जनदूश्मन किटान गर्दै फेरी बक्तब्य
पत्रकार कनकमणी दिक्षित, मानव अधिकारवादी सुबोध प्याकुरेल र संयुक्त राष्ट्र संघका जागिरे कुलचन्द्र गौतमलाई जन दुश्मन भनेर लेख छपाएको विषयले झनै बिबाद र अझ गरमागरम स्रिजना गर्दै छ । जन दुस्मन घोषणा गरेको भन्दै यी तिन पात्रले प्रधानमन्त्री डा बाबुराम भट्टराईलाई लाल रक्षकमाथि कारवाहीको माग गरेका थिए । निबेदनमा लाल रक्षक नेकपा माओवादी पार्टीको मुखपत्र भनेर निबेदन गरेकोमा लाल रक्षक मासिकले आपत्ती जनाउँदै फेरि प्रेस बक्तब्य जारी गरेको छ । भनिएको छ “उत्साहित र अग्रगामी युवाहरुको स्वपहलमा मुलुकप्रति चिन्तित हुँदै अग्रगामी रुपान्तरण र जनताको पक्षमा प्रकाशन गरिएको पत्रिकालाई एकिक्रित माओवादीको मुखपत्रको रुपमा इंगित गरिएकोमा हाम्रो गम्भिर आपत्ती छ । यो लालरक्षक प्रकाशनको निजत्वमाथिको प्रहार हो ।”
बक्तब्यमा फेरिपनि दिक्षित, गौतम र प्याकुरेललाई जनताको मित्र भन्न नसकिने उल्लेख छ । भौतिक कारवाही हुन सक्ने भन्दै प्रधानमन्त्रीलाई सचेत गराएकोमा लाल रक्षकले आपत्ती जनाएको छ । बरु भैतिक कारवाहीको प्रिष्ठभूमी तयार गरेर लालरक्षकमाथि अपराधीको आरोप लगाउने षडयन्त्रको प्रिष्ठभूमी तयार गर्न खोजेको भनिएको छ । उनीहरुले राष्ट्रको गोपनियता र संवेदनशिलताको सौदाबाजी अग्रेर अकुत सम्पत्ती कमाएको आरोपपनि लगाएको छ । त्यसरि कमाएको सम्परीको अख्तियार दुरुपयोग अनुसन्धान आयोग र संवन्धित निकायलाई छानबिन गर्न भनिएको छ । लाल रक्षकको बिज्ञप्ती हेर्नुस् ।
उनिहरु जनदूश्मन नै हून् : लालरक्षक
लालरक्षक मासिक बर्ष ४ अंक ५ मा उल्लेखित आवरण र आवरण लेखका बारेमा उक्त लेखमा उल्लेखित पात्रहरु क्रमश : कुलचन्द्र गौतम, सुबोधराज प्याकुरेल र कनकमणि दीक्षितद्धारा प्रधानमन्त्री कार्यालयमा दर्ता गरिएको पत्र भन्दै मिडियामा छापिएको व्यहोराप्रति हाम्रो गम्भीर ध्यानाकर्शण भएको छ । कथित एनजिओ, आइएनजिओको खोल र लगानीमा मानवअधिकार र प्रेस स्वतन्त्रताको वकालत गर्ने उजुरीवालाहरुद्धारा स्वतन्त्र प्रेस र अभिव्यक्ति स्वतन्त्रताको खिल्ली उडाउदै“ लालरक्षक मासिक र यसको सम्पादन टिममाथि कारवाहीका निम्ति गरिएको ठाडो माग हामी खारेज गर्दछौ । उत्साहित र अग्रगामी युवाहरुको स्वपहलमा मुलुकप्रति चिन्तित हुदै“ अग्रगामी रूपान्तरण र जनताको पक्षमा प्रकाशन गरिएको पत्रिकालाई एकिकृत माओवादीको मुखप्त्रका रूपमा इंगित गरिएकोमा हाम्रो गम्भीर आपक्ति छ, यो हाम्रो लालरक्षक प्रकाशन प्रा।लि।द्धारा प्रकाशित लालरक्ष्ँक मासिकको निजत्वमाथिको प्रहार हो । यसको जवाफदेहिता लिने संस्था लालरक्ष्ँक हुदाहुदै“ एउटा राजनीतिक दलको मूखपत्रका रुपमा उल्लेख गरिनु सो दलमाथिको एउटा षड्यन्त्र, जनमत र यसको एकताको आतङ्कद्धारा सिर्जित छटपटी नै हो भन्ने हाम्रो ठहर छ ।
हतियारद्धारा जनताको अग्रगामी आकङ्क्षामा निषेध बोल्न उक्साउने गरेका, अरूमाथि निरङ्कुशताको आरोप लगाउदै“ सबैभन्दा निरङ्कुश अभ्यास गर्न चाहने सामन्ती मानसिकताद्धारा थिचिएका पात्रहरुद्धारा लालरक्षकको आवरण लेखलाई तेस्र्याउ“दै गर्न खोजिएको नया“ कोणको आक्रमण सारमा ९२०६६ बैशाखमा माओवादीले चलाएको ६ दिने आन्दोलनमा० काठमाडौमा चप्पल लगाउने सोझा नागरिकका विरुद्ध कुलिनताका पक्षधर यिनै पात्रद्धारा निकालिएको कथित प्रतिकारको विकसित संस्करण हो भन्ने हाम्रो ठम्माई छ । हामी तिनै चप्पलका प्रतिनिधि हुनुका नाताले जनताकाविरुद्ध उभिनेहरुलाई जनमित्र भनेर संबोधन गर्न सक्दैनौ ।
उक्त उजुरीमा आफूमाथि भौतिक कारवाही हुनसक्ने भनि उल्लेख गरेको सन्दर्भमा हामी झन् गम्भीर छौ । यसो भनिनू आफैद्धारा आफैलाई भौतिक कारवाही सिर्जना गरी लालरक्षकमाथि यस्तो अपराधिक आरोप लगाउने षड्यन्त्रको पृष्ठभूमि तयार गर्न खोजेको हाम्रो आशंका छ । यस सन्दर्भमा सम्बन्धित सबै पक्ष्ँलाई सचेत रहन अनुरोध गर्दछौ । माथि उल्लेखित पात्रहरुले राष्ट्रको गोपनियता र संवेदनशिलताको सौदाबाजी गर्दै कमाएको अकुत सम्पत्ति र त्यो सम्पत्तिमार्फत जनतामा उत्पन्न गर्न खोजिएको भ्रमप्रति अख्तियार दुरुपयोग अनुसन्धान आयोग र सम्बन्धित पक्षले खोजविन गरोस् । हामीले प्रकाशित गरेको खोज समाचार तथ्यद्धारा खण्डन गर्न समेत उजुरीवालाहरुलाई हामी चूनौती दिन चाहन्छौ ।
रामप्रसाद सापकोटा
प्रधानसम्पादक
लालरक्षक मासिक




