कविता : गौतमी पुत्र

कपिल अधिकारी / ताइवान

गौतमी पुत्र-पत्र पढेर नागार्जुनलाई भनें

उ यहाँ जन्मियो २५६७ वर्ष पहिले,

उसले ओठ लेप्रायो

घुरेर हेर्‍यो मलाई अनि भन्यो

खै तँभित्र देख्दिन बुद्द !

महलमा उभिएको झिल्केलाई सोधें

गल्ली छेउकै वस्तीमा,

मजदूरसँगै टाँस्सिएर बस्नुपर्ने होइन र सर्वहाराले ?

उसले ओठ लेप्रायो

घुरेर हेर्यो मलाई अनि भन्यो

यो त कर्मको फल,  किन गर्छस् आरिश !

सप्ताहभर धुमधाम देखेर शहिदलाई भनें

कस्तो सम्मान तिम्रो

उसलेपनि ओंठ लेप्रायो

उ उदेक मानेर मर्न र मार्न पठाउनेले चढाएको फूल माला हेर्‍यो

अनि मलाई सोध्यो

मेरो परिवार अझैसम्म भ्याकुरमै छन् कि !

तपाइँको प्रतिक्रिया