कविता : गौतमी पुत्र
● कपिल अधिकारी / ताइवान
गौतमी पुत्र-पत्र पढेर नागार्जुनलाई भनें
उ यहाँ जन्मियो २५६७ वर्ष पहिले,
उसले ओठ लेप्रायो
घुरेर हेर्यो मलाई अनि भन्यो
खै तँभित्र देख्दिन बुद्द !
२
महलमा उभिएको झिल्केलाई सोधें
गल्ली छेउकै वस्तीमा,
मजदूरसँगै टाँस्सिएर बस्नुपर्ने होइन र सर्वहाराले ?
उसले ओठ लेप्रायो
घुरेर हेर्यो मलाई अनि भन्यो
यो त कर्मको फल, किन गर्छस् आरिश !
३
सप्ताहभर धुमधाम देखेर शहिदलाई भनें
कस्तो सम्मान तिम्रो
उसलेपनि ओंठ लेप्रायो
उ उदेक मानेर मर्न र मार्न पठाउनेले चढाएको फूल माला हेर्यो
अनि मलाई सोध्यो
मेरो परिवार अझैसम्म भ्याकुरमै छन् कि !





