्यीय बनाइएको थियो ४५ सदस्यीय पोलिट्ब्युरोको एकतिहाइ सचिवालयमा रहने भन्ने विधानको व्यवस्था पनि यसबाट उल्लंघन भएको यसैगरी, घुर्क्याएर पद माग्नेहरू देशभरि कति छन् भन्दै केही सदस्यले जानकारी मागेको स्रोतले बतायो  

दरबारियासँ प्रचण्ड लुसुक्क

 प्रधानमन्त्री प्रचण्डले आइतबार साँ सम्बोधन गरिसकेपछि त्यसको प्रतिक्रिया सहयात्री दल, कार्यकर्ता आमनागरिकबाट होइन, शाहीकालका हर्ताकर्ताहरूबाट लिएका छन् सम्बोधनमा पुराना आयोग (मल्लिक रायमाझी) का दोषीलाई कारबाही गर्ने उल्लेख भएपनि प्रधानमन्त्रीले शाहीकालका मास्टरमाइन्ड एवं रायमाझी आयोगमा समेत नाम मेटाउन सफल रमेशनाथ पाण्डेलाई हिजो बिहान भेटेर सम्बोधनबारे प्रतिक्रिया मागेका छन् पाण्डेले उनलाई औधी राम्रो भनेर प्रशंसा गरेको स्रोतले बतायो त्यसैगरी प्रधानमन्त्रीले सोमबार बिहान बद्नाम व्यापारी एवं पूर्वराजा ज्ञानेन्द्रका ज्वाइँ राजबहादुर सिंहका व्यापारिक पार्टनर, उदीयमान नटबरलाल अजय सुमार्गीसित सुटुक्क भेट गरी आफ्नो सम्बोधनमाथि व्यापारीहरूको प्रतिक्रिया के भनी राय मागेका थिए  

साभार-जनआस्था साप्ताहिक, बुधबार, १५ माघ २०६५

तपाइँको प्रतिक्रिया