यस्तो भो ‘त्यो नेपाल’ बिमोचन

किताब गएको बिहिबार बिमोचन गरियो फ्रन्सेली सांस्क्रिति केन्द्र भवन, कठमाडौंमा । आयोजक थियो, फ्रान्सेली सांस्क्रितिक केन्द्र । नेपालका केहि उच्च पदस्त कर्मचारी, मेडियाकर्मी, साहित्यकार, काठमाडौंमा रहेका फ्रान्सेली रहेछन् । सबै जानकारी त आफू उपस्थित नभएकाले पाउन सकिन नै ।

पुस्तक काठमाडौं स्थित फ्रान्सेली दुतावासका उपनियोग प्रमुख जँ रोम्निसियोले बिमोचन गरे ।

त्यसपछि परराष्ट्र मामिलामा जानकार तथा  फ्रान्सकालागि नेपालका पूर्व राजदूत केशवराज झाले टिप्पणी गरेका थिए । उनले किताब निकै राम्रो र राजपरिवारबारे लेखिएका केहि कुरा भने अलि नमिलेको बताएछन् । अहिलेसम्म राजदूत भएर फ्रान्स आएका मध्ये केशवराज झा सबैभन्दा जानकार, क्षमतावान र राम्रो काम गरेको भनेर चिनिन्छन् । नेपाललाई माया गर्ने थुप्रै फ्रान्सेली छुटेको पनि बताएछन् उनले ।

कनकमणी दिक्षितले यो किताब प्रकाशन गरेर जगदम्बा प्रकाशनले राम्रो विषय छानेको, सहि छनौट गरेको बताएछन् । पुस्तक बिमोचनमा वरिष्ठ साहित्यकार कमलमणी दिक्षितपनि पुगेका रहेछन् । फ्रान्सेली अधिकारीले के के भने, पुस्तक बिमोचनमा के के भो ?  कार्यक्रममै पुगेकै एक मित्रको टिप्पणी पढ्नुहोला अलि पछि।

तपाइँको प्रतिक्रिया